साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भैंसीको दुखेसो

खोज्थे छहारी वन, भीर, पाखा । भोको बनी पेट सुसेल्छ भाका ।। माली मरे झैँ टुहुरो छ गाई । राँगा बसे होटलमा रमाइ ।।

Nepal Telecom ad

हेमराज पन्त :

भैंसी छ निर्धो सब दूध तानी ।
हो निर्घिणी मानव,दुष्ट बानी ।।
मौका मिले रक्त चुसी समारो ।
देख्दै छु मैले पशुको कमारो ।।
१

आहालको कष्ट सही बसेको ।
खै घाँस,पानी बलले कसेको ।।
मान्छे बने दानवतुल्य घाती ।
चुस्दा सधैं दूध फुलेछ छाती ।।
२

सोझा सयौं जीवन लास जस्तै ।
मिल्थ्यो कथा जीवनको दुरुस्तै ।।
हेर्दा बडो रोचक झैँ कहानी ।
छोप्दै निशा जीवनको बिहानी ।।
३

खोज्थे छहारी वन, भीर, पाखा ।
भोको बनी पेट सुसेल्छ भाका ।।
माली मरे झैँ टुहुरो छ गाई ।
राँगा बसे होटलमा रमाइ ।।
४

गैंडा र हात्ती झन बुद्धिमानी ।
सृङ्गाल गर्जे डर नै नमानी ।।
पोतिन्छ केले मनमा निराशा ।
भैंसी चुसी खेल्दछ खेल पाशा ।।
५

०००
पाटन २ सिलङ्गा, बैतडी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पीडा

पीडा

हेमराज पन्त
गुनासो

गुनासो

हेमराज पन्त
म लाछी

म लाछी

हेमराज पन्त
आधुनिकता

आधुनिकता

हेमराज पन्त
जुकेबल

जुकेबल

हेमराज पन्त
सम्मानवाल

सम्मानवाल

हेमराज पन्त
भोक र भुमरी

भोक र भुमरी

शिवप्रसाद जैशी
अंगुलिमाल‚ बुद्ध र उत्तर-आधुनिक सञ्जाल

अंगुलिमाल‚ बुद्ध र उत्तर-आधुनिक...

राजेन्द्रप्रसाद अधिकारी
झिङ्गे दाउ

झिङ्गे दाउ

रामप्रसाद पन्थी
बुझौँ कुरा मित्रको

बुझौँ कुरा मित्रको

बालकृष्ण खनाल
परान गो

परान गो

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x