माधव पोखरेल गोज्याङ्ग्रेलुकीछिपी बोतल खोल
अरुभन्दा के कम म नि नायिका झैँ हुन्छु गाउँछु गीत साथीसँगै गायिका नि हुन्छु समाजमा देख्छु पुरा नारी मातेको दिन यही तीजको मौका छोपी पोइला हिँडेको दिन ।
माधव पोखरेल गोज्याङ्ग्रे :
दर खाउ, तर खाउ, खाउ खाने कुरा
पाउजुसँगै छमछम् नारी कम्बर भाँच्छन पुरा
नेपालीको संस्कारलाई विदेशीको पोषण
नारी तिमी ज्ञानी छौ है सहन्छौ नि शोषण ।
घरको खाना मीठो हुन्न होटलतिर जाउ
लुकी छिपी बोतल खोल साथीसँगै रमाउ
खाने पनि खाउ तिमी नखाने नि खाउ
खाने कुरा फाल्नु हुन्न मौकामा लाउ दाउ ।
श्रीमान्को कमाई धेरै फुइँ लाउ तिमी
गहनाको धाक उस्तै नक्कली सुन लिनी
आम्दानीको श्रोत छैन, छैन जागिर व्यापार
उधारोको जीवन चल्छ छेपारे छ चेपार ।
पल्लो गाउँकी सुन्तली नि कति राम्री भाकी
त्यस्तै सारी किन्देउ श्रीमान् नाकमा बुलाकी
छड्के लाउछु तिलहरी नि लौका बुट्टाभरी
लाउँछु रङ लेपन त्यसमा पहेलपुहुर पारी ।
अरुभन्दा के कम म नि नायिका झैँ हुन्छु
गाउँछु गीत साथीसँगै गायिका नि हुन्छु
समाजमा देख्छु पुरा नारी मातेको दिन
यही तीजको मौका छोपी पोइला हिँडेको दिन ।
शिवभक्ति पुरा शक्ति नारी सबल हुन्छिन्
तीज मै हो ताण्डव नृत्य गर्दै खुसी हुन्छिन्
अनेक रुप स्वरुपमा नारी तीज मान्छिन्
श्रीमान्को पीडा बोक्न सधैँ झर्को मान्छिन् ।
०००
उदयपुर, गाईघाट
Subscribe
Login
0 Comments
Oldest






































