साइबर अपराध सम्बन्धी सचेतना सामग्री

विचार पथका चेलाहरू हो सुन

आफ्ना सन्ततिको निमित्त यिनले खट्छन् बनी निर्मम छानी मार्ग फराक हिँड्न यिनले देखाउँछन् उत्तम हुन्छन् ती परिपक्व सर्व गुणका सर्वज्ञ छैनन् कुन ? पाका सारद हुन् विचार पथका चेलाहरू हो सुन ।।

Nepal Telecom ad

बिन्दु दाहाल मूकदर्शक :

मान्छे ज्येष्ठ हुँदा विभिन्न पलमा संज्ञानले ज्ञानले
थुप्रै बुद्धिविवेक टिप्छ मनले अर्पी हियो ध्यानले
लड्दा फेरि जुरुक्क उठ्छ र सधैँ थाल्नेछ यात्रा पुनः
पाका सारद हुन् विचार पथका चेलाहरू हो सुन ।।१

कालो केश सफेद हुन्न सजिलै भोगिन्छ झन् हन्डर
पाका त्याग गरी सधैँ विनयले हुन्छन् हिरो नम्बर
फाट्छन् वस्त्र शनै: शनै: वयसँगै बढ्ने छ शिक्षा गुन
पाका सारद हुन् विचार पथका चेलाहरू हो सुन ।।२

मान्छेको जति बढ्छ आयु उसले देख्ला अनेकौँ कुरा
चढ्ने गर्छ हिमाल उच्च गिरि ती सत्बुद्धिका टाकुरा
पाका, सागरको समान गरिमा देखिन्छ उस्तै धुन
पाका सारद हुन् विचार पथका चेलाहरू हो सुन ।।३

आफ्ना सन्ततिको निमित्त यिनले खट्छन् बनी निर्मम
छानी मार्ग फराक हिँड्न यिनले देखाउँछन् उत्तम
हुन्छन् ती परिपक्व सर्व गुणका सर्वज्ञ छैनन् कुन ?
पाका सारद हुन् विचार पथका चेलाहरू हो सुन ।। ४

लेख्छन् नीति अकाट्य यी नियमका संस्कारका पालक
आफ्नो धर्म परम्परा लवजका आदर्शका चालक
शिक्षा बाँड्न सिपालु छन् मगजले आकाश जान्छन् छुन
पाका सारद हुन् विचार पथका चेलाहरू हो सुन ।। ५

०००
दमक, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मातापिता निधि दुई

मातापिता निधि दुई

बिन्दु दहाल ‘मूकदर्शक’
छन्दोबद्ध ठाेक्तक

छन्दोबद्ध ठाेक्तक

बिन्दु दहाल ‘मूकदर्शक’
शब्दक्षेप्यास्त्र

शब्दक्षेप्यास्त्र

बिन्दु दहाल ‘मूकदर्शक’
बुझ्न बाँकी छ धेरै

बुझ्न बाँकी छ धेरै

बिन्दु दहाल ‘मूकदर्शक’
वृद्धमा खुसी फुलोस्

वृद्धमा खुसी फुलोस्

बिन्दु दहाल ‘मूकदर्शक’
हामी

हामी

बिन्दु दहाल ‘मूकदर्शक’
पाकाहरूबाट सिकाैँ (६)

पाकाहरूबाट सिकाैँ (६)

घनश्याम रेग्मी
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
हो म पागल भएकै हो बृद्धाहरुको लागि

हो म पागल भएकै...

भावना न्याैपाने
बुबाआमाका अनुभव सिकौँ

बुबाआमाका अनुभव सिकौँ

चेवनचन्द्र बस्नेत
0
Would love your thoughts, please comment.x
()
x