घनश्याम रेग्मीपाका युवा बालक छन् बिहाल !
सञ्जाल राम्रो नहुँदा प्रयोग खै सूचना ज्ञान विना वियोग हामी कहाँनेर चुक्यौँ कि चाल "पाका युवा बालक छन् बिहाल !"
घनश्याम रेग्मी :
नेपाल यो सुन्दर फूलबारी
सौन्दर्यले पूर्ण मनोविहारी
यो भूमिमा पस्न पुगेछ काल
पाका युवा बालक छन् बिहाल !”
यो भाद्रको मास रहेछ कस्तो
बाढी बनी नाच्दछ कालजस्तो
उर्लेर आएछ मतान्ध छाल
“पाका युवा बालक छन् बिहाल !”
हामी थियौँ कर्म गरी बसेका
बाढी पसी भीषण छौँ फसेका
सारा छुटायो परिवार झाल
“पाका युवा बालक छन् बिहाल !”
बाटो बगायो र नदी बगायो
हुन् राष्ट्रका सेवक ती बगायो
हा! दैव यस्तो किन थाप्छ जाल
“पाका युवा बालक छन् बिहाल !”
सञ्जाल राम्रो नहुँदा प्रयोग
खै सूचना ज्ञान विना वियोग
हामी कहाँनेर चुक्यौँ कि चाल
“पाका युवा बालक छन् बिहाल !”
०००
Subscribe
Login
0 Comments
Oldest






































