बिन्दु दहाल ‘मूकदर्शक’श्रेष्ठ सर्जकहरू बन्छन् सबै ती मुला
भित्तोसम्म लजाउँछन् अब बरै झुन्ड्याउँदा हाँंस्दछन् हा ! साहित्य भनी सधैँ गजबले भित्ताहरू नाच्दछन् सारा वाङ्मय नै धराप बनियो हुन्छन् गुलामे ठुला लेख्ने सुन्दर श्रेष्ठ सर्जकहरू बन्छन् सबै ती मुला ।
बिन्दु दहाल मूकदर्शक
काला सर्प बसे भने नजिकमा डस्छन् विनाकारण
सेतै होस् तर हुन्छ कृष्ण रङको मान्छे बसे आरन
हेर्दा रूप सुदिव्य हुन्छ जसको छन् भित्र बोक्ने छुरा
बाङ्गो हुन्छ कुलो जतै सहजले बग्लान् अझै ती कुरा ।
हेर्दैनन् किन हो सबै मनुजले खोजी नयाँ दर्पण
भैंसी छन् उसका जतै तनहुँदो गर्छन् लिखा अर्पण
आफ्ना मात्र कुरा ठुला र गतिला ठान्नेहरू छन् यहाँ
यस्तो सभ्य समाजले मनुजता उम्लेर पुग्ला कहाँ ?
जोखिन्छन् भुस आज चामलसँगै चाला छ धिक्कारको
लान्छन् ती भुसले जिती सहजले थैलो पुरस्कारको
लेख्ने वीर सुधीहरू निफनिई पुग्छन् उता गर्तमा
थाप्छन् ती भुस पारितोषिक सधैँ बन्डा हुने सर्तमा ।
भित्तोसम्म लजाउँछन् अब बरै झुन्ड्याउँदा हाँंस्दछन्
हा ! साहित्य भनी सधैँ गजबले भित्ताहरू नाच्दछन्
सारा वाङ्मय नै धराप बनियो हुन्छन् गुलामे ठुला
लेख्ने सुन्दर श्रेष्ठ सर्जकहरू बन्छन् सबै ती मुला ।
नातावाद बढ्यो जतै मुलुकमा छन् जेलमा अर्जुन
बोकाले पनि दाइँ गर्दछ यहाँ छन् चाकरीका धुन
यो कालो गणतन्त्र पार्न जसले खेले यहाँ भूमिका
त्यस्ता शासनमा बसे अझ भने के काम होला निका ?
०००
दमक ८ झापा
Subscribe
Login
0 Comments
Oldest






































