साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चार ठाेक्तक

आआफ्ना विचारका धेरै थरी मान्छे छन् यो संसारमा कुन बियाँ र कुन चामल हुन् काम लाग्ने चिनेर बिन्नुपर्छ ।

Nepal Telecom ad

घनश्याम रेग्मी :

१)
अहिंसा नै ठुलो धर्म मानेर बुद्धले भने
संसार प्रेमले बाँध्छ ठानेर बुद्धले भने
गल्ती हुन्छ नजानेर बुझेमा माग माग्दछ
माफ गर्ने ठुलो हुन्छ जानेर बुद्धले भने ।

२)
पिठ्युँ पछाडि अरूको कुरा हुनु राम्रो होइन
मुखमा राम राम बगलीमा छुरा हुनु राम्रो होइन
माया मोह जालो पन्छाएर मात्र बुद्ध बनिन्छ
नाडीमा लगाउँदा नबझ्ने चुरा हुनु राम्रो होइन ।

३)
धन वैभव र उमेर जे जति छन् ती अस्थिर हुन्छन्
दया माया करुणा र मानवीय भावना चिर हुन्छन्
बुद्धजस्तै त्यागी बन तिमी लोक हितमा लाग्ने भए
घमण्ड, लोभ र लालच सडक होइनन् भिर हुन्छन् ।

४)
संसार चिन्नु भन्दा पहिले आफूलाई को हो चिन्नुपर्छ
अरूलाई बाटो सिकाउने आफू सही बाटो हिँन्नुपर्छ
आआफ्ना विचारका धेरै थरी मान्छे छन् यो संसारमा
कुन बियाँ र कुन चामल हुन् काम लाग्ने चिनेर बिन्नुपर्छ ।

०००
भरतपुर ५, समी चोक, चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पाका युवा बालक छन् बिहाल !

पाका युवा बालक छन्...

घनश्याम रेग्मी
पाकाहरूबाट सिकाैँ (६)

पाकाहरूबाट सिकाैँ (६)

घनश्याम रेग्मी
पाकाहरूबाट सिकाैँ (५)

पाकाहरूबाट सिकाैँ (५)

घनश्याम रेग्मी
पाकाहरूबाट सिकाैँ (४)

पाकाहरूबाट सिकाैँ (४)

घनश्याम रेग्मी
पाकाहरूबाट सिकाैँ (३)

पाकाहरूबाट सिकाैँ (३)

घनश्याम रेग्मी
पाकाहरूबाट सिकौँ (२)

पाकाहरूबाट सिकौँ (२)

घनश्याम रेग्मी
पाँच ठोक्तक

पाँच ठोक्तक

अमर सन्तति
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
केही ठोक्तक

केही ठोक्तक

तेजविलास अधिकारी
तीन ठाेकान

तीन ठाेकान

अमर सन्तति
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
0
Would love your thoughts, please comment.x
()
x