नन्दलाल आचार्यउज्यालो
मानबहादुरले भत्किएको छानोमुनि चुहिएको पानीको दाग देखे । अनि नातिको हातमा फहराइरहेको झन्डातिर समेत दृष्टि दिए ।
नन्दलाल आचार्य :
संविधान दिवसको बिहान गाउँभरि बाजागाजा घन्किए ।
त्यसबेला मानबहादुर आँगनमा निस्किए । नाति हातमा झन्डा बोकेर स्कुलतिर दौडिँदै थियो ।
“आज केको रमझम हो, नाति ?”
“संविधान दिवस, हजुरबुबा ! अब देशमा सबै बराबर छन् । सबैले अधिकार पाएका छन् ।”
नातिको कुरा सुनेर मानबहादुर मुस्कुराए ।
त्यत्तिकैमा बाटोमा कोलाहल मच्चियो । बिरामी छिमेकीलाई डोकोमा बोकेर चार जना मानिस उकालो लाग्दै थिए । गाउँमा सडक आएको थिएन ।
मानबहादुरले भत्किएको छानोमुनि चुहिएको पानीको दाग देखे । अनि नातिको हातमा फहराइरहेको झन्डातिर समेत दृष्टि दिए ।
“नाति,” उनले नातिको टाउको सुम्सुम्याउँदै भने, “झन्डा त उज्यालोमै देखिँदो रहेछ…”
नातिले हजुरबुबाको धमिलो आँखातिर हेर्यो । हतपत उनलेे सोधे; “तर हाम्रो घरमा संविधान कहिले बत्ती बनेर गाउँघरतिर पस्छ ?”
०००
२०८३/०६/०२
सिद्धार्थटोल, उदयपुर ।
Subscribe
Login
0 Comments
Oldest








































