साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मुसालाई शिक्षा

भिक्षा मागेर भए पनि शिक्षा नै दिने हो । भिखारी भएर भिक्षा माग्न सिकाउने पनि सँगै रहेकोले गुरु भएपछि शिक्षाको के दुख हुन्छ र !

Nepal Telecom ad

माधव पोखरेल गोज्याङ्ग्रे :

तपाईँ हाम्रो घरमा चकचक गर्ने, भकारीको धान खाने, भान्सामा पसेर विध्वंश गर्ने, मंसिर महिनामा धान खेतमा पसेर धानको बालाल खाने गरेको छ मुसाले । हाम्रो ओछ्यानमा पसेर कपडा काट्ने, श्रीमान श्रीमती बिचको गोप्य कुरामा एकान्त भंग गर्ने जस्ता गैर न्यायिक र गैर कानुनी काम गरिरहेको छ भने अब सहेर नबसौँ । किनभने मुसालाई शिक्षाको अभाव भएर यस्तो बद्मासी गरेको पनि हुन सक्छ । गणेशजीको बाहन भन्दैमा मुसाले हाम्रो घरमा पसेर मनपरी गर्न पाउँदैन । त्यसैले मुसाको मनपरीतन्त्र रोक्नकालागि अब हामी मुसा पीडितहरू एक जुट भएर लाग्नु पर्छ भन्ने मलाई लागेको छ ।

मुसाले कतिपयको किताब काटेर, कतिपयको कपडा काटेर, ठुटेबुटे भएर ससुराली जानु पर्ने अवस्था पनि नआएको होइन । समाजको एक नम्बर फटाहा प्राणीका रूपमा दरिएको मुसाले हाम्रो आँखा अगाडि नै अर्को मुसाको श्रीमती पनि उडाउँछ, जारी भने तिर्दैन । फेरी एउटा मात्र भए त हुन्थ्यो नि भेटे जति सबै भेला पार्छ र मंसिरमा धानका बाला काट्न लगाउँछ अनि काटेर डङ्गुर पार्छ । यो मुसालाई बहु विवाह गर्नु हुन्न भन्ने कुरा थाहा छैन क्यारे । त्यसैले भेट जति सबै जम्मा गरेर प्वालमा राख्छ ।

मुसालाई शिक्षाको अभाव भएको हो भन्ने कुराको आभास मैले पहिले नै पाएको थिए । तर कतै सुध्रिन्छ कि भनेर केही समय बाटो हेरेँ । तर सुध्रिने छाँटकाँट नदेखिएपछि अब चाहिँ मुसालाई स्कुल भर्ना गरेर शिक्षा दिने काममा लाग्नु पर्‍यो भनेर अघि बढेको छु । कृपया मुसा पीडितहरूले यस काममा मलाई सक्दो सहयोग गर्नु हुनेछ भन्ने निराशामा छु ।
मुसालाई विद्यालय पठाउँदा विचार गर्नु पर्ने कुरा के हो भने जुन मुसाले किताब कापी काटेको छ त्यसलाई कलेजमा भर्ना गर्नु पर्दछ । किनभने उसले विद्यालयको शिक्षा चपाएको हुन्छ । फेरी दोहोर्‍याएर पुनः विद्यालयमै भर्ना गर्दा उस्को औकात घट्छ र स्तर पनि तल झर्ने भएकोले कलेजमा नै भर्ना गर्नु पर्ने हुन्छ ।

अर्को कुरा किताब कापी कलम काटेर अनुभव संगालेको मुसाको उमेर पनि कलेज जाने भएको हुन्छ । उमेर खाएको मुसामा धेरै कुराको ज्ञान अनुभव बढी हुन्छ । केही नजान्ने केटाकेटी मुसालाई कलेजमा भर्ना गर्दा कलेजको पनि मापदण्ड मिचिने अवस्था आउने हुँदा सो अवस्था आउन नदिन उमेर पुगेका वयस्क मुसालाई कलेज भर्ना गर्नु पर्छ । भर्खर चाँचाँ चुँचुँ गर्ने उमेरका मुसालाई सरकारी सामुदायिक विद्यालयमा भन्दा पनि निजी क्षेत्रका संस्थागत विद्यालयमा भर्ना गर्दा अंग्रेजी विषयमा पोख्त हुन्छन र विदेश गएर नेपालमा गर्दे आएको मुसागिरी विदेशमा गर्न सक्छन् ।

