साइबर अपराध सम्बन्धी सचेतना सामग्री

उज्यालो

मानबहादुरले भत्किएको छानोमुनि चुहिएको पानीको दाग देखे । अनि नातिको हातमा फहराइरहेको झन्डातिर समेत दृष्टि दिए ।

Nepal Telecom ad

नन्दलाल आचार्य :

संविधान दिवसको बिहान गाउँभरि बाजागाजा घन्किए ।

त्यसबेला मानबहादुर आँगनमा निस्किए । नाति हातमा झन्डा बोकेर स्कुलतिर दौडिँदै थियो ।
“आज केको रमझम हो, नाति ?”

“संविधान दिवस, हजुरबुबा ! अब देशमा सबै बराबर छन् । सबैले अधिकार पाएका छन् ।”
नातिको कुरा सुनेर मानबहादुर मुस्कुराए ।

त्यत्तिकैमा बाटोमा कोलाहल मच्चियो । बिरामी छिमेकीलाई डोकोमा बोकेर चार जना मानिस उकालो लाग्दै थिए । गाउँमा सडक आएको थिएन ।

मानबहादुरले भत्किएको छानोमुनि चुहिएको पानीको दाग देखे । अनि नातिको हातमा फहराइरहेको झन्डातिर समेत दृष्टि दिए ।

“नाति,” उनले नातिको टाउको सुम्सुम्याउँदै भने, “झन्डा त उज्यालोमै देखिँदो रहेछ…”

नातिले हजुरबुबाको धमिलो आँखातिर हेर्‍यो । हतपत उनलेे सोधे; “तर हाम्रो घरमा संविधान कहिले बत्ती बनेर गाउँघरतिर पस्छ ?”

०००
२०८३/०६/०२
सिद्धार्थटोल, उदयपुर ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भर्चुअल बाढी

भर्चुअल बाढी

नन्दलाल आचार्य
कालचक्र

कालचक्र

नन्दलाल आचार्य
जेन्जी सहिद र मेरो सोझो दिमाग

जेन्जी सहिद र मेरो...

नन्दलाल आचार्य
जाम

जाम

नन्दलाल आचार्य
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
ग्याँस

ग्याँस

नन्दलाल आचार्य
अग्निपरीक्षा

अग्निपरीक्षा

किशन पाैडेल
अवैध कुखुराको चल्ला

अवैध कुखुराको चल्ला

सञ्जय साह मित्र
ढाेग दियाँ

ढाेग दियाँ

रामप्रसाद पन्थी
के अर्थ ?

के अर्थ ?

धनराज गिरी
0
Would love your thoughts, please comment.x
()
x