डा. विदुर चालिसेथाम्पुराे
नेतालाई दासहरू चाहिन्छ । स्वाभिमानी चाहिँदैन । विज्ञ, प्राज्ञ र क्षमतावान चाहिँदैन । परेकाे बेला मुड्की बजार्ने भए पुग्छ ।

डा. विदुर चालिसे :
गणतन्त्र यस्ताे मेसिन रहेछ कि जे पनि, जाे पनि, जसले पनि, जहाँ पनि र जसरी पनि खान सक्ने मेसिन रहेछ । त्यसैले मतदाता बिच गाउँकाे चिया पसलमा अम्मलीहरू बिच अम्मलकाे तरङ्गका बारेमा छलफल चर्केकाे सुनिन्थ्याे
-“देशलाई पहिला कसले खान्छ ?”
-“समानुपातिककाे उम्मेदवारले !”
गणतन्त्रकाे कापमा समानुपातिक फेसाे पसेकाे थियाे । साेझाहरू अवसरकाे लालचमा समर्थन गर्नेगर्थे । नेताहरू नेतृत्व गरेकाे व्याज उठाउन नाता गाेता छान्थे । अभागीहरू जिन्दगीभर झाेला बाेक्थे । उर्दीमा हाजिर हुन्थे । आदर्शका ऐलानहरू सुन्थे । आफुलाई कसैले बेचिरहेका थाहा पाउँदैन थिए । जब जिन्दगीकाे दाह्री जुँगा फुलेर झर्न थाल्थ्याे । आदर्शकाे कबाेलले बाेल्न नसकेर छेउमा बसेका अन्य दयाका पात्रहरूतर्फ फर्केर प्रश्न गर्थे ।
-“समानुपातिकमा काे काे छ ?, हँ !”
दयाका पात्रहरूकाे ओठ सुकेकाे, तालु बजेकाे र कन्सिरी तातेकाे थियाे । उसले जिन्दगी अन्तिम चरणमा पुगेकाे दुख पाेख्दै भन्याे ।
-“श्रीमती, साली, मामा, भान्जा, जेठान दिदी, ज्वाइँ, भाइ, भतिज अनि अरू नजिकका आफन्त सबै !”
-“त्यत्ति हाे र ?”
दयाका पात्रमा अत्यन्त निरासा थियाे । जीवनकाे सार्थकता हराउँदै गएकाे थियाे । वेदना र करूणाकाे एकै स्वरले अझै थपे ।
-“नेतालाई दासहरू चाहिन्छ । स्वाभिमानी चाहिँदैन । विज्ञ, प्राज्ञ र क्षमतावान चाहिँदैन । परेकाे बेला मुड्की बजार्ने भए पुग्छ ।”
चिया पसलमा चिया घुट्क्याइरहेकाे अर्काे गाँडवादी मनुष्यले फेरि ऐलान छाेड्याे ।
-“गणतन्त्रमा गणकाे हाेइन गाँडकाे तन्त्र हुन्छ, त्यति पनि थाहा छैन ?”
सबैजना विहान भरि चिया सर्काउँदै गफ छाँटिरहे । विहानकाे घाम चर्किँदै गइरहेकाे थियाे । अर्काे आशामुखीले फेरि साेध्याे
-“जनजाती, महिला, दलीत, अन्य क्लष्टर र भरियाहरू नि त ?”
उनीहरूकाे मुर्ख्याईँ र साेझाेपनकाे उपयाेग गरिँदै थियाे । यसकाे अर्थ थियाे ।
–“थाम्पुराे !”
जब बेइमानहरूले जनताकाे नेतृत्व गर्थे । तब उनीहरूमा नयाँ स्वादकाे घमण्ड चढ्थ्याे ।
०००
काठमाडाैं
Subscribe
Login
0 Comments
Oldest







