मुसालाई शिक्षा दिने विषयमा सरकार पनि गम्भिर हुनु पर्दछ । किनभने सरकारी मुसाहरूले पनि समाजमा निकै दुःख दिएको गुनासो आएको छ । सरकारी मुसाहरूले त गाउँका गरिब किसानको भकारीभित्र पसेर धान, चामल, दाल, तरकारी समेत खाएको छ । राजधानीस्थित सिंहदरबारको प्रधानमन्त्री कार्यालयदेखि गाउँको सिंहदरबारसम्म मुसाले रजाईँ गरिरहेकोले ति सबै शिक्षा कै अभावले यसरी छाडा भएको र मनपरी गर्दै हिडेको हुन सक्छ । नेपाल गणतन्त्रात्मक मुलुक भन्दा पनि मुसातन्त्रात्मक मुलुकका रूपमा विश्वमा परिचित हुँदै गएकोले पनि साना ठुला सबै खाले मुसाहरूलाई स्कुल कलेज विश्वविद्यालय पठाएर शिक्षा दिने व्यवस्था राज्यको र सरकारकातर्फबाट हुनु आवश्यक छ ।

मुसाको शिक्षाकालागि यो सरकारले एउटा मुसा शिक्षा आयोग गठन गरेर केही शिक्षा पाएका र नपाएका मुसाहरूको अलग अलग संगठन बनाएर संगठन मार्फत सशुःल्क शिक्षाको व्यवस्था गर्नु पर्दछ । निःशुल्क शिक्षा दिंदा सरकारले मुसाहरुको भार थेग्न नसक्ने भएकोले क्रमशः वर्षै पिच्छे सीटकोटा बढाएर भर्ना गर्दा उपयुक्त हुने सुझाव दिन चाहन्छु । तर डाक्टर इन्जिनियर पढ्ने मुसाहरुकालागि भने निशुल्क शिक्षाको व्यवस्था हुनु पर्दछ । किनभने कतिपय मुसाहरूको विकास हुन नसक्नुमा प्राविधिकको कमिले पनि हो । प्वाल तथा सुरुङ विज्ञका रूपमा मुसा आफैँ नाम कमाएको प्राणी हो ।

हालको प्रतिष्पर्धात्मक युगमा अझ धेरै प्राविधिक ज्ञान भएको विशेषज्ञ प्राविधिकको आवश्यकता भएकोले पनि विशेषज्ञ इन्जिनियर मुसाको आवश्यकता परेको हो । घरमा, धानखेतमा वा अन्य कुनै पनि ठाउँमा उत्कृष्ट प्वाल तथा सुरुङ निर्माण गर्नु परेमा विशेषज्ञ इन्जिनियर मुसाको आवश्यकता पर्दछ । यसैगरी कतिपय मुसाहरू बिरामी परेका समयमा वा कसैले राखेको विष खाएर पनि मुसाहरू बिरामी परेका कारण उपचारकालागि विशेषज्ञ डाक्टरको आवश्यकता पर्दछ ।

अहिलेको मुसा समाजमा विविध विचार तथा धेरै प्रकारका मुसाहरू बसोबास गर्छन । सरकारले ति सबै मुसाहरूको बर्गिकरण गरेर अव्यवस्थित रूपमा बसेका छन भने सुकुम्बासीहरूलाई हटाइएको ठाउँमा व्यवस्थापन गर्न म जोडदार माग गर्दछु । किनभने सुकुम्बासी हटाइएको ठाउँमा सुरुङ र प्वालहरू निर्माण गर्नु सरकारकालागि आवश्यक छ । भत्काइएका सुकुम्बासी बस्तीदेखि सिंहदरबारसम्म, बालुवाटार, प्रत्येक मन्त्रालय, आयोग, नियोग विभाग निर्देशनालय मन्त्री निवास सबैतिर पुग्ने गरी प्वाल र सुरुङ मार्ग बनाउनु पर्दछ । अहिलेको ताजा प्राथमिकताको विषय नै मन्त्रालय विभाग निर्देशनालय कार्यालयहरुमा सरकारी दलको कार्यकर्ता अरुले नदेख्ने गरी छिर्ने प्वाल र सुरुङ हो । यि सबै विषयलाई ध्यान दिंदा सबैभन्दा पहिले मुसालाई शिक्षा आवश्यक देखिएको हो । प्वाल बनाउन र सुरुङ निर्माण गर्न आधुनिक प्रविधि आवश्यक छ ।

