साइबर अपराध सम्बन्धी सचेतना सामग्री

म लाछी

यो देश सुल्पा जनता छ टाँकी । मात्रै यहाँ देख्छु अभाव बाँकी ।। मात्रै म जान्ने मनको बिमारी । पर्दा समस्या किन होस मारी ।।

Nepal Telecom ad

हेमराज पन्त :

मात्रै म जान्ने सब ती निकम्मा ।
बोक्दै छु मैले अब देश जिम्मा ।।
बोल्दैन भाले किन मौन नेता ।
मागेर खाने पदका बिजेता ।।

के भ्यागुतो सक्दछ बोक्न भारी ।
चौतर्फ चण्डाल छ कष्ट कारी ।।
काडा बढे बाग र खेत,आली ।
कालो तुवाँलो किन बोक्छ लाली ।।

मात्रै छ साथी मनमा निराशा ।
गर्दैछ आशा बटुवा तलाशा ।।
हेर्दा निकै सुन्दर जीर्ण टालो ।
भोगे अनेकौं नित कष्ट आलो ।।

के वादको खेल भयो पहेली ।
भेटिन्न राम्रा किन खै सहेली ।।
गर्दा हुने काम चिनेर जाती ।
संस्कारले बन्दछ दुष्ट घाती ।।

यी नेत्रले देख्दछु शुष्क डाँडा ।
ती पुष्प बन्थे किन आज काडा ।।
पापी,दुरात्मा चिन भ्रष्ट जाली ।
चिन्दै लखेटौ अब हन्तकाली ।।

खै ज्ञान वा सीप विवेक सच्चा ।
शास्ता सबै देख्दछु बालबच्चा ।।
खेल्दै गुलेली जनका सिकारी ।
यो तन्त्र हो बोझ बनेछ भारी ।।

यो देश सुल्पा जनता छ टाँकी ।
मात्रै यहाँ देख्छु अभाव बाँकी ।।
मात्रै म जान्ने मनको बिमारी ।
पर्दा समस्या किन होस मारी ।।

०००
पाटन २ सिलङ्गा, बैतडी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पीडा

पीडा

हेमराज पन्त
गुनासो

गुनासो

हेमराज पन्त
आधुनिकता

आधुनिकता

हेमराज पन्त
जुकेबल

जुकेबल

हेमराज पन्त
सम्मानवाल

सम्मानवाल

हेमराज पन्त
सर्वज्ञानी

सर्वज्ञानी

हेमराज पन्त
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
0
Would love your thoughts, please comment.x
()
x