साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गुप्ताको  बज्जिका लघुकथा कृति ‘गभलगी’को लोकार्पण

कार्यक्रममा शुभकामना मन्तव्य दिँदै प्रा.डा. कपिल लामिछानेले लघुकथामा समसामयिक समस्याको उठान तथा समाधान खोजिएको बताउनुभयाे ।

Nepal Telecom ad

रौतहट । बहुभाषिक साहित्यकार रेणु गुप्ताको आठौँ कृतिको रुपमा ‘गभलगी’को डिजिटल लोकार्पण गरिएको छ ।

स्रष्टा साँझ अमेरिका, बज्जिका साहित्य समाज सर्लाही र बज्जिका साहित्य सङ्गम रौतहटको संयुक्त आयोजनामा नेपाल, भारत र अमेरिकाका साहित्यकारहरुले संयुक्त रुपमा बज्जिका भाषाको लघुकथा कृति ‘गभलगी’को बुधवार साँझ डिजिटल लोकार्पण गरेका हुन् ।

साहित्यकार रामचन्द्र महतो कुशवाहाको अध्यक्षतामा भएको कार्यक्रममा शुभकामना मन्तव्य दिँदै प्रा.डा. कपिल लामिछानेले लघुकथामा समसामयिक समस्याको उठान तथा समाधान खोजिएको, सूक्ष्मातिसूक्ष्म विषयवस्तुलाई उठाइएको र पात्रहरुमाथि न्याय गरिएको हुनाले नेपालको लघुकथा ‘गभलगी’ कृतिले महत्त्वपूर्ण स्थान ओगट्ने बताएका छन् ।

प्रा.डा. लामिछानेले कुनै बेला राज्यले नजान्ने बज्जिका लोकभाषाको पहिचान कायम भएको बताउँदै स्थानीय भाषामा साहित्य सिर्जनाले नेपाली साहित्यको विकासलाई सहयोग पुगेको थपेका छन् ।

लघुकथा केन्द्र नेपालकी लता केसीले बज्जिका भाषामा महिलाले लघुकथा कृति प्रकाशन गर्नु खुसीको कुरा भएको बताउँदै लघुकथाको विकासमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेकी छन् ।

कार्यक्रममा शुभकामना दिँदै स्रष्टा साँझ अमेरिकाका विश्वराज अधिकारी तथा सञ्जय साह मित्रले बज्जिका भाषामा नेपालको पहिलो एकल लघुकथा कृति सार्वजनिक हुनु आफैँमा सुखद रहेको बताउँदै बज्जिका लघुकथाको लागि ऐतिहासिक दिन भएको बताएका छन् ।

सञ्जय महतो राजद्वारा जूम प्रविधिमा सञ्चालित कृति लोकार्पण तथा परिचर्चा कार्यक्रममा ‘गभलगी’माथि बज्जिका साहित्य सङ्गम रौतहटका अध्यक्ष किशुनदयाल श्रीकृष्ण, बिगन साह रौनियार, रुपेश रोदन तथा भारतबाट सुरेश वर्मा तथा साधना कृष्णले कृतिमाथि आफ्नो दृष्टिकोण राखेका छन् ।

सिर्जनाका चार, अनुवादका तीन र लोककथा सङ्कलन एक गरी आठ कृति प्रकाशित गुप्ता नेपाली, भोजपुरी र बज्जिकामा लेखिरहेकी छन् । बज्जिका साहित्य सङ्गम रौतहटले प्रकाशन गरेको कृति ‘गभलगी’मा ३४ लघुकथा सङ्कलित छन् ।

०००
सञ्जय साह मित्रकाे साैजन्यमा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x