साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ज्येष्ठहरू अति कष्ट सहन्छन्

अब्बल भूमि छ बञ्जर जम्मै । शासक चेत छ शून्य अचम्मै ।। रुग्ण छ त्यो तन सन्तति खोज्छन् । ज्येष्ठहरू अति कष्ट सहन्छन् ॥०५॥

Nepal Telecom ad

दीनानाथ पोख्रेल :

पालक पोषक हुन् सब हाम्रा ।
कृत्य प्रदर्शक हुन् सब राम्रा ।।
सागर तुल्य बनेर बहन्छन् ।
ज्येष्ठहरू अति कष्ट सहन्छन् ॥०१॥

उठ्नुछ जुट्नुछ देश सिँगार्न ।
जाग्नुछ लाग्नुछ भोक पछार्न ।।
सङ्कट धेर छ वृद्ध कहन्छन् ।
ज्येष्ठहरू अति कष्ट सहन्छन् ।।०२।।

जोत्नुछ खेत र रोप्नुछ धान ।
कर्म गरेपछि बढ्‌दछ मान ॥
सुन्दर छन् कृत बाँचिरहन्छन्।
ज्येष्ठहरू अति कष्ट सहन्छन् ।।०३।।

शून्य भयो घर कर्म विहीन ।
बन्दछु रोग हटाउन लीन ।।
छन् तनया पर पुत्र परै छन् ।
ज्येष्ठहरू अति कष्ट सहन्छन् ।।०४।।

अब्बल भूमि छ बञ्जर जम्मै ।
शासक चेत छ शून्य अचम्मै ।।
रुग्ण छ त्यो तन सन्तति खोज्छन् ।
ज्येष्ठहरू अति कष्ट सहन्छन् ॥०५॥

०००
सुम्बेक, इलाम-२ इलाम

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
विवश छन् सह‌योग छिटो गरौं

विवश छन् सह‌योग छिटो...

दीनानाथ पाेखरेल
वृद्धवृद्धा सबै …

वृद्धवृद्धा सबै …

दीनानाथ पाेखरेल
ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

ज्येष्ठ नागरिकमा छ सदा...

दीनानाथ पाेखरेल
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

दीनानाथ पाेखरेल
परमेश्वर हुन् बाबु र आमा

परमेश्वर हुन् बाबु र...

दीनानाथ पाेखरेल
विवश छन् सह‌योग छिटो गरौं

विवश छन् सह‌योग छिटो...

दीनानाथ पाेखरेल
आमालाई पाइँन

आमालाई पाइँन

भावना न्याैपाने
बुबा

बुबा

विदुर अधिकारी
पाका तथा बालक छन् बिहाल

पाका तथा बालक छन्...

वेदप्रसाद रिजाल
विवश छन् सहयोग छिटो गरौँ

विवश छन् सहयोग छिटो...

देवीप्रसाद मिश्र
पाका युवा बालक छन् बिहाल

पाका युवा बालक छन्...

चेवनचन्द्र बस्नेत
0
Would love your thoughts, please comment.x
()
x