साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सबै पाका मान्छे…

झरीमा वर्षामा कति दिन रुझे सन्तानका खातिर बसेका छन् डुब्दै भवजलधिमा मातापिता आखिर धरा हो सङ्ग्रामी अतुल बल हुन् ती नित्य सङ्ग्रामका सबै पाका मान्छे अनुपम खुदा हुन् यो धराधामका।

Nepal Telecom ad

वेदप्रसाद रिजाल :

चिने बाबा आमा भुवनतलमा हुन् सृष्टि संवाहक
विधाता हुन् प्यारा असल मतिका सद्धर्मका रक्षक
तिनै आभा हुन्छन् जगमग सधैँ पाहारिला घामका
सबै पाका मान्छे अनुपम खुदा हुन् यो धराधामका।१

व्यथामा पीडामा मलम बनिए सङ्कष्ट सारा हरे
गरे हेलाहोचो अबुझ बनिँदा त्यो चित्तमा दुख्छरे
बढाए हुर्काए अति जतनले मान्छे भए कामका
सबै पाका मान्छे अनुपम खुदा हुन् यो धराधामका।२

रुँदै छन् बाआमा धुरु धुरु कतै पापी हुँदा सन्तति
कतै रोगी बन्दै यस भुवनमा रोई बसेका कति
गरौँ श्रद्धा हामी विपुल मनले हुन् रूप ती रामका
सबै पाका मान्छे अनुपम खुदा हुन् यो धराधामका।३

बुढो काया देख्छौँ अनुभव सधैँ हुन्छन् यिनैका सही
ननिभ्ने बत्ती हुन् हरसमयमा बस्छन् उज्यालो भई
यही इच्छा राख्छन् सुत र तनया मान्छे बनून् कामका
सबै पाका मान्छे अनुपम खुदा हुन् यो धराधामका।४

झरीमा वर्षामा कति दिन रुझे सन्तानका खातिर
बसेका छन् डुब्दै भवजलधिमा मातापिता आखिर
धरा हो सङ्ग्रामी अतुल बल हुन् ती नित्य सङ्ग्रामका
सबै पाका मान्छे अनुपम खुदा हुन् यो धराधामका।५

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
वृद्धवृद्धा सबै

वृद्धवृद्धा सबै

वेदप्रसाद रिजाल
पाका युवा बालक छन् बिहाल !

पाका युवा बालक छन्...

घनश्याम रेग्मी
मलाई लिन आऊ छोरा

मलाई लिन आऊ छोरा

भावना न्याैपाने
राखून् सद्भाव पाका परिजनबिचमा

राखून् सद्भाव पाका परिजनबिचमा

विद्या अनामिका तिवारी
0
Would love your thoughts, please comment.x
()
x