साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पाकाहरूबाट सिकाैँ (४)

हामीले कसरी लिने विषय यो हो राज्य आगोसरी पोल्ने गर्छ विचार बुद्धि नगरे फर्किन्छ उल्टो गरी खोलो अग्नि र शत्रुमा सजगता राम्रो हुनै पर्दछ त्यस्तै राज्य छ कानुनी नियमको बाटो लिने गर्दछ ।

Nepal Telecom ad

घनश्याम रेग्मी :

पाका गोरु भए भने त सजिलै जोतेर खेती हुने
न्वाठे भर्खरका बहर् यदि भए जोतिन्न बाँझो जिमी
यी दृष्टान्त पढेर बुझ्न सकिने पाकाहरूका गुण
साँच्चै कर्मठ योग्य बन्न छ भने पाका बुझौँ सज्जन ।२१
•••
सेतो केश भयो बुढो म त भएँ साथीहरू भन्दछन्
काला केश उमेरकावश परी सेता तिनै बन्दछन्
कालो के छ र हुन्छ एक छिनमा लायो भने मेहदी
गाह्रो हुन्छ सफेद निर्मलपना खोज्दै गयो जिन्दगी ।२२
•••
कैयौँ वर्ष कडा परिश्रम गरी पाइन्छ यस्तो फल
कोशौँ दूर बगी नदी हुन पुगे आराध्य जो निर्मल
को सक्ला छिनको छिनै बदलिई सेतो तयारी हुन
लाखौँ कोसिस गर्नुपर्छ नरले पाइन्छ पाको गुण ।२३
•••
ठेला छन् करमा परिश्रम गरी माटो खनेका थियौँ
हिँड्दा पैदल पाउमा कहरिला काँडा सहेका थियौँ
गालामा पसिना बगी धरधरी धारा बगेका थिए
गर्मी शीत खपेर अङ्ग बलिया यी केश पाका भए ।२४
•••
हामी शैल पुगेर फाँट झरियो अग्लो र होचो गढी
झर्ना खोँच नदी तलाउ तरियो के जिन्दगी हो पढी
मेला पर्व दसैँ तिहार लयमा गाना गरी नाचियो
गर्दै कर्म अनेक औसर मिले साथी मिली हाँसियो ।२५
•••
बाँझो खेत खनेर अन्न छरियो पाकेर बाली लियो
ख्वायो अन्न जहान बाल बनिता संसारलाई दियो
के हो दुःख र दर्द जीवन कथा छामेर हेरे पछि
पाको मानिसको मिलेर पदवी सेता भए केश यी ।२६
•••
के कस्ता पल आउँछन् र कसरी निर्वाह गर्ने भनी
आएका परिवेशमा जतनले चल्ने बनी निर्गुणी
धेरै नै श्रम खर्चिएर जनले आली लगाए पछि
सेतो हुन्छ कपाल सिद्धि रसले हाँगो नुगाए पछि ।२७
•••
धेरै शास्त्र पढेर होस् कि अथवा संज्ञान भोग्दै लिए
हाम्रा पूर्वज बुझ्झकी खुब थिए उत्कृष्ट शिक्षा दिए
यी अर्ती मननीय छन् जुन कुरा पाकाहरूले भने
हाम्रो जीवन रम्य बन्छ यिनको शिक्षा लिने हो भने ।२८
•••
झिल्काबाट बढेर अग्नि वनमा फैलिन्छ जस्तो गरी
सानै शत्रु हवस् तथापि उसले नास्नेछ धावा गरी
आगो शत्रु समान ठान्छ जसले पर्दैन सङ्कष्टमा
पाका मानिसका भनाइ नबुझे पर्नेछ सो कष्टमा ।२९
•••
हामीले कसरी लिने विषय यो हो राज्य आगोसरी
पोल्ने गर्छ विचार बुद्धि नगरे फर्किन्छ उल्टो गरी
खोलो अग्नि र शत्रुमा सजगता राम्रो हुनै पर्दछ
त्यस्तै राज्य छ कानुनी नियमको बाटो लिने गर्दछ ।३०
क्रमश :

०००
विकास चोक , भरतपुर ५, चितवन 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पाका युवा बालक छन् बिहाल !

पाका युवा बालक छन्...

घनश्याम रेग्मी
पाकाहरूबाट सिकाैँ (६)

पाकाहरूबाट सिकाैँ (६)

घनश्याम रेग्मी
पाकाहरूबाट सिकाैँ (५)

पाकाहरूबाट सिकाैँ (५)

घनश्याम रेग्मी
पाकाहरूबाट सिकाैँ (३)

पाकाहरूबाट सिकाैँ (३)

घनश्याम रेग्मी
पाकाहरूबाट सिकौँ (२)

पाकाहरूबाट सिकौँ (२)

घनश्याम रेग्मी
पाका युवा बालक छन् बिहाल

पाका युवा बालक छन्...

चेवनचन्द्र बस्नेत
पाका युवा बालक छन् बिहाल !

पाका युवा बालक छन्...

घनश्याम रेग्मी
मलाई लिन आऊ छोरा

मलाई लिन आऊ छोरा

भावना न्याैपाने
राखून् सद्भाव पाका परिजनबिचमा

राखून् सद्भाव पाका परिजनबिचमा

विद्या अनामिका तिवारी
0
Would love your thoughts, please comment.x
()
x