साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चार ठाेक्तक

ब्रेकफेल भएको सवारीको रेस गयो भने के हुन्छ ठग बेइमानको इजलासमा केश गयो भने के हुन्छ मेरो सरोकार र चिन्तनको सवाल जम्मा यत्ति नै हो भष्मासुरहरूको नियन्त्रणमा देश गयो भने के हुन्छ ?

Nepal Telecom ad

रूद्र ज्ञवाली

१.
जे जस्तो चल्दैछ चल्न दिनुस् फरक पर्दैन
जो जसरी जल्दैछ जल्न दिनुस् फरक पर्दैन
काँध थाप्दैमा कहाँ अडिन्छन् जरा नहुनेहरू
ढल्नेलाई निर्धक्क ढल्न दिनुस् फरक पर्दैन ।

२.
मुग्लानबाट आरक्षण भएका कोटा जस्तै लाग्छन्
एआईबाट निर्मित सम्पादित फोटा जस्तै लाग्छन्
चुनाबै पिच्छे आयाराम गयाराम हुनेहरूलाई हेर्नुस्
जता पनि पल्टिने पिँधबिनाका लोटा जस्तै लाग्छन् ।

३.
गल्ली गल्लीमा तैनाथ प्यादा बडो खतरनाक छन्
बारुद पचाएका डन र दादा बडो खतरनाक छन्
सुकिलो पहिरन र सुकोमल अनुहार देखेर के गर्नु
तिनीहरूका मनसाय र इरादा बडो खतरनाक छन् ।

४.
ब्रेकफेल भएको सवारीको रेस गयो भने के हुन्छ
ठग बेइमानको इजलासमा केश गयो भने के हुन्छ
मेरो सरोकार र चिन्तनको सवाल जम्मा यत्ति नै हो
भष्मासुरहरूको नियन्त्रणमा देश गयो भने के हुन्छ ?

०००
भैरहवा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेकान

चार ठाेकान

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
बेलाको बोली – १७१

बेलाको बोली – १७१

डा. ऋषि बस्ताकाेटी
चार ठोक्तक

चार ठोक्तक

कुमार खड्का
तीन ठाेक्तक

तीन ठाेक्तक

प्रमुना पाैडेल ‘अदृश्य मन’
घोल

घोल

शिवप्रसाद जैशी
चार ठाेक्तक

चार ठाेक्तक

ज्ञानुवाकर पौडेल
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
0
Would love your thoughts, please comment.x
()
x