साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पाका तथा बालक छन् बिहाल

नेपालमा काल उठेर आयो विध्वंसकारी तरिका रचायो कस्तो वितण्डा ननिको छ चाल पाका युवा बालक छन् बिहाल।

Nepal Telecom ad

वेदप्रसाद रिजाल :

बाढी अनायास बढेर आयो
बस्ती र मान्छे तटका बगायो
देखिन्न राम्रो अब चालढाल
पाका युवा बालक छन् बिहाल।

धैलो र मैलो सँगमा लिएर
आएछ बाढी अति बेगिएर
उन्मत्त साँढे बनियो कि काल
पाका युवा बालक छन् बिहाल।

कोही थिए भोजन गर्न व्यस्त
आनन्दमा मग्न थिए समस्त
आयो अगुल्टो बनिएर छाल
पाका युवा बालक छन् बिहाल।

भागेर बाँचे कति भाग्यमानी
दुर्भाग्यका धेर बने निसानी
हे दैव यो दर्द छिटै पखाल
पाका युवा बालक छन् बिहाल।

जो भाग्न पाए सब बाँच्न पाए
त्यो जिन्दगानी अनि साँच्न पाए
बाँकी अरूमा खनिएछ काल
पाका युवा बालक छन् बिहाल।

नेपालमा काल उठेर आयो
विध्वंसकारी तरिका रचायो
कस्तो वितण्डा ननिको छ चाल
पाका युवा बालक छन् बिहाल।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
वृद्धवृद्धा सबै

वृद्धवृद्धा सबै

वेदप्रसाद रिजाल
सबै पाका मान्छे…

सबै पाका मान्छे…

वेदप्रसाद रिजाल
विवश छन् सहयोग छिटो गरौँ

विवश छन् सहयोग छिटो...

देवीप्रसाद मिश्र
पाका युवा बालक छन् बिहाल

पाका युवा बालक छन्...

चेवनचन्द्र बस्नेत
पाका युवा बालक छन् बिहाल !

पाका युवा बालक छन्...

घनश्याम रेग्मी
मलाई लिन आऊ छोरा

मलाई लिन आऊ छोरा

भावना न्याैपाने
0
Would love your thoughts, please comment.x
()
x