साइबर अपराध सम्बन्धी सचेतना सामग्री

वृद्धवृद्धा सबै

के गरूँ के गरूँ भन्छ यो चित्तले वृद्ध बेला हुँदा गर्नु के वित्तले हुन्छ टाढा कतै देहको जाँगर वृद्धवृद्धा सबै शम्भु रक्षा गर।

Nepal Telecom ad

वेदप्रसाद रिजाल :

जाग्छ गर्मी यहाँ गृष्म छाएपछि
बढ्छ जाडो चिसो याम आएपछि
रुग्ण मान्छे हुँदा लाग्छ धेरै डर
वृद्धवृद्धा सबै शम्भु रक्षा गर।१

रोगका रापमा पिल्सिने छन् कति
शोकका तापमा गुम्सिने छन् कति
शोकसन्ताप छन् झट्ट पीडा हर
वृद्धवृद्धा सबै शम्भु रक्षा गर।२

आयु घट्दै गयो वृद्ध बेला भयो
शक्ति घट्दै छ ऊ आज हेला भयो
दर्द बढ्दै गयो हे दयाका घर
वृद्धवृद्धा सबै शम्भु रक्षा गर।३

लोकमा छन् निकै निर्दयी सन्तति
वृद्ध मान्छेहरू कष्ट भोग्छन् अति
झट्ट सम्हाल हे अर्धनारीश्वर
वृद्धवृद्धा सबै शम्भु रक्षा गर।४

के गरूँ के गरूँ भन्छ यो चित्तले
वृद्ध बेला हुँदा गर्नु के वित्तले
हुन्छ टाढा कतै देहको जाँगर
वृद्धवृद्धा सबै शम्भु रक्षा गर।५

शम्भु भोले तिमी सृष्टिका रक्षक
भक्तका जीवका सत्य उद्धारक
वृद्ध बेला हुँदा देह भो जर्जर
वृद्धवृद्धा सबै शम्भु रक्षा गर।६

०००
२०८३/०४/११/२

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पाका तथा बालक छन् बिहाल

पाका तथा बालक छन्...

वेदप्रसाद रिजाल
सबै पाका मान्छे…

सबै पाका मान्छे…

वेदप्रसाद रिजाल
पाका तथा बालक छन् बिहाल

पाका तथा बालक छन्...

वेदप्रसाद रिजाल
विवश छन् सहयोग छिटो गरौँ

विवश छन् सहयोग छिटो...

देवीप्रसाद मिश्र
पाका युवा बालक छन् बिहाल

पाका युवा बालक छन्...

चेवनचन्द्र बस्नेत
पाका युवा बालक छन् बिहाल !

पाका युवा बालक छन्...

घनश्याम रेग्मी
0
Would love your thoughts, please comment.x
()
x