साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भर्चुअल बाढी

आधुनिकताको नाममा विवेक बगाउन सक्छ- ​तर- यसले मान्छेभित्रको क्रान्तिकारी चेतना र वास्तविक माटोप्रतिको प्रेम बगाउन सक्दैन ।

Nepal Telecom ad

नन्दलाल आचार्य :

​म
सधैँ बिहान उठेर
छोराछोरीको टाउको सुमसुम्याउँथेँ-
बाबु !
पढेर ठूलो मान्छे बन्नू !
भन्दै ।
​उनीहरूकै हातको
एउटा सानो कुनामा
छ इन्चको ऐना देखिन्थ्यो ।
छेउमै थियो-
कुपोषित किताबहरूको सानो चाङ ।
​दिनभरि
ती औँलाहरू
काँचको पर्दामा चहार्थे,
कहिले टिकटक सुँघ्थे,
कहिले रिल्स खोल्थे
र मध्यरात परेपछि
बिस्तरमा ढलेर
आँखा राता पार्दै लम्पसार पर्थे-
​मजस्तै-
डिजिटल लोरी सुन्दै ।
​बिहान
सूर्यदेवले
झ्यालमा घामको किरण पठाएपछि
हामी उठ्छौँ ।
​हामी बूढाबूढी-
कोही भन्छा पस्छौँ,
कोही डोकोरझाडू बोक्छौँ,
कोही पसिना काड्छौँ-
र सबैले
आफ्नो गच्छेअनुसार
छोराछोरीको डाटा प्याक र वाइफाईमा
आफ्नो रगत रोप्छौँ ।
​दुःख हाम्रो !
ऋण हाम्रो !
पसिना हाम्रो !
खाजा हाम्रो !
​तर-
साँझ परेपछि
छोराछोरीको धाक पनि
हाम्रै टाउकोमाथि !
​“चाँडो वाइफाई जोड !
यो खाना मिठासै छैन !”
​उनीहरूको गर्जन सुन्नासाथ
मेरो मेरुदण्डभित्रको संस्कार
घुँडा टेकेर बस्थ्यो ।
​म
उनीहरूकै कोठामा
निःशुल्क नोकर बनेर चिया पुर्‍याउँथेँ,
बलिन्द्रधारा पसिना बगाउँदै
ल्यापटपको किस्ता तिर्थेँ ।
​कहिलेकाहीँ
पाँच जिबीको डाटा प्याक
उनीहरूको हातमा पुर्‍याएपछि मात्र
मेरो अनुहारले
उनीहरूको आँखाको दृष्टि
एउटा सेकेन्डका लागि पाउँथ्यो ।
​नत्र-
म आउटडेटेड !
​मेरो पेन्सनरकमाइ-
पवित्र !
​मेरो सल्लाह-
अपवित्र आउटडेटेडब !
​मेरो बाआमाको माया-
अशुद्ध !
​मेरो वालेटको पैसा-
स्वादिलो !
​कस्तो अनौठो धर्म रहेछ !
​छोराछोरीलाई
बाआमाको बैङ्क ब्यालेन्स चाहिने,
बाआमाचाहिँ नचाहिने
​उनीहरूलाई
बाआमाको रगत-पसिना चाहिने,
बाआमाको नीतिकथारमाया नचाहिने !
​मैले धेरै कुरा
फेसबुक र इन्स्टाग्रामको फिडसँगै निलेँ ।
​किनकि
ती एपहरूले
उनीहरूको मन भुलाउँथे,
साथीभाइको भिड देखाउँथे,
र उनीहरूको एक्लोपनलाई
केही बेर भए पनि
लोरी सुनाउँथे ।
​तर-
हिजो
प्रविधि असाध्यै रिसायो ।
​सात समुद्रपारिबाट ओर्लिएको ट्रेन्ड
भर्चुअल दुनियाँको क्रोध बोकेर आयो ।
​पहिले
एउटा अनलाइन गेमिङको लत !
​त्यसपछि
अर्को फेक रियालिटीको साइबर हमला !
​अनि-
एकैछिनमा
सञ्जल
आफ्नै छाती फोरेर
मेरो घरभित्र चढ्यो ।
​मेरो आँखाअगाडि
मेरो छोराको विवेक
बाईबाई गर्दै
बग्यो ।
​छोरीका संवेदनाहरू
च्याच्याचुँचुँ गर्दै भागे ।
​कोही लाइकको रूखमा अड्किए,
कोही भ्युजको छालसँगै बगे,
कोही डिप्रेसनको किनारमा पुगेर
उत्तानो टाङ लगाए-
​र चुप भए ।
​म
अज्ञानता, भ्रम र हतासो चिर्दै
कोठाको डिलमा निस्किएँ ।
​आँखामा आँसु थियो,
मनमा पीडा थियो,
तर-
श्रीमती नजिकै थिई ।
​उसको काख भने
जीवन्त छोराछोरीको मायाबाट
रित्तो थियो ।
​मैले
काँचको पर्दातिर हेरेँ ।
​हे आधुनिकता !
​जसलाई
सधैँ
“मेरो छोराछोरीलाई संसार देखाऊ !”
भन्दै भित्र्याएँ-
​आज
तिमीले नै
मेरो छोराछोरीलाई
भर्चुअल दरबारमा
स्थायी जागिर दिइछौ !
​न घर फर्कनुपर्ने,
न बाआमा चिन्ने,
न वास्तविक माटो छुनुपर्ने-
​न त कहिल्यै होसमा आउने !
​त्यो क्षण
मेरो आँखाबाट
अश्रुधारा बग्यो ।
​तर
आँसु पुछेँ ।
​माटोमा हात गाडेँ ।
​मुठी बाँधेँ ।
​अब
प्रविधिलाई सरापेर मात्र हुँदैन !
​यसको भेलसँगै
बगेर आएको
यो मानसिक दासताको बाँध
हामीले नै भत्काउनुपर्छ !
​जसले
हाम्रो छोराछोरीको चेतना बगायो-
त्यसले
हाम्रो भोलिको भविष्य बगाउन पाउने छैन ।
​जसले
उनीहरूको आत्मीयता खोस्यो-
त्यसले
हाम्रो घरको जग खोस्न पाउने छैन ।
​जसले
हाम्रो जीवनशैली खायो-
उसले
हाम्रो मानवता खान पाउने छैन ।
​किनकि-
​भर्चुअल बाढीले
मोबाइलको स्क्रिन टल्काउन सक्छ,
​संस्कार बगाउन सक्छ,
​आधुनिकताको नाममा विवेक बगाउन सक्छ-
​तर-
यसले मान्छेभित्रको
क्रान्तिकारी चेतना र
वास्तविक माटोप्रतिको प्रेम बगाउन सक्दैन ।

०००
२०८३/६/१०
सिद्धार्थटोल, उदयपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कालचक्र

कालचक्र

नन्दलाल आचार्य
जेन्जी सहिद र मेरो सोझो दिमाग

जेन्जी सहिद र मेरो...

नन्दलाल आचार्य
जाम

जाम

नन्दलाल आचार्य
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
ग्याँस

ग्याँस

नन्दलाल आचार्य
सिंहदरबारको ढोका

सिंहदरबारको ढोका

लक्ष्मी रिजाल
म प्राज्ञ

म प्राज्ञ

बिन्दु दहाल ‘मूकदर्शक’
धोती समा बाउरे

धोती समा बाउरे

बालकृष्ण खनाल
तन्नेरी मुुखुुण्डो

तन्नेरी मुुखुुण्डो

डा. लोकेन्द्रप्रसाद पौड्याल
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
0
Would love your thoughts, please comment.x
()
x