सोह्रौँ शताब्दीको प्रविधिले अहिलेको एक्काइसौ शताब्दीमा काम नगर्ने र मुसाहरु पनि पुरानो प्रविधिमा आधारित भएर काम गर्ने भएकोले नयाँ शिक्षा अनुरुप मुसालाई शिक्षा दिएर दक्ष बनाउँदा भोलिका दिनमा सरकारलाई प्राविधिक जनशक्तिको कमी हुँदैन । तर मुसालाई शिक्षा दिने विषयमा सरकारले बिरालोलाई पनि साथमा राखेर आवश्यक निर्णय लिनु पर्दछ । यदि बिरालोलाई बेवास्ता गरेर मुसालाई शिक्षा दिनेतिर लाग्यौँ भने भोलिका दिनमा बिरालोले आमरण अनसन वा आत्मदाह गर्ने प्रयास नगर्ला भन्न सकिन्न । त्यसैले मुसाहरुलाई स्कुलदेखि कलेज, विश्वविद्यालयसम्म पढाउनकालागि बिरालोलाई शिक्षक, उपप्राध्यापक, सहप्राध्यापक प्राध्यापक पदमा नियुक्ति गर्दा राम्रो हुने कुरा सरकारलाई सुझाव दिन चाहन्छु । हुन् त अहिलेको नियुक्ति पनि त्यस्तै नै भैरहेको भन्दा फरक पर्दैन । साँच्चै भन्ने हो भने सरकारले देशमा एउटा मुसक विश्वविद्यालय सञ्चालन गर्दा सबैभन्दा राम्रो होला । र यस विश्वविद्यालयमा मुसाहरुमात्र अध्ययन गर्न पाउने व्यवस्था हुनु आवश्यक देखिएको छ ।

मुसा र बिरालो मिलेपो बिरालोले पढाउँछ भन्नु होला । अरु कुरामा नमिले पनि मुसालाई बिरालोको शिक्षान्ने लिनु अहिलेको जमानामा आवश्यक भएकोले मुसाले बिरालोले दिएको शिक्षा सहज रुपमा स्वीकार गरेर अघि बढ्ने कुरामा म विश्वस्त छु । किनभने बिरालो मासु खान माहिर त्यो पनि मुसा कै । तर शिक्षा लिने दिने क्रममा बिरालोले मुसामाथि आक्रमण गर्‍यो भने हालका गृहमन्त्री तत्कालै घटनास्थल पुगेर खानपिनमा व्यस्त हुन बेर लाउदैनन् । नेपाली संस्कार न हो आफैले जे बसायो त्यही बस्छ । मुसा र बिरालो एकै ठाउँमा मिलाएर राख्न सक्ने खुवी र क्षमता भएका गृहमन्त्री नेपालमा हुँदा हुँदै विदेशी मन्त्री झगडा मिलाउन बोलाउनु पर्दैन ।

मुसाहरुलाई अब न्यायालयमा पनि घुसाउनु पर्छ । सरकारी वकिल, नेपाल िसेना, प्रहरी सशस्त्र प्रहरी पनि मुसालाई नै बनाउनु उपयुक्त हुन्छ । किनभने शिक्षामा मुसा पसेपछि अन्यत्र चाहिँ अरुलाई किन राख्ने मुसाकै रजगज होस् न कतै नेपालको प्रशासनयन्त्र सुध्रिन्छ कि । फाइलभित्रको दाम हाम नगरेसम्म नेपालको प्रशासनयन्त्रले संयन्त्र निर्माण गर्न सक्दैन भन्ने कुराको प्रमाण मुसाको सदनले देखाइसकेको छ । भनौ नेपालको करिब तीनतिहाइको मुसे सदन भित्रभित्रै भुसे आगो बनेको छ । तीन तिहाइभित्र बाट नै भूसको आगो सल्काइएको छ र यसले मुसे सदन र बिराले सरकारलाई दीर्घकालीन रुपमा असर गर्ने कुरामा दुईमत छैन ।

