हेमराज पन्तसम्मानवाल
पुगी पाठशाला गधा झैँ करायो । गधादेखि सोझो बिरालो डरालो ।। दियो सूचना शब्द कालो पखाली । कहाँ मिल्छ सम्मान ? के दम्भ पाली ? ।।

हेमराज पन्त :
सधैं पेट रित्तो फलेको छ नारा ।
बढे मान खोज्ने यहाँ भातमारा ।।
तिमी चिन्दछौ के मलाई,म नेता ।
फसे मास्टरी जालमा चाल के था ।।
१
फुली पाखुरामा भुली राज्य सत्ता ।
नचिन्ने बनायो म आफै छु मत्ता ।।
अनेकौं म देख्थे घसेका खरानी ।
लुटी खान मात्रै बसेको छ दानी ।।
२
म नै राज्यसत्ता म मेरै छु नेता ।
मलाई नहेपौ खुबै दुख्छु के था ।।
बगेको म संस्कारको भेल पानी ।
मलाई सधैं दम्भले खोज्छ छानी ।।
३
दुराचार,लाचारको बिम्ब शास्ता ।
जसै खान्छ गाली नभेटेर नास्ता ।।
गिरेका, पिरेका सयौं हन्तकाली ।
बने भ्रष्ट नेता सुकी चेत बाली ।।
४
पुगी पाठशाला गधा झैँ करायो ।
गधादेखि सोझो बिरालो डरालो ।।
दियो सूचना शब्द कालो पखाली ।
कहाँ मिल्छ सम्मान ? के दम्भ पाली ? ।।
५
०००
पाटन २ सिलङ्गा, बैतडी
Subscribe
Login
0 Comments
Oldest







































