साइबर अपराध सम्बन्धी सचेतना सामग्री

के के हुन्छ …

बोल्छन् मात्र सधैँ हुँदैन कहिल्यै जो काम हो सार्दछन् । पुर्ने रात हुँदा यहाँ गगनमा औँसी भनी टार्दछन् । डाँका चोर रहे यहाँ मुलुकमा विद्वान् कहाँ छन् कहाँ ? सत्ता खेल सदैव हुन्छ यसरी के हुन्न नेपालमा ??

Nepal Telecom ad

होमनाथ घिमिरे :

के के हुन्छ हुँदैन हुन्छ कसरी आश्चर्य नेपालमा ।
काटेँ तीनबिसे पुगेँ समयले भोग्दै छु सैपालमा ।
धेरै थोक बने लडे प्रकृतिले हावा उडायो कति ।
फेरिन्छन् कसरी मुहार यसरी उल्टो छ बोली जति ।१।

बोलीबाट चिनिन्छ संस्कृति तथा संस्कार आफ्नोपना ।
कस्तो कूल रहेछ मूल थरको जानिन्छ सादा घना ।
फेर्छन् रूप सधैँ वसन्त ऋतुमा फेर्दै छ मान्छे जब ।
के के हुन्छ हुँदैन हुन्छ कसरी उद्देश्य के छन् तब ।२।

यौटै व्यक्ति कुनै कुनै दल दले फेर्छन् सधैँ रङ्गमा ।
छेपारोसरि पो बनेर अहिले चढ्दै गए अङ्गमा ।
के पो हुन्छ यहाँ हुँदैन कसरी सम्पूर्ण सम्भावना –
देख्दै छन् अहिले भनौँ म जसरी के हुन्न नेपालमा ?३।

छैनन् तर्क कुनै कुतर्क भनियो लाग्छन् सबै पुच्छर ।
राम्रो रे सबमा तथापि अहिले भन्छन् बडो दुच्छर ।
कल्ले खन्छ यहाँ सदैव पथमा जाकिन्छ खाल्डो जहाँ ।
के के हुन्छ हुँदैन भन्नु कसरी विश्वास मानौँ कहाँ !४।

आफ्नो स्वार्थ मिले सबै दल यहाँ सम्पूर्ण कुम्ल्याउँछन्।
आफ्नो शक्ति पुगे सबै खल यहाँ सत्यार्थ गुल्ट्याउँछन् ।
आफ्नो भक्त भए क्षमा छ सहजै कानून उल्ट्याउँछन् ।
के के हुन्छ भनौँ हुँदैन कसरी संसार हल्लाउँछन् ।५।

बोल्छन् मात्र सधैँ हुँदैन कहिल्यै जो काम हो सार्दछन् ।
पुर्ने रात हुँदा यहाँ गगनमा औँसी भनी टार्दछन् ।
डाँका चोर रहे यहाँ मुलुकमा विद्वान् कहाँ छन् कहाँ ?
सत्ता खेल सदैव हुन्छ यसरी के हुन्न नेपालमा ???६।

०००
भरतपुर, चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हाँसो !

हाँसो !

हाेमनाथ घिमिरे
चौसठ्ठी चिन्तन

चौसठ्ठी चिन्तन

हाेमनाथ घिमिरे
विश्वास !

विश्वास !

हाेमनाथ घिमिरे
लाग्दैछ यस्तो किन !

लाग्दैछ यस्तो किन !

हाेमनाथ घिमिरे
चिन्ता छ !!

चिन्ता छ !!

हाेमनाथ घिमिरे
भोट के मा ?

भोट के मा ?

हाेमनाथ घिमिरे
कालो भयो उर्वरा

कालो भयो उर्वरा

माधव पोखरेल गोज्याङ्ग्रे
सल्लाह दिने सयौँ यहाँ, साथ दिने कोही छैन

सल्लाह दिने सयौँ यहाँ,...

लक्ष्मण नेवटिया
भर्चुअल बाढी

भर्चुअल बाढी

नन्दलाल आचार्य
सिंहदरबारको ढोका

सिंहदरबारको ढोका

लक्ष्मी रिजाल
म प्राज्ञ

म प्राज्ञ

बिन्दु दहाल ‘मूकदर्शक’
धोती समा बाउरे

धोती समा बाउरे

बालकृष्ण खनाल
0
Would love your thoughts, please comment.x
()
x