फित्काैली डटकमफित्काैलीका कार्टुनिस्ट राजेश मानन्धर सम्मानित
भाषा, साहित्य, कला, खेलकुद तथा समाजसेवालगायतका क्षेत्रमा विशेष याेगदान दिँदै आउनु भएका ४ दर्जन व्यक्तित्वहरूलाई सभापति थापाले सम्मानपत्र सहित दाेसल्ला पहिराएर सम्मानित गर्नु भएकाे थियाे ।

काठमाडाैं । फित्काैली डटकमका कार्टुनिस्ट तथा कलाकार राजेश मानन्धर लगायत ४ दर्जन व्यक्तित्वहरूलाई एकैसाथ सम्मानित गरिएकाे छ ।
काठमाडाैं न.पा. वडा नं. ८ काे वडा कार्यालयले वडामा रहनुभएका विभिन्न विशिष्ट व्यक्तित्वहरूलाई सम्मानित गरेकाे हाे ।
वडा कार्यालयकाे सभाकक्षमा सम्पन्न अभिनन्दन समाराेहमा वडा अध्यक्षकाे अध्यक्षता र नेका सभापति गगन थापाकाे प्रमुख आतिथ्य रहेकाे थियाे ।
भाषा, साहित्य, कला, खेलकुद तथा समाजसेवालगायतका क्षेत्रमा विशेष याेगदान दिँदै आउनु भएका ४ दर्जन व्यक्तित्वहरूलाई सभापति थापाले सम्मानपत्र सहित दाेसल्ला पहिराएर सम्मानित गर्नु भएकाे थियाे ।
थापाले वडावासीमध्ये विशिष्ट महानुभावहरूलाई यसरी सम्मान गर्न पाउँदा खुसी लागेकाे बताउनु भयाे ।
समाराेहमा अभिनन्दित कलाकार राजेश मानन्धर लामाे समयदेखि कार्टुन तथा चित्रकलामा समर्पित हुनुहुन्छ । फित्काैलीकाे प्रकाशन आरम्भदेखि कार्टुनकला मार्फत सक्रिय मानन्धर सम्मानित हुनुभएकामा फित्काैलीकाे समेत हार्दिक बधाइ ।
०००
Subscribe
Login
0 Comments
Oldest