साइबर अपराध सम्बन्धी सचेतना सामग्री

थाम्पुराे

नेतालाई दासहरू चाहिन्छ । स्वाभिमानी चाहिँदैन । विज्ञ, प्राज्ञ र क्षमतावान चाहिँदैन । परेकाे बेला मुड्की बजार्ने भए पुग्छ ।

Nepal Telecom ad

डा. विदुर चालिसे :

गणतन्त्र यस्ताे मेसिन रहेछ कि जे पनि, जाे पनि, जसले पनि, जहाँ पनि र जसरी पनि खान सक्ने मेसिन रहेछ । त्यसैले मतदाता बिच गाउँकाे चिया पसलमा अम्मलीहरू बिच अम्मलकाे तरङ्गका बारेमा छलफल चर्केकाे सुनिन्थ्याे
-“देशलाई पहिला कसले खान्छ ?”
-“समानुपातिककाे उम्मेदवारले !”

गणतन्त्रकाे कापमा समानुपातिक फेसाे पसेकाे थियाे । साेझाहरू अवसरकाे लालचमा समर्थन गर्नेगर्थे । नेताहरू नेतृत्व गरेकाे व्याज उठाउन नाता गाेता छान्थे । अभागीहरू जिन्दगीभर झाेला बाेक्थे । उर्दीमा हाजिर हुन्थे । आदर्शका ऐलानहरू सुन्थे । आफुलाई कसैले बेचिरहेका थाहा पाउँदैन थिए । जब जिन्दगीकाे दाह्री जुँगा फुलेर झर्न थाल्थ्याे । आदर्शकाे कबाेलले बाेल्न नसकेर छेउमा बसेका अन्य दयाका पात्रहरूतर्फ फर्केर प्रश्न गर्थे ।
-“समानुपातिकमा काे काे छ ?, हँ !”

दयाका पात्रहरूकाे ओठ सुकेकाे, तालु बजेकाे र कन्सिरी तातेकाे थियाे । उसले जिन्दगी अन्तिम चरणमा पुगेकाे दुख पाेख्दै भन्याे ।
-“श्रीमती, साली, मामा, भान्जा, जेठान दिदी, ज्वाइँ, भाइ, भतिज अनि अरू नजिकका आफन्त सबै !”
-“त्यत्ति हाे र ?”

दयाका पात्रमा अत्यन्त निरासा थियाे । जीवनकाे सार्थकता हराउँदै गएकाे थियाे । वेदना र करूणाकाे एकै स्वरले अझै थपे ।
-“नेतालाई दासहरू चाहिन्छ । स्वाभिमानी चाहिँदैन । विज्ञ, प्राज्ञ र क्षमतावान चाहिँदैन । परेकाे बेला मुड्की बजार्ने भए पुग्छ ।”

चिया पसलमा चिया घुट्क्याइरहेकाे अर्काे गाँडवादी मनुष्यले फेरि ऐलान छाेड्याे ।
-“गणतन्त्रमा गणकाे हाेइन गाँडकाे तन्त्र हुन्छ, त्यति पनि थाहा छैन ?”

सबैजना विहान भरि चिया सर्काउँदै गफ छाँटिरहे । विहानकाे घाम चर्किँदै गइरहेकाे थियाे । अर्काे आशामुखीले फेरि साेध्याे
-“जनजाती, महिला, दलीत, अन्य क्लष्टर र भरियाहरू नि त ?”

उनीहरूकाे मुर्ख्याईँ र साेझाेपनकाे उपयाेग गरिँदै थियाे । यसकाे अर्थ थियाे ।
–“थाम्पुराे !”
जब बेइमानहरूले जनताकाे नेतृत्व गर्थे । तब उनीहरूमा नयाँ स्वादकाे घमण्ड चढ्थ्याे ।

०००
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
‘बाजी’

‘बाजी’

डा. विदुर चालिसे
चारैतिर हमला

चारैतिर हमला

डा. विदुर चालिसे
बाजी

बाजी

डा. विदुर चालिसे
चुनावकाे चम्चा

चुनावकाे चम्चा

डा. विदुर चालिसे
बाकाे लास

बाकाे लास

डा. विदुर चालिसे
शक्ति र सिध्दान्त

शक्ति र सिध्दान्त

डा. विदुर चालिसे
तर्सिङहोम (२)

तर्सिङहोम (२)

कृष्ण प्रधान
छिमेकी

छिमेकी

मीनप्रसाद लामिछाने
स्तर

स्तर

लीलाराज दाहाल
पेटाहा र फटाहा

पेटाहा र फटाहा

रामप्रसाद पन्थी
घण्टेशिया !

घण्टेशिया !

धनराज गिरी
0
Would love your thoughts, please comment.x
()
x