साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ग्यास ल्याएँ ग्यास !

सम्भाव्य संकट भइसक्यो पास भए मेरा सबै दुख नाश एलपीजी निम्ति गर्दिनँ बकवास ग्यास ग्यास ग्यास ल्याएँ मैले तिरेर क्यास ।

Nepal Telecom ad

युगल बसेल :

ग्यास ग्यास ग्यास
ल्याएँ मैले तिरेर क्यास
अनि त म गज्जबले दङदास
सुगन्धी लाग्छ यो गनाउने बतास

भन्दिनँ म कसैलाई बदमास
जम्मा पर्खेँ करिब सवा मास
सार्न परेन गाउँतिर बास
गर्न परेन दाउराको आश
सरकारलाई लाख स्याबास !

घरमा सुरु भाथ्यो रुवावास
रोकिने भो भनेर भातको गास
अब बहाल भो उमङ्ग उल्लास
काउकाउ पेट र चाउचाउको त्रास
हट्यो किन हुनु र उदास ?

अब भात छड्किन्छ बिन्दास
ढुक्कै निलिन्छ चल्ला जत्रा गास
सम्भाव्य संकट भइसक्यो पास
भए मेरा सबै दुख नाश
एलपीजी निम्ति गर्दिनँ बकवास
ग्यास ग्यास ग्यास
ल्याएँ मैले तिरेर क्यास ।

०००
सन्धिखर्क – तुमकोट (हाल चन्द्रागिरी – ११)

Subscribe
Notify of
guest

3 Comments
Oldest
Newest Most Voted
राम प्रवेश यादव
राम प्रवेश यादव
1 month ago

करीब महिनालाई बन्द भयो तपाईंको बकवास त्यस पछि पुनः गर्नुपर्ने हुन्छ खोज तलाश

युगल बसेल
युगल बसेल
1 month ago

😁🙏

"भैया"
"भैया"
1 month ago

टाउको कन्याएँ ख्यासख्यास, जति लागे पनि तिर्छु भने क्यास,
आआफ्नाले फिक्सिङ गरिसकेका रहेछन् म्याच, रित्तो सिलिन्डर बोकी झरेँ ख्याँच ख्याँच😃🙏

Nepal Telecom ad
परान गो

परान गो

भोलानाथ सुबेदी
भेडाकैरन

भेडाकैरन

होम सुवेदी
मिशिगन*को नृत्य

मिशिगन*को नृत्य

डा. दामाेदर पुडासैनी किशाेर
कालो भयो उर्वरा

कालो भयो उर्वरा

माधव पोखरेल गोज्याङ्ग्रे
सल्लाह दिने सयौँ यहाँ, साथ दिने कोही छैन

सल्लाह दिने सयौँ यहाँ,...

लक्ष्मण नेवटिया
भर्चुअल बाढी

भर्चुअल बाढी

नन्दलाल आचार्य
3
0
Would love your thoughts, please comment.x
()
x