साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भैंसीको दुखेसो

खोज्थे छहारी वन, भीर, पाखा । भोको बनी पेट सुसेल्छ भाका ।। माली मरे झैँ टुहुरो छ गाई । राँगा बसे होटलमा रमाइ ।।

Nepal Telecom ad

हेमराज पन्त :

भैंसी छ निर्धो सब दूध तानी ।
हो निर्घिणी मानव,दुष्ट बानी ।।
मौका मिले रक्त चुसी समारो ।
देख्दै छु मैले पशुको कमारो ।।
१

आहालको कष्ट सही बसेको ।
खै घाँस,पानी बलले कसेको ।।
मान्छे बने दानवतुल्य घाती ।
चुस्दा सधैं दूध फुलेछ छाती ।।
२

सोझा सयौं जीवन लास जस्तै ।
मिल्थ्यो कथा जीवनको दुरुस्तै ।।
हेर्दा बडो रोचक झैँ कहानी ।
छोप्दै निशा जीवनको बिहानी ।।
३

खोज्थे छहारी वन, भीर, पाखा ।
भोको बनी पेट सुसेल्छ भाका ।।
माली मरे झैँ टुहुरो छ गाई ।
राँगा बसे होटलमा रमाइ ।।
४

गैंडा र हात्ती झन बुद्धिमानी ।
सृङ्गाल गर्जे डर नै नमानी ।।
पोतिन्छ केले मनमा निराशा ।
भैंसी चुसी खेल्दछ खेल पाशा ।।
५

०००
पाटन २ सिलङ्गा, बैतडी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पीडा

पीडा

हेमराज पन्त
गुनासो

गुनासो

हेमराज पन्त
म लाछी

म लाछी

हेमराज पन्त
आधुनिकता

आधुनिकता

हेमराज पन्त
जुकेबल

जुकेबल

हेमराज पन्त
सम्मानवाल

सम्मानवाल

हेमराज पन्त
लुते कुकुर

लुते कुकुर

डा. सत्यराज थपलिया
सपनाको सम्वाद

सपनाको सम्वाद

बालकृष्ण खनाल
काे दामी काे हरामी ?

काे दामी काे हरामी...

खगेन्द्र नेउपाने
गोरी तिमी सक्कली

गोरी तिमी सक्कली

हेम अधिकारी
म नै हुन्न होला

म नै हुन्न होला

रमेश खकुरेल
कपट पखालेर आऊ

कपट पखालेर आऊ

डा. छायादत्त न्यौपाने ‘बगर’
0
Would love your thoughts, please comment.x
()
x