यस अघिका सरकारले देशमा मुसा बिरालो कति पाले त्यसको संख्या एकिन भएको छैन । तर वर्तमान सरकारले मुसा बिरालो पाल्नकालागि स्वीकृति दिएको छ । मुसा बिरालोको बौद्धिकता कस्तो हुनु पर्दछ भन्ने शिक्षा दिएरमात्र पुग्दैन प्रयोगात्मक रुपमा प्राप्त शिक्षालाई व्यवहारमा गरेर देखाउन सक्नु पर्दछ । मन्त्रीलाई खुसी पार्न सक्ने क्षमता र ज्ञान पनि हुनु पर्दछ । मुसा बिरालो नपाल्ने हो भने माननीय र मन्त्री ज्यूहरुलाई निकै हम्मेहम्मे हुन्छ । त्यसैले पनि मुसालाई शिक्षा दिएर पारंगत बनाएर काम लगाउँदा बाहै महिना तेह्रैकाल फाइदै फाइदा । जनता मुला बेफाइदामा बसे पनि माननीय र मन्त्री ज्यूहरु भने फाइदामा बस्नु पर्दछ भन्ने विश्वव्यापी मान्यता रहेकोले सिद्ध गर्नकालागि मुसालाई शिक्षा दिनु आजको अपरिहार्य आवश्यकता भएको छ । तर एउटा कुरा के भने मुसाले धेरै शिक्षा लियो भने मन्त्री ज्यूलाई भुसा खुवाउन बेर लाउदैनन् । घुस पो खुवाउन मिल्दैन त भुस खुवाउन त केही फरक पर्दैन नि । आखिरी गाई भैसीले गोरु, राँगाले भुस खाएकै हो क्यारे !

अब धेरै कुरा के लेखौँ । मुसालाई शिक्षा दिन सरकारले देशले काँचुली फेर्न सक्दैन भन्ने कुरा जनताले बुझेका छन् । सुकुम्बासीलाई हुुकुम्बासीहरुले लखेटेर प्वाल पार्न र सुरुङ बनाउन ठाउँ पाएकै छन । मुसालाई शिक्षा दिने ठाउँ पनि त्यही बनाउँदा केही फरक पर्दैन । मुसाले र बिरालाले शिक्षा लिने ठाउँ भनेकै प्वाल स सुरुङबाट हो । मुसाले टेबल माथि र मुनिबाट खाम चोर्न नयाँ तरिकाले सिक्छ भने बिरालोले पनि दूध, मासु चोर्न नयाँ तरिकाले सिक्छ । आखिरी जसरी पनि शिक्षा लिनु न हो । भिक्षा मागेर भए पनि शिक्षा नै दिने हो । भिखारी भएर भिक्षा माग्न सिकाउने पनि सँगै रहेकोले गुरु भएपछि शिक्षाको के दुख हुन्छ र ! जय साहित्य जय व्यङ्ग्य ।

०००
उदयपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कालो भयो उर्वरा

कालो भयो उर्वरा

माधव पोखरेल गोज्याङ्ग्रे
लुकीछिपी बोतल खोल

लुकीछिपी बोतल खोल

माधव पोखरेल गोज्याङ्ग्रे
सत्ता समात्ने भए

सत्ता समात्ने भए

माधव पोखरेल गोज्याङ्ग्रे
बोकाको बिहे

बोकाको बिहे

माधव पोखरेल गोज्याङ्ग्रे
गधाको कथा

गधाको कथा

माधव पोखरेल गोज्याङ्ग्रे
खोसेर खाँदै छ जो

खोसेर खाँदै छ जो

माधव पोखरेल गोज्याङ्ग्रे
आरती हात्ती र पुरस्कार खेती

आरती हात्ती र पुरस्कार...

चिरञ्जीवी दाहाल
स्वर्ग पुगेपछि 

स्वर्ग पुगेपछि 

कृष्ण शर्मा सुमु
झर्ला र खाउँला !

झर्ला र खाउँला !

डा. विदुर चालिसे
प्रतिवाद

प्रतिवाद

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x