साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आधार ज्येष्ठको होस् साथी बनोस् समाज

नेपाल देश हाम्रो यो सौम्य फूलबारी पाका युवा सबैका हामी बनौँ पुजारी वेदान्त ज्ञान छर्दै शिक्षा फिजाउँ आज आधार ज्येष्ठको होस् साथी बनोस् समाज।।

Nepal Telecom ad

काशीनाथ मिश्रित :

संस्कार पूर्वको यो हाम्रो सदावहार
सेवा गरेर मेवा मिल्ने रहेछ सार१
खस्केर जान थाल्यो जोगाउँ यत्नसाथ
आधार ज्येष्ठको होस् साथी बनोस् समाज।।१।।

आए हजार बाधा तोडेर जानुपर्ला
इच्छा भए कसैले बाधा कतै नगर्ला
एक्लो बनेर बस्ने जाओस् छिटै अवस्था
आधार ज्येष्ठको होस् साथी बनोस् समाज।।२।।

आधार चाहिने हो रोगी र वृद्धलाई
ढल्दै उमेर जाँदा आफ्नै शरीरलाई
स्याहार गर्न सक्ने बन्दैन है अवस्था
आधार ज्येष्ठको होस् साथी बनोस् समाज।।३।।

सन्तान ढुक्क बन्छन् देखेर वृद्धभत्ता
त्यै मात्र हुन्न काफी गर्ला विचार सत्ता१
पुस्ता सरेर जाँदा आस्था नहोस् अभाव
आधार ज्येष्ठको होस् साथी बनोस् समाज।।४।।

नेपाल देश हाम्रो यो सौम्य फूलबारी
पाका युवा सबैका हामी बनौँ पुजारी
वेदान्त ज्ञान छर्दै शिक्षा फिजाउँ आज
आधार ज्येष्ठको होस् साथी बनोस् समाज।।५।।

०००
गुल्मी
२०८३ असोज १०

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बालेन्ड

बालेन्ड

काशीनाथ मिश्रित
मातापिता !

मातापिता !

काशीनाथ मिश्रित
लाशमा राजनीति भो !

लाशमा राजनीति भो !

काशीनाथ मिश्रित
भजन मण्डलीको पुनर्गठन

भजन मण्डलीको पुनर्गठन

काशीनाथ मिश्रित
आधार ज्येष्ठको होस् साथी बनोस् समाज

आधार ज्येष्ठको होस् साथी...

मुक्ति अस्तित्त्व
आधार ज्येष्ठको होस् साथी बनोस् समाज

आधार ज्येष्ठको होस् साथी...

जगदीश्वर पाेखरेल
शून्यजस्तै उज्यालो कटेरो

शून्यजस्तै उज्यालो कटेरो

लालबाबु शर्मा पोखरेल
मातापिता निधि दुई घरमै रमाउन्

मातापिता निधि दुई घरमै...

दुष्यन्त भट्टराई
0
Would love your thoughts, please comment.x
()
x