साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कुबेर सुकुम्बासी

त्यही कीर्तिमान मार्फत देशको इज्जत बढाउने रहर थियो होला । हेर बिचरा आजत्यो सपना बिपनामै चकनाचुर भयो । अब कहिले कुबेर सुकुम्बासीको कीर्तिमान बनाउने !?

Nepal Telecom ad

रामकृष्ण ढकाल :

हाम्राे देश धेरै कुरामा गर्व गर्नलायक भएको कुरो संसारभरी ज्ञात नै छ । हिमालयदेखि हिन्द महासागरसम्म फैलिएको विशाल देशमा विश्वको सर्वोच्च शिखर सगरमाथादेखि गहिरो गल्छिसम्म, विदेशमा समेत गएर जिउँदा यन्त्र झैं खटिने युवादेखि पाटे अल्छीसम्म, इतिहासका वीरदेखि वर्तमानको कायरसम्म यहिँ पाइन्छन् । विदेशमा पुगेर खटिँदा मासु झर्नेहरूको देश, स्वदेशमा एक्लिँदा आँसु झर्नेहरूको देश, विश्वप्रसिद्ध घुस्याहाहरूको देश, आफ्नै देशको बिरुद्ध पराइको इशारामा नियम कानून बनाई जनता मार्नेहरूको देश आदि सयौं विशेषताले भरिपूर्ण छ हाम्रो देश । शिव पार्वती, गणेश, कुमार, राम, कृष्ण, बुद्ध, परशुराम आदि प्रकट भएको देशमा जन्मन पाउनुत के यहाँको नाम भन्न पाउनु पनि भाग्यको कुरो हुन आउँछ ।

विश्वको इतिहासमा यता धेरै कुराहरूको कीर्तिमान राख्दै आएको देशमा यतिखेरको युवा सरकारले चैत वैशाखको हावाहुरीको गतिमा काम गर्ने कोशिश गरिरहेको छ । समयले यस्तो देखाएको छ कि मानौं पहिलेका सरकारहरूमा घिचाहा वनका राजा थिचाहा मिचाहा धिराजहरूमात्र विराजमान थिए । रुपले मानवजस्तो देखिए पनि कर्मले मानवको दर्जामा गन्न शर्म लाग्ने खालकै थिए । जे होस् समयले अलिकति कोल्टे फेरेको छ । अनि यसै क्रममा केही नयाँ कीर्तिमान पनि बन्न खोजेका देखिए । तर यो वर्तमान सरकारबाट होइन बरू विभिन्न घाटबाट हो ।

खोलानालाका किनारका जग्गामा जबर्जस्ती बसेका वा बसाइएका बस्तिहरू खालि गर्ने क्रममा देखिएका वास्तविकताले यो अवगत गराएको हो । मानवका अनेक प्रकारका शोख पनि त हुन्छन् । त्यो कुरो यो समाजले बुझेन कि बुझ पचायो त्यो त भन्न सकिँदैन । तैपनि देश विदेशमा घण्टौं नरोकिइकन भाषण गर्ने, दौडने उफ्रने रुने कराउने डुक्रने दुब्लाउने मोटाउने साधुसन्त हुने छटाउने बटारिने चटारिने खाने पिउने जस्ता अनेक बिधामा विश्व कीर्तिमान बनाउने अघोषित प्रतिस्पर्धा भइ नै रहन्छन् । यो कुनै नौलो केक्केन भनेर हल्लाखल्लाका डल्ला बर्साउनै पर्ने कहाँ हो र ? यो मान्छेका जात पनि के विधि उम्लिएका । अचम्मै छ त । के भाका हुन् अहिलेका मान्छेहरू कोहि कसैले केही गरेको वा गर्न खोजेको देख्नै नसक्ने !

बिचरा त्यस्ता दुर्गन्धे खोलाका किनारमा गएर आलिशान महलका सुकुम्बासी भएर बसे त के बिग्रियाे ? बरू त्यसमा पनि संसारकै कुबेर सुकुम्बासी भनेर एउटा कीर्तिमान त बन्थ्यो । देशको छवि रविझैं चम्कन्थ्यो । केक्के न गरें भनेर सुकुम्बासी बस्तिमा डोजर चलाउँदा देशको कीर्तिमान गुमेन ? खै अहिलेको सरकारको दूरदर्शिता ? यस्तो त झूरदर्शिता हुन्छ !? बरू पहिलेका सरकारहरूले भोट बैंकको रुपमा भए पनि गुण्डा झुन्ड जे भए पनि संरक्षण गरिदिँदा नदीलाई राम्रोसँग बग्न नदिइ नदिइ दशवर्ष सफाई अभियान चलाउँदा पनि जस्ताको तस्तै फोहोरै हुने सौभाग्य नखोसिकन जोगाएर त राखेका थिए । एकातिर आन्दोलनमा आगो लगाइएर भूत प्र्तेत झैं लखेटिनु अर्कोतिर चुनावको चपेटामा दपेटिनु त्यसमाथि यसरी संरक्षण गरेर राखिएका भोट बैंङ्क भत्किनु आहा ! लाखौंलाख बधाई छ पुराना दलहरूलाई ।

हुन पनि देशका राजधानीका नदी खोलाहरू साँच्चैका ढल बनेका छन् । तिनै ढलका किनारामा बसेका भोट बैङ्कका भोट पाएकाले होला दलहरू पनि ढलहरूभन्दा कम्ती चाहिँ थिएनन् । अरू कुरा जे भए पनि सुकुम्बासी हुनु त्यो पनि तलैतला भएको घरको र थुप्रै रोपनी जग्गाको, कैयौं तोला सुनका गहनाको, महङ्गा विद्यालयमा पढेका उच्चस्तरीय प्राविधिक हुन सक्षम व्यक्तिका अभिभावकको अनि लाखौं खर्च गरेर विदेशमा कमाइ गर्न जानसक्ने यस्ता महागरिब हरिकङ्गलको रुपमा त्यो पनि त एउटा विश्वकै सुकुम्बासीहरू मध्ये अनौठा सुकुम्बासीको रुपमा अन्तर्राष्ट्रिय कीर्तिमान बनाउने धोको थियो होला । त्यही कीर्तिमान मार्फत देशको इज्जत बढाउने रहर थियो होला । हेर बिचरा आजत्यो सपना बिपनामै चकनाचुर भयो । अब कहिले कुबेर सुकुम्बासीको कीर्तिमान बनाउने !?

फेरि वनमा डढेलो लागेको देखेर निभाउन त निभाउने तर डढेलो लगाउनेलाई चाहिँ केही गर्ने कि नगर्ने ?! किनभने सामानमात्र बरामद गरेर चोरी हराउँदैन चोरै समातेर थुन्नुपर्छ ।

०००
२०८३ वैशाख १४
चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मैले त केही बुझिनँ

मैले त केही बुझिनँ

रामकृष्ण ढकाल
देश के हाे बुझिस् ?

देश के हाे बुझिस्...

रामकृष्ण ढकाल
स्याबास काग !?

स्याबास काग !?

रामकृष्ण ढकाल
रक्षा गर

रक्षा गर

रामकृष्ण ढकाल
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
सुव्यवस्था

सुव्यवस्था

सुरेशकुमार पाण्डे
नेताको व्यथा

नेताको व्यथा

रामकुमार पाँडे
0
Would love your thoughts, please comment.x
()
x