काशीनाथ मिश्रितआधार ज्येष्ठको होस्
हाँसून् समस्त वृद्धा पाएर प्रेम सच्चा श्रद्धा गरून् सबैले जो छन् युवा र बच्चा! त्यो पिण्ड दान गर्नैपर्दैन सोह्र श्राद्ध! आधार ज्येष्ठको होस् साथी बनोस् समाज।।
काशीनाथ मिश्रित :
फर्की युवा नआए भेटिन्न योग्य पात्र
बल्दैन दीप एक्लै चिन्ता गरौँ सुपात्र!
बेला छँदै नताते बन्दैन कामकाज
आधार ज्येष्ठको होस् साथी बनोस् समाज ।।६।।
ज्युँदा पिता र माता छोडी विदेश जाने
छोराहरू नजन्मून् बेकार श्राप खाने!
आमाबुबा हँसाए हाँस्ला सबै समाज
आधार ज्येष्ठको होस् साथी बनोस् समाज।।७।।
कर्तव्य सम्झने हो के गर्नुपर्छ मैले
उत्कृष्ट सभ्यता यो जोगाउँ है सबैले
भाँडिन्छ क्यार भन्ने चिन्ता बढेछ आज
आधार ज्येष्ठको होस् साथी बनोस् समाज।।८।।
हाम्रा हिमाल बोल्छन् सुन्छन् मधेस फाँट
हेर्छन् पहाड कस्तो बन्दै छ छाँटकाँट!
आँखा भए चनाखा सप्रन्छ एक साथ
आधार ज्येष्ठको होस् साथी बनोस् समाज।।९।।
आशा फुलेर फल्दै छर्दै छ दिव्य आभा
टेक्नै हुँदैन तैँले भागेर जा है निराशा!
बिर्सेर तिक्तता ती लागौँ अगाडि आज
आधार ज्येष्ठको होस् साथी बनोस् समाज।।१०।।
हाँसून् समस्त वृद्धा पाएर प्रेम सच्चा
श्रद्धा गरून् सबैले जो छन् युवा र बच्चा!
त्यो पिण्ड दान गर्नैपर्दैन सोह्र श्राद्ध!
आधार ज्येष्ठको होस् साथी बनोस् समाज।।११।।
०००
गुल्मी
२०८३ असोज १७ गते
Subscribe
Login
0 Comments
Oldest







































