साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मलाई लिन आऊ छोरा

अन्तिम समयमा मेरो घर हेर्ने मन छ मलाई लिन आऊ छोरा अन्तिम समयमा मेरो नातिको मुख हेर्ने मन छ मलाई लिन आऊ छोरा।

Nepal Telecom ad

भावना न्याैपाने :

आश्रममा छोडेदेखि तिमीहरू
मलाई किन भेट्न आएनौ छोरा ?
के तिमीहरूलाई आमाको याद आउदैन र
म घरमा अटाइन तिमीहरूको मनमा अटाइन
मैले फेरि तिमीहरुले भनेजस्तै काम गर्न पनि त सकिन
मलाई के चाहिन्थ्यो र एकसरो लुगाको सिवाय
मैले दुनियाँको काम गर्दै तिमीलाई हुर्काएकी थिएँ
मैले आफ्नो आधा पेट पटुकीले कसेर
तिमीलाई पढाएको थिएँ
मैले केही गर्न नसके पनि तिम्रो घर हेरिदिन्थेँ
जबदेखि तिम्रो बाबा भगवान्को प्यारो भए
मलाई त्यतिबेलादेखि तिमीले
आफ्नो मनबाट टाढा राख्याै
आश्रममा बसि नातिसँग खेलेका दिनहरु सम्झन्छु
तिमीहरूले नसम्झे पनि नातिले सम्झदै
रोएको छ कि ठान्छु
मेरो हजुरआमा कहाँ जानुभयो भनेर सोध्यो होला
तिमीहरू के जवाफ दिने गरेका छौ ? भन त
के म तिमीहरूको घरमा अटाउदिन ?
के म तिमीहरूको मनमा अटाउदिन ?
अब त शरिरले साथ पनि छोडिसक्यो
अब त हात गोडाहरु पनि गलिसक्यो
अन्तिम समयमा मेरो घर हेर्ने मन छ मलाई
लिन आऊ छोरा
अन्तिम समयमा मेरो नातिको मुख हेर्ने मन छ
मलाई लिन आऊ छोरा।

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हो म पागल भएकै हो बृद्धाहरुको लागि

हो म पागल भएकै...

भावना न्याैपाने
हातमा हम्मर लिएर

हातमा हम्मर लिएर

भावना न्याैपाने
जब म बूढो हुनेछु

जब म बूढो हुनेछु

भावना न्याैपाने
आमा

आमा

भावना न्याैपाने
पाका बाबा आमाहरु हो

पाका बाबा आमाहरु हो

भावना न्याैपाने
उठउठ पाका बाबा आमाहरु हो

उठउठ पाका बाबा आमाहरु...

भावना न्याैपाने
0
Would love your thoughts, please comment.x
()
x