साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दसैँ मान्न पाऊँ सधैँ ज्येष्ठसाथ

म बाबामुमाका सँगै रम्न पाऊँ झुकी माथले पाउमा रम्न पाऊँ लिई सौम्य आशिष् सजाऊँ ललाट दसैँ मान्न पाऊँ सधैँ ज्येष्ठसाथ।

Nepal Telecom ad

वेदप्रसाद रिजाल :

उनैले चिनाए सबै चाडपर्व
सँगै मान्न पायौँ यसैमा छ गर्व
झुकोस् पाउमा भक्तिका साथ माथ
दसैँ मान्न पाऊँ सधैँ ज्येष्ठसाथ।

मिठा छन् कथा यी नयाँ छन् बिहानी
सधैँ देख्छु उल्लासमा घामपानी
त्यसैमाथि पाकाहरूको छ साथ
दसैँ मान्न पाऊँ सधैँ ज्येष्ठसाथ।

निभाएर विद्वेषको अग्निलाई
म बाँचूँ सही भावनामा रमाई
बिसन्चो नहोस् ज्येष्ठको नित्य गाथ
दसैँ मान्न पाऊँ सधैँ ज्येष्ठसाथ।

नभोगून् कुनै वृद्धले तुच्छ हेला
न सन्तानमा होस् नराम्रो झमेला
खुसीमा रमाओस् युवाको जमात
दसैँ मान्न पाऊँ सधैँ ज्येष्ठसाथ।

म बाबामुमाका सँगै रम्न पाऊँ
झुकी माथले पाउमा रम्न पाऊँ
लिई सौम्य आशिष् सजाऊँ ललाट
दसैँ मान्न पाऊँ सधैँ ज्येष्ठसाथ।

०००
२०८३/०६/२८/४

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पाका तथा बालक छन् बिहाल

पाका तथा बालक छन्...

वेदप्रसाद रिजाल
वृद्धवृद्धा सबै

वृद्धवृद्धा सबै

वेदप्रसाद रिजाल
सबै पाका मान्छे…

सबै पाका मान्छे…

वेदप्रसाद रिजाल
दसैँ मान्न पाऊँ सधैँ ज्येष्ठसाथ

दसैँ मान्न पाऊँ सधैँ...

दीनानाथ पाेखरेल
दसैँ मान्न पाऊँ सधैँ ज्येष्ठसाथ

दसैँ मान्न पाऊँ सधैँ...

रामशरण न्याैपाने
दसैँ मान्न पाऊँ

दसैँ मान्न पाऊँ

कल्पना अधिकारी
बुबामुमा हृदयका सर्वाेच्च आधार हुन्

बुबामुमा हृदयका सर्वाेच्च आधार...

ढकाल शिखरनाथ बेलकाेटे
0
Would love your thoughts, please comment.x
()
x