भावना न्याैपानेहो म पागल भएकै हो बृद्धाहरुको लागि
हो म पागल भएकै हो बृद्धाहरुको लागि बृद्धाहरुको समस्या के हो उनीहरूको समस्याको समाधान कसरी गर्न सकिन्छ भन्ने कुरा मनमा खेलिरहन्छ।
भावना न्याैपाने :
हो म पागल भएकै हो बृद्धाहरुको लागि
उनीहरु के खान्छन् ,के लगाउछन्
अनि कसले साहरा दिन्छ भन्ने कुरा मनमा खेलिरहन्छ।
हो म पागल भएकै हो बृद्धाहरुको लागि
उनीहरु घरमा ,समाजमा र राष्ट्रबाट
किन अपहेलित भइरहेका छन् भन्ने कुरा मनमा खेलिरहन्छ।
हो म पागल भएकै हो बृद्धाहरुको लागि
घरमै रहदा पनि उनीहरूलाई खाना सोधिदैन, खाजा सोधिदैन
आफै आफै परिवार बनाएर खान्छन्
यी यस्ता कुरा मनमा खेलिरहन्छ।
हो म पागल भएकै हो बृद्धाहरुको लागि घरमै रहँदा पनि
कुनामा थन्काइन्छ कुकुर बिरालोको जस्तो पनि भाउ दिँदैनन्
यी यस्ता कुरा मनमा खेलिरहन्छ।
हो म पागल भएकै हो बृद्धाहरुको लागि
स्वास्थ्य हेरिदैन,सन्चो बिसन्चो सोधिदैन
यीयस्ता कुरा मनमा खेलिरहन्छ।
हो म पागल भएकै हो बृद्धाहरुको लागि
घरै नभएको जस्तो गरि आश्रममा फकाई फकाई
र छोडिन्छ भेट्न समेत जाँदैनन्
हो यस्तो कुरा मनमा खेलिरहन्छ।
हो म पागल भएकै हो बृद्धाहरुको लागि
जुन घरमा आफ्नो जीवनमा एउटा दरिलो खम्बा बनेर
बिताए बालबच्चाको लागि
दुख भोक कष्ट सहे तर सन्तानले बेघर बनाए
हो यस्तो कुरा मनमा खेलिरहन्छ।
हो म पागल भएकै हो बृद्धाहरुको लागि
जुन घरमा बर्षाे बिताईन्छ त्यो घर आफ्नो हुँदैन
सन्तान आफ्ना हुँदैनन् पाटीको बास गराइन्छ,लत्याइन्छ
हो यस्तो कुरा मनमा खेलिरहन्छ।
हो म पागल भएकै हो बृद्धाहरुको लागि
जुन घरमा कुकुरलाई मासु भात खुवाइन्छ
तर अशक्त बाबा आमालाई
एक गाँस खाना खुवाउन झर्काे फर्काे गरिन्छ
हो यस्तो कुरा मनमा खेलिरहन्छ।
हो म पागल भएकै हो बृद्धाहरुको लागि
जुन घरमा सन्तानले बाबा आमाको सम्पत्ति जफत गर्दछन्
र घर न घाटको बनाउछन्
हो यस्तो कुरा मनमा खेलिरहन्छ।
हो म पागल भएकै हो बृद्धाहरुको लागि
बृद्धाहरुको समस्या के हो उनीहरूको समस्याको समाधान
कसरी गर्न सकिन्छ भन्ने कुरा मनमा खेलिरहन्छ।
हो म पागल भएकै हो बृद्धाहरुको लागि ।
०००
काठमाडाैं
Subscribe
Login
0 Comments
Oldest






































