माधव पोखरेल गोज्याङ्ग्रेकालो भयो उर्वरा
लाखौँ मानिसको पिचास हुन गो सञ्चारमा गाभियो पार्टी भो सरकारमा ठगहरू ठाडो बनी सोझियो बाङ्गोको झिरले उनेर पहिले पारे उता दुर्दरा आत्मा कायर भो छ झुण्ड उसकै कालो भयो उर्वरा ।
माधव पोखरेल गोज्याङ्ग्रे :
आफू चिन्न सकेन को हुँ जनमा बोली कठोरी कला
मान्छे बन्न सकेन भिर्छ पगडी बन्दै नबन्ने भला
कालोभित्र रमाउँने दिनभरी राती धुँवा सर्वरा
आत्मा कायर भो छ झुण्ड उसकै कालो भयो उर्वरा ।
देखिंदैन कतै सुशासन यहाँ हप्की र दप्की बढी
नेता बन्न सकेन आम जनको एक्लै छ दुब्लो छडी
तारा झार्छु भनेर हान्छ उसले छेलो झटारो बरा
आत्मा कायर भो छ झुण्ड उसकै कालो भयो उर्वरा ।
आफ्नो इज्जत छैन धाक घरमा बेहाल भो तागत
अग्लो बन्न सकेन लुक्छ जहिले स्वाहा भयो लागत
आफेनै देश जलाउने नकचरा झाक्री बनेको कुरा
आत्मा कायर भो छ झुण्ड उसकै कालो भयो उर्वरा ।
खाली भो मनभित्रका सबकुरा संस्कार के के भयो
हाम्रो देश कता गयो लहडमा कैठे कुरा झेल भो
बुझ्दैनन् सपना गयो परपरै आफू बसे टाकुरा
आत्मा कायर भो छ झुण्ड उसकै कालो भयो उर्वरा ।
गज्र्यो सिंह बनेर जङ्गल सरी यो देशमा आखिर
स्वार्थीको छ विचार धार उसकै मान्छे मरेको तर
बाचा धेर गरे कथा कति भनौँ बन्दै गए माकुरा
आत्मा कायर भो छ झुण्ड उसकै कालो भयो उर्वरा ।
ठग्यो देश जलाउँदै जहरभै पीडा दियो घण्टले
सारा देश लुटेर भन्छ उसले फिर्ता लिनूँ सञ्चले
ठग्ने कर्म अमेरिकातिर थियो नेपाल आयो बरा
आत्मा कायर भो छ झुण्ड उसकै कालो भयो उर्वरा ।
लाखौँ मानिसको पिचास हुन गो सञ्चारमा गाभियो
पार्टी भो सरकारमा ठगहरू ठाडो बनी सोझियो
बाङ्गोको झिरले उनेर पहिले पारे उता दुर्दरा
आत्मा कायर भो छ झुण्ड उसकै कालो भयो उर्वरा ।
०००
उदयपुर, गाईघाट
Subscribe
Login
0 Comments
Oldest