साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भाषाशास्त्री महानन्द सापकोटाको १३१ औँ जन्मजयन्ती

प्रमुख अतिथिबाट तुलमा लेखिएका अक्षरहरू पढेर उद्घाटन गरिएको कार्यक्रममा दिवङ्त स्रष्टाप्रति एक मिनट मौनधारण गर्दै सामुहिक राष्ट्रगान गाई देशलाई सम्झने काम पनि भएको हो ।

Nepal Telecom ad

रोङ, इलाम । भाषाशास्त्री महानन्द सापकोटाको १३१ औँ जन्मजयन्ती इलाम जिल्लाको रोङ गाउँपालिका -५, स्थित देवानछाप डाँडामा सदाझैँ यस पटक पनि धुमधामका साथ सम्पन्न भयो ।

नेपाली साहित्यका मूर्धन्य स्रष्टा माटोप्रिय कवि, निबन्धकार, दार्शनिक कवि, सम्पादक र नेपाली भाषा प्रचारक सङ्घको परिकल्पनाकारको केन्द्रमा मूलतः नेपाली व्याकरण र भाषाको विशेष अध्ययन गर्ने (भाषावैज्ञानिक) व्यक्तिको रूपमा उपस्थित स्रष्टाहरूबाट चिनाउने प्रयास भयो ।

प्रमुख अतिथिबाट तुलमा लेखिएका अक्षरहरू पढेर उद्घाटन गरिएको कार्यक्रममा दिवङ्त स्रष्टाप्रति एक मिनट मौनधारण गर्दै सामुहिक राष्ट्रगान गाई देशलाई सम्झने काम पनि भएको हो । महानन्द साहित्य केन्द्रका अध्यक्ष बृहस्पति खतिवडाको अध्यक्षता, श्री महेन्द्र रत्न बहुमुखी क्याम्पस इलामका सेवानिवृत्त उप-प्राध्यापक केशबहादुर राईको प्रमुख आतिथ्य, विशिष्ट अतिथि रोङ गाउँपालिकाका अध्यक्ष मणिकुमार स्याङ्बो, विशेष अतिथिहरू उपाध्यक्ष विष्णुमाया भुजेल, शिवकुमार पौड्याल, श्रुति तामाङ, वडा नं ५ का वडाध्यक्ष दलबहादुर पुलामी र अतिथिहरूमा पूर्णचन्द्र विवश, नुरज भट्टराई “नदी”, मोक्षकुमारी खतिवडा, देवीप्रसाद खतिवडा र विभिन्न विद्यालयका प्रअ तथा शिक्षक प्रतिनिधिहरूलगायतका उपस्थिति रहेको थियो ।

कार्यक्रममा कविता वाचन , प्रतियोगितात्मक नृत्य र महानन्द सापकोटाको साहित्यिक योगदानको संक्षिप्त चर्चा पनि भएको थियो । कविता वाचनतर्फ टङ्क विकल्प, मोक्षकुमारी खतिवडा , नुरज भट्टराई “नदी”, शिवराम धामीलगायत रहेका थिए भने प्रतियोगित्मक नृत्यमा प्रथम, दोस्रो, तेस्रो र सान्तवना हुनेहरूलाई प्रमाणपत्र र नगदसहित पुरस्कृत गरिएको थियो । यसका मूल्याङ्कन शिक्षकद्वय भोगेन्द्र खड्का र शशिधर लामिछानेले गरेका थिए ।

त्यसैगरी शिवकुमार पौड्याल , रोङ गापाका अध्यक्ष्य , उपाध्यक्ष र कार्यक्रमका प्रमुख अतिथि केशबहादुर राई र श्रुति तामाङलगायतले आ-आफ्ना विषयवस्तुमा मन्तव्य प्रस्तुत गरेका थिए । आफूले चीन भ्रमण गरेर आएपछिको अनुभवका आधारमा संस्था महानन्द स्मृति केन्द्रलाई थप मजबुत बनाउने र भाषाशास्त्री सापकोटाले नेपाली भाषामा दिएका योगदानको उच्च मूल्याङ्कनस्वरूप नयाँ कार्यविवरण तयार पार्ने खुलासा अध्यक्ष्य स्याङ्बोले जनाए ।

कार्यक्रममा सूर्योदय सामाजिक प्रतिष्ठान , सूनपा -१०, फिक्कल इलामका सदस्य नुरज भट्टराई “नदी” ले भाषाशास्त्री महानन्द सापकोटाले नेपाली साहित्य क्षेत्रमा दिनुभएको चौतर्फी योगदानको संक्षिप्त चर्चा गरेका थिए । त्यसैगरी प्रमुख अतिथि केशबहादुर राईले संस्थामा भएका विगतका आन्तरिक घटनाक्रमको सेरोफेरो प्रमाणसहित प्रस्तुत गरेका थिए ।

करिब दुई दर्जन कविहरूको प्रस्तुति र करिब २०० सयको हाराहारी सहभागी भएका महान्दजयन्ती सफलतापूर्वक कुनै पनि झरीबादलको चपेटामा नपरी सम्पन्न भएको थियो ।

महानन्द सापकोटा स्मृति केन्द्र, रोङ-५, को आयोजनामा सम्पन्न कार्यक्रममा रमेश खतिवडाको स्वागत मन्तव्य तथा औचित्यमाथि प्रकाश र सोमनाथ पौड्यालको सहजीकरण रहेको थियो ।- नदी भट्टराई/इलाम
०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x