हेमराज पन्तम लाछी
यो देश सुल्पा जनता छ टाँकी । मात्रै यहाँ देख्छु अभाव बाँकी ।। मात्रै म जान्ने मनको बिमारी । पर्दा समस्या किन होस मारी ।।

हेमराज पन्त :
मात्रै म जान्ने सब ती निकम्मा ।
बोक्दै छु मैले अब देश जिम्मा ।।
बोल्दैन भाले किन मौन नेता ।
मागेर खाने पदका बिजेता ।।
१
के भ्यागुतो सक्दछ बोक्न भारी ।
चौतर्फ चण्डाल छ कष्ट कारी ।।
काडा बढे बाग र खेत,आली ।
कालो तुवाँलो किन बोक्छ लाली ।।
२
मात्रै छ साथी मनमा निराशा ।
गर्दैछ आशा बटुवा तलाशा ।।
हेर्दा निकै सुन्दर जीर्ण टालो ।
भोगे अनेकौं नित कष्ट आलो ।।
३
के वादको खेल भयो पहेली ।
भेटिन्न राम्रा किन खै सहेली ।।
गर्दा हुने काम चिनेर जाती ।
संस्कारले बन्दछ दुष्ट घाती ।।
४
यी नेत्रले देख्दछु शुष्क डाँडा ।
ती पुष्प बन्थे किन आज काडा ।।
पापी,दुरात्मा चिन भ्रष्ट जाली ।
चिन्दै लखेटौ अब हन्तकाली ।।
५
खै ज्ञान वा सीप विवेक सच्चा ।
शास्ता सबै देख्दछु बालबच्चा ।।
खेल्दै गुलेली जनका सिकारी ।
यो तन्त्र हो बोझ बनेछ भारी ।।
६
यो देश सुल्पा जनता छ टाँकी ।
मात्रै यहाँ देख्छु अभाव बाँकी ।।
मात्रै म जान्ने मनको बिमारी ।
पर्दा समस्या किन होस मारी ।।
७
०००
पाटन २ सिलङ्गा, बैतडी
Subscribe
Login
0 Comments
Oldest







































