साइबर अपराध सम्बन्धी सचेतना सामग्री

रक्षा गर

जनता रुँदा हाँस्नेहरू आफूलाई चाहिँ विदेशी क्रस अगाडि राखेर रक्षा गर रक्षा गर अरे !? भन्न पनि कसरी सकेका !?

Nepal Telecom ad

रामकृष्ण ढकाल :

पर्दा खुल्छ ।
दृश्यमा एउटा मरुभूमि देखिन्छ जहाँ अन्य वस्ती तथा आवतजावत निकै कम हुन्छ तर कताकती सिउँडीका झ्याङ्हरू देखिन्छन । एउटा पुरानो बेस्सरी खिया लागेको र बिचको टुप्पोको समानान्तर छेउछाउका दुई टुप्पाहरू भाँचेर गणितको जोड चिन्हजस्तो बमाइएको एउटा फलामको चिन्ह्को वरिपरि घेरेर बसेका देशका पुराना दलका नाम चलेका केन्द्रिय नेताहरूको एक समूह आ आफ्नो छातिमा आफ्ना हातहरू गणितको गुणन चिन्हजस्तै आकारमा राखेर रुँदै बिलौना गरिरहेका देखिन्छ ।

नेताहरूको सामूहिक बिलौना : हे महाप्रभु ! हे विश्व विध्वंशकहरूका इष्ट कुल देवता अनि मूल देवता ! हाम्रो के चाहिँ बिराम थियो र तिमिले हामिलाई यस्तो कडा सजायँ दियौ ? ! हामिले त्यत्रो तीसवर्षभन्दा बढी देशमा सुशासनको सूचनापाटी देखाएर कुशासन र दुशासनको महान शृङ्खला चलाएनौं र ? के हामिले तिम्रा शाख्खै नाति पनाति खनाती जनातीहरूले विश्वका अन्यभागमा प्रजातन्त्र , लोकतन्त्र , गणतन्त्र मानव अधिकार आदिक नाममा भयङ्कर नग्न ताण्डव मच्चाएको जस्तै सिको हामिले हाम्रो देशमा देखाएनौं र !! ( बिलौना गर्नेहरूका अनुहार बेस्सरी पिटाइ खाएर चर्को डाँको छोडिरहेको कुनै बालकको जस्तो कालोनिलो अनि आँखाबाट आँसुका धारा बगिरहेको हुन्छ ।)

हे होलिवाइनेका अतिप्यारा अभूतदेव ! तिम्रै जन्मस्थानतिरबाट आएका अनेक भाँती नियम कानूनलाई हाम्रो देशमा जबर्जस्ति भित्र्याएर हाम्रै धर्म नाश गरेनौं !! के हामिले देशभर अन्याय अत्याचारको लहर सिर्जना गरेनौं ! के हामीले घुस कमिसनलाई हामी र हाम्रा आउरेबाउरे झुसे जुम्रे जगल्टे भुस्तिघ्रे चण्ड मुण्ड उद्दण्ड, ठेकेदार, प्राविधिक , कर्मचारी आदिको अघोषित राष्ट्रिय खाना नै बनाएनौँ र ?! देशको केन्द्रको नामै हिंश्रक जनावरको नामबाट नामाकरण गरि त्यहाँबाट चल्ने शासन त्यही नाम सापटी लिएको जनावरको जस्तै बनाएनौं र ?! हे प्रभु ! अहिले आएर हामी माथी किन यस्तो बज्रपात ?! कहिले नोट जलाईदिने कहिले भोट हराइदिने कहिले खोट देखाइदिने कहिले चोट दिलाइदिने कहिले कचहरी अनि कहिले प्रहरी लगाइदिने !?

(अचानक नजिकैबाट एक हूल बटुवाहरू आइपुग्छन र एउटा सिउँडिको झ्याङ्को छेल परेर यो रमिता चियाउँछन । तर त्यो कुरा बिलौना गर्नेहरूले चाल पाउँदैनन ।)

बिलौना चलिरहन्छ : हे हाम्रा प्रभुका पनि महाप्रभु ! हाम्रा नातावाद कृपावाद फरियावाद हरियावाद पूर्वाग्रहवाद हाम्रावादहरू त्यतिका मेहनत गरेर केन्द्रदेखि साना साना टोलसम्म संस्थागत गरेको, टोलसुधारदेखि साहित्यिक संस्थासम्म छरेको, भएभरका सरकारी अड्डा कार्यालयजति सबैलाई ढिलासुस्तीले र घुसपूर्ण बनाएको, जे जसरी होस् जनता भन्नेलाई, देशभक्तलाई केही राम्रो गर्छु भन्नेलाई मरणासन्न हुनेगरी रन्थन्याएको भएभरका जेट बजेट रकम जति हाम्रा आफ्नैको मात्र खल्तिमा खन्याएको कसले बुझिदिने ! युग अनुसारको अत्याधुनिक वैज्ञानिक युगको सर्वोत्कृष्ट शासन भनेर लुगै फुस्किउञ्जेलसम्म फलाकेको हाम्रो कत्रो योगदान ?! सबै आज माटोमा मिल्यो ।

हे प्रभुका पनि प्रभु हजुरप्रभु !! अझ त्यतिले नपुगेर हामिले खोला नदिको लेउनजिकै छेउछेउमा स्थापना गरेको भोट भण्डार आज डोजर लगाएर पूरा संहार गरिदियौ ?! न हामी न हामी लुटुम्बासी कोहि रह्यौं न हाम्रा कोहि रहे न हाम्रा सुकुम्बासी भोट भण्डार रहे । हे प्रभु ! हामी नै देश र जनतामाथी अन्तको इशारामा खनिएकै जस्तोगरी हामीमाथि तिमी किन खनियौ प्रभु किन खनियौ !!? हामी निर्दोषलाई रक्षा गर प्रभु रक्षा गर । यस्तो आपत विपत हटाइदेउ प्रभु हामीलाई तिम्रा प्यारा भक्त ठानी रक्षा गर ।
…….
…….(कोहि त मुर्च्छा परेका जस्ता देखिए भने कोहि अत्तलिएका जस्ता ।

सिउँडीको पछाडि लुकेर हेर्नेहरू (आफू आफूमा सानो स्वरले बोल्दै) : ओहो ! यहि मरूभूमिमा जिउँदै गाडेर हिमालतिर खोज्नुपर्नेहरूको लाजमर्दो नौटङ्की पो रहेछ । जनता रुँदा हाँस्नेहरू आफूलाई चाहिँ विदेशी क्रस अगाडि राखेर रक्षा गर रक्षा गर अरे !? भन्न पनि कसरी सकेका !!?
(होइन भन्ने आवाज कसैको पनि आएन )

पर्दा खस्छ ।

०००

चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अन्तिम निर्णय

अन्तिम निर्णय

रामकृष्ण ढकाल
परिणाम यहि त होला ?!

परिणाम यहि त होला...

रामकृष्ण ढकाल
धन्यवाद हुजुर

धन्यवाद हुजुर

रामकृष्ण ढकाल
मैले त केही बुझिनँ

मैले त केही बुझिनँ

रामकृष्ण ढकाल
ककटेल नेपाल

ककटेल नेपाल

चूडामणि खनाल
पावर

पावर

सुरेशकुमार पाण्डे
किन सर ? किन ?

किन सर ? किन...

धनराज गिरी
नहुषको निष्काशन

नहुषको निष्काशन

हरिशंकर परसाईं
0
Would love your thoughts, please comment.x
()
x