साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कवि कणाद महर्षिलाई अभिनव विष्णुचन्द्र गद्य कविता पुरस्कार

मन्तव्य तथा कविता वाचन गर्ने विशिष्ट अतिथि कविमा बमबहादुर थापा जिताली, रामबहादुर पहारी, श्रीकृष्ण पुडासैनी, प्रदीपरत्न शाक्य रहनुभएकाे थियाे ।

Nepal Telecom ad

काठमाडाैं । अभिनव साहित्य समाजले शनिबार त्यसकाे २९२ औँ शृङ्खला अन्तर्गत कवि कणाद महर्षिलाई अभिनव विष्णुचन्द्र गद्य कविता पुरस्कार तथा सम्मान अर्पण गरिएको खबर छ ।

यस्तै अभिनव लक्ष्मीदेवी साहित्य सिरपाका लागि मा.वि. स्तरीय मुक्तक लेखन तथा वाचन कार्यक्रमबाट छनाैट भएका सरस्वती मा.वि.का सुशान्त काेइराला, नव अरुणिमाकी स्नेहा राई, उत्तरवाहिनी मा.वि.की उषा बस्नेत, सरस्वतीकी सिर्जना गाैतम र रिम्स स्कुलका दीपदर्शन नेउपाने क्रमशः प्रथम, द्वितीय, तृतीय र सान्त्वना गरी पाँच जनालाई ३,२,१ हजार र ५०० गरी ७००० सात हजार नगद र प्रमाणपत्र प्रदान गरिएकाे छ ।

मुक्तक लेखन तथा वाचनमा सहभागी भएका अन्य विद्यार्थीमध्ये ११ विद्यालयका मन्दिप रिमाल, अाराेही गुप्ता, काव्या भट्रटराइ,श्रीजिका खनाल, साेनिया पाैडेल, आरूश्री पाैड्रयाल, मुना बुढाथाेकी, कृष्ण कार्की,, श्रीमन चालिसे, भावना बुढाथाेकी, तनिस कार्की र निलिसा थापा हुनुहुन्थ्याे । कार्यक्रम संयाेजक बीपी इलामेले मुक्तक लेखन बारे सामान्य जानकारी दिनाकाे साथै पहिलाे कार्यक्रमकाे सञ्चालन, स्वागत मन्तव्य र सम्मानपत्र वाचन गर्नुभएकाे थियाे ।

दाेस्राे कार्यक्रमकाे सञ्चालन मेनका आचार्य, निर्णायकमा परशुराम पराजुली पराशर र नवराज पुडासैनी ज्याेत्स्ना हुनुहुन्थ्याे कार्यक्रमकाे सभापतित्व उपाध्यक्ष विमल अर्याल र धन्यवाद ज्ञापन अध्यक्ष गाेविन्द घिमेरे वेदमणिले गर्नुभएकाे थियाे ।

एक बजेपछि दाेस्राृे चरणकाे कार्यक्रम शुरू भएकाे थियाे । दुवै कार्यक्रमकाे प्रमुख अतिथिमा गाे.न.पा.की उपप्रमुख सान्नानि लामा रहनुभएकाे थियाे । उहाँर्ले मन्तव्यकाे क्रममा अभिनवले गरेकाे कामकाे प्रशंसा र गाे.न.पाले साहित्यिक क्षेत्रमा पुर्याएकाे याेगदानकाे चर्चा गर्दै विजयी विद्यार्थीलाइ पुरस्कार अर्पण र सम्मान गर्नुभएकाे थियाे ।

मन्तव्य तथा कविता वाचन गर्ने विशिष्ट अतिथि कविमा बमबहादुर थापा जिताली, रामबहादुर पहारी, श्रीकृष्ण पुडासैनी, प्रदीपरत्न शाक्य रहनुभएकाे थियाे । अन्य कविता वाचन गर्नेहरूमा दुर्गा घिमिरे, दिवाकर नेउपाने, राजेशमान के.सी, ललिता दाेषी ठाकुरप्रसाद खतिवडा, ध्रुव थापा पुरुष, सरिता दुलाल घिमिरे, सिध्द नारायण आचार्य, सुरेशचन्द्र घिमिरे, टेकबहादुर लाेडारी, च्यवन बस्नेत, कृष्णप्रसाद पाैडेल, मधुसूदन घिमिरे, वासुदेव पाैडेल, ब्रह्मप्रिय, कात्यायन, ओम काेइराला, सुशील राजाेपाध्याय, प्रमाेद नेपाल, प्रकाश बस्नेत गफाडी, राधिका सापकाेटा, वसन्त रिजाल, उद्धव रायमाझी, बीकेएन खडेरी लगायत ५५ जनाले रचना वाचन गर्नुभयाे भने ८० भन्दा बढीकाे उपस्थिति रहेकाे थियाे ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x