साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कालचक्र

यमराजले बहीखाता ठप्प बन्द गरे ! निराको छातीभरि जोडले वायु पस्यो । आँखा खुल्दा निरा आमैको काँधमा अडिएकी थिइन् ।

Nepal Telecom ad

नन्दलाल आचार्य :

यमराजको टेबलमा मृत्युको बहीखाता खुल्लै थियो; सामुन्ने थरथर काँपिरहेकी थिइन् निरा ।

यमराजले पाना पल्टाउँदै कड्के स्वरमा सोधे, “आयु बाँकी छँदै कसरी आइपुगिस् ?”

निराका नीला ओठ थरथराए, “नारायणीको बाढीले… छिनभरमै ।”
उनी टोलाइन् । स्मृति तैलचित्रझैँ तङ्ग्रियो- बीस वर्षअघि, २०८३ भदौ १० गते उर्लंदो भोटेकोसीको रातो लेदो र बालुवा ।

“त्यसपछि ?”

“आफैँ पुरिएकी मलाई एउटी अपरिचित आमैले खनेर निकालिन्,” भक्कानिँदै निराले थपिन्, “आजै २१०३ भदौ १० गते हो प्रभु ! उही मितिमा, उही पानीले यस्तो हाल गरायो ।”

“मृत्युसँग डर लाग्यो ?”

“मर्नुसँग होइन,” निरा चिच्याइन्, “’तँलाई हेरेर सास छाड्छु’ भन्ने तिनै बूढी आमैलाई कसले सहारा देला ?”

यमराजले कालचक्रको पारदर्शी ऐना अघि सारे ।
ऐनाभित्र गर्जंदो नदी बग्दो थियो । रातो लेदोमा जीवन-मरणको सङ्घर्ष गरिरहेकी तिनै आमै देखिइन् ।

“निरा ! म तँलाई मर्न दिन्नँ !” नदीमा हामफाल्दै आमै कराइन् ।

“आमै… नजानू !” निरा चिच्याइन् ।

यमराजले बहीखाता ठप्प बन्द गरे ! निराको छातीभरि जोडले वायु पस्यो । आँखा खुल्दा निरा आमैको काँधमा अडिएकी थिइन् ।

आमैका कलेटी परेका ओठ थर्किए । निराले आमैको पाखुरा बलियो गरी कसिन्, “यसपालि बचाउने पालो मेरो, आमै !”

०००
२०८३ भदौ १६ गते ।
बेलका-२, सिद्धार्थटोल, गल्फडिया, उदयपुर, कोसी प्रदेश, नेपाल ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
उज्यालो

उज्यालो

नन्दलाल आचार्य
भर्चुअल बाढी

भर्चुअल बाढी

नन्दलाल आचार्य
जेन्जी सहिद र मेरो सोझो दिमाग

जेन्जी सहिद र मेरो...

नन्दलाल आचार्य
जाम

जाम

नन्दलाल आचार्य
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
दशैंसँगै रित्तिएकाे मन

दशैंसँगै रित्तिएकाे मन

रामप्रसाद पन्थी
सपनै सपनाको महल

सपनै सपनाको महल

माधव पोखरेल गोज्याङ्ग्रे
सातामा विदा सात दिन

सातामा विदा सात दिन

रामप्रसाद पन्थी
मुन्टाे जाेताइकाे मजा

मुन्टाे जाेताइकाे मजा

शेषराज भट्टराई
0
Would love your thoughts, please comment.x
()
x