फित्काैली डटकमसाहित्य कला सङ्गमको पुस्तक लोकार्पण कार्यक्रम
साहित्यकार त्रिलोचन रेग्मीको कृति "स्मृतिमा आइरहने दिनहरु "को लोकार्पण कार्यक्रम सम्पन्न भएकाे हाे ।

दमक । साहित्यकला सङ्गम दमक झापाले एक भव्य कार्यक्रमका बिच पुस्तक लोकार्पण कार्यक्रम सम्पन्न गरेको छ ।सङ्गमका आजीवन सदस्य समेत रहेका साहित्यकार त्रिलोचन रेग्मीको कृति “स्मृतिमा आइरहने दिनहरु “को लोकार्पण कार्यक्रम सम्पन्न भएकाे हाे ।
पृथ्वी मा.वि.को हलमा भव्य रूपमा सुसम्पन्न कार्यक्रम संस्थाका अध्यक्ष बिन्दु दहाल मूकदर्शकको अध्यक्षतामा र दमक प्रज्ञा प्रतिष्ठानका अध्यक्ष प्रा डा गोपालप्रसाद भण्डारीको प्रमुख आतिथ्य रहको थियो । कृतिको विषयमा साहित्यकारहरु शिव रेग्मी प्रणत र लीलाराम निरौला ले समीक्षात्मक टिप्पणी गर्नु भएको थियो ।
कार्यक्रममा दमक प्रज्ञा प्रतिष्ठानका पूर्व अध्यक्ष तथा सल्लाहकार हेम अधिकारी, संस्थाका पूर्व अध्यक्ष तथा सल्लाहकार नरपती पाण्डे , दमक क्याम्पसका पूर्व क्याम्पस प्रमुख, साहित्य कला सङ्गमका सल्लाहकार डा उत्तम भट्टराई , संस्थाका सल्लाहाकार सदस्य पुस्ता राई, प्रतिभा निकेतनका अध्यक्ष कमलराज भट्टराई, द लिटरेरी भुटानका अध्यक्ष तिलक राई, मिक्लाचोङ साहित्य समाज अध्यक्ष इन्द्र घिमिरे, ज्येष्ठ नागरिक सम्मान प्रतिष्ठानका अध्यक्ष दुर्गा पौडेल, नवनासो प्रतिष्ठान धरमपुरका अध्यक्ष दिलिप घिमिरे लगायतको गरिमामय उपस्थिति रहेको थियो । उहाँहरूले शुभकामना मन्तव्य सहित रचना वाचन गर्नु भएको थियो ।
यसरी नै साहित्यकारहरु दिल भुटानी, रुद्र प्रभात, हरि पराजुली, रेवती घिमिरे, विवेक दुलाल क्षेत्री, वीरेन्द्र खडका, टंक पाठक, विरेन्द्र थोक्लिहाङ, दिलिप सगर राईलगायतले रचना वाचन गर्नु भएको थियो ।
कार्यक्रममा पाठकप्रतिक्रियाका रूपमा लक्ष्मी वाग्ले रेग्मी र मेघबन्धु खनालले आफ्ना धारणा राख्नुभएको थियो । कार्यक्रममा एक सय भन्दा बढी कवि,साहित्यकार, साहित्यानुरागीहरूको उपस्थित रहेको थियो ।
कार्यक्रममा स्वागत मन्तव्य संस्था उपाध्यक्ष यादव प्रसाद अधिकारी झाँक्रीखोलेले राख्नु भएको थियो भने स्वागत गीत र साङ्गीतिक प्रस्तुति सुरवीर श्रेष्ठ, अनु गीरी र टंकमाया बिष्टको समूहले प्रस्तुत गरेको थियो । कार्यक्रमको सन्चालन साहित्य कला सङ्गमका महासचिव ओमप्रसाद खनालले गर्नुभएको थियो ।
०००
पर्शुराम पराजुलीकाे साैजन्यमा
Subscribe
Login
0 Comments
Oldest





































