फित्काैली डटकमएकदिवसीय साहित्यिक तथा सांगीतिक अन्तर्राष्ट्रिय कार्यक्रम सम्पन्न
कार्यक्रममा भारतको कलकत्ताबाट आएका सोह्र जना तथा सिक्किमबाट आएका साहित्यकारहरूलाई स्वागत गरिएको थियो भने निजहरूले कविता तथा गीतहरू प्रस्तुत गरेका थिए।

काठमाडाैं । जरा फाउन्डेसन नेपाल, साहित्यिक पत्रकार संघ तथा शान्ति साहित्य परिवारको संयुक्त आयोजनामा नेपाल-भारत सांस्कृतिक सदभावको एकदिवसीय साहित्यिक तथा सांगीतिक अन्तर्राष्ट्रिय कार्यक्रम सम्पन्न भएको छ।
विश्व बंगा साहित्य तथा संस्कृति सम्मेलन कार्यक्रममा भारतको कलकत्ताबाट आएका सोह्र जना तथा सिक्किमबाट आएका साहित्यकारहरूलाई स्वागत गरिएको थियो भने निजहरूले कविता तथा गीतहरू प्रस्तुत गरेका थिए।
जरा फाउन्डेसनका अध्यक्ष कृष्ण प्रसाईको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख आमन्त्रित व्यक्तित्व नेपाल सङ्गीत तथा नृत्य प्रज्ञा प्रतिष्ठानकी निवर्तमान कुलपति निशा शर्मा रहनु भएकाे थियाे ।
अन्य आमन्त्रित व्यक्तित्वहरूमा कलकत्ताबाट आएका पाहुना साहित्यकारहरू लगायत नेपाली साहित्यकार तथा कलाकारहरू रहनु भएकाे थियाे ।
प्रमुख आमन्त्रित व्यक्तित्व निशा शर्माले बुद्ध भूमि तथा सीता भूमिमा भारतीय कविहरूलाई स्वागत गर्दै भारतीय कवि डा.राधाकान्तको भारत भ्रमणको निम्तोका लागि धन्यवाद दिनु भयाे । मन्तव्यका क्रममा उहाँले स्वरचित हिन्दी कविता ‘मै उम्र बताना नहीँ चाहती हुँ’ शीर्षकको वाचन गरेर सुनाउनु भयाे ।
कार्यक्रमका सभापति जरा फाउन्डेसनका अध्यक्ष कृष्ण प्रसाइले बंगाली भाषामै सम्बोधन गर्दै नेपाल-भारत बीचको सुमधुर सम्बन्ध बारे प्रकाश पार्दै डा.राधाकान्त सरकारको प्रशंसा गर्नु भयाे ।
कार्यक्रमको शुरूवातमा शान्ति साहित्य परिवारका अध्यक्ष कृष्ण अधिकारीको शब्द, शिखर सन्तोषको सङ्गीत तथा आनन्द कार्कीको गायन रहेको नेपाल-भारत भाइचारा सम्बन्धी एउटा गीत प्रोजेक्टर मार्फत प्रस्तुत गरिएको थियो।
कार्यक्रममा कलकत्ताका कवि डा.राधाकान्त सरकारलाई प्रशंसापत्र सहित सम्मान गरिएको थियो। डा.शिवानी दासले नेपाली-हिन्दी गीत, टुना मजुमदारबाट बंगाली गीत, नरहरि प्रेमीले नेपाली-हिन्दी गीत, सन्देश पौडेलले नेपाली गीत, अनिल श्रेष्ठ र संगीता बरूवालले देउडा गीत, सुभाष बन्धुपाध्यले बंगाली गीत गाएर सुनाउनु भयाे ।
त्यसरी नै कविहरू मणिमाला मल्लिक, शर्मिला सेन, गीतिकान्त मजुमदार, समरशंकर चट्टोपाध्य, आशिषकुमार कौर, गौरी सरकार, शिवशंकर बक्सीले आफ्नो भाषामा कविता वाचन गरेर सुनाउनु भएकाे थियाे भने नेपाली कविहरूका तर्फबाट भने रिता खत्रीले एउटा कविता वाचन गर्नु भयाे । कार्यक्रममा मेनुका लामाले आर्यतारा चर्याको सुन्दर नृत्य प्रस्तुत गर्नु भयाे । त्यसैगरी, असमकी शिखा थापाले पनि एउटा नेपाली गीतमा सुन्दर नृत्य प्रस्तुत गर्नु भयाे ।
डा.राधाकान्त सरकारले आफ्नो मन्तव्य राख्दै देश, भाषा, भेष फरक परे पनि हामी सबैको उद्देश्य, भावना एउटै भएको बताए। मन्तव्यका क्रममा उनले ‘नारी’ शीर्षकको एउटा कविता र अर्को एउटा अंग्रेजीमा लेखिएको कविता समेत वाचन गरेर सुनाउनु भयाे । नेपालीहरू ज्यादै सुन्दर र मिलनसार भएका र नेपाली भाषा ज्यादै मीठो छ भन्दै उहाँले नेपाली साहित्यकारहरूलाई कलकत्ता आउन निम्तो पनि दिनु भयाे ।
कार्यक्रममा प्रो.रजतकिशोर डे,नेपालकी पूर्व सांसद रेखा यादव,परराष्ट्रविद् नारायण मैनालीले शुभकामना मन्तव्य राखेका थिए। पूर्व सांसद रेखा यादवले पनि हिन्दीमा लेखेको आफ्नो एउटा कविता वाचन गरेर सुनाउनु भयाे । शुभकामना मन्तव्य नेपाली, अंग्रेजी, बंगाली र हिन्दी भाषामा राखिएको थियो।
कार्यक्रममा साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीले स्वागत मन्तव्य राख्दै बंगाली भाषा ज्यादै मीठो र मृदुल भएको बताउनु भयाे । जरा फाउन्डेसन, शान्ति साहित्य परिवार र साहित्यिक पत्रकार संघको स्थापना, उद्देश्य र योगदानको बारेमा संक्षेपमा प्रकाश पार्दै कलकत्ता र सिक्किमबाट आएका साहित्यकारहरू लगायत उपस्थित सबैप्रति हार्दिक स्वागत सहित धन्यवाद पनि दिनु भयाे ।
सङ्गीतकार तथा गायक प्रदीप बम्जनले रवीन्द्रनाथ टेगोरद्वारा रचित ‘एकला चलो’ कवितालाई गीत बनाएर गाएका थिए भने कार्यक्रमलाई सङ्गीतमय,आकर्षक र मन्त्रमुग्ध बनाउनु भयाे ।
कार्यक्रममा पाहुना साहित्यकारहरू तथा कविता वाचन गर्ने कविहरू र गायक कलाकारहरूलाई मायाको चिनो पनि प्रदान गरिएको थियो। अनि उपस्थित सबैलाई रुद्राक्षको माला लगाइदिएर स्वागत तथा सम्मान गरिएको थियो।
नक्सालस्थित FFWPU को केन्द्रीय कार्यालयमा भएको कार्यक्रममा शान्ति साहित्य परिवारका अध्यक्ष कृष्ण अधिकारीले धन्यवाद ज्ञापन गर्नु भएकाे कार्यक्रमको सहजीकरण तथा सञ्चालन कवि प्रज्वल अधिकारीले गर्नु भएकाे थियाे । शब्दपथ
०००
Subscribe
Login
0 Comments
Oldest







































