साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चिन्ता छ !!

अब छिट्टै जापानकै स्तरमा पुग्छ रे नि देश, अझै गरिबीको खाडलमा झार्ने हो कि, चिन्ता छ ! रगतै रगत चुस्ने उपियाँ उडुस जस्ता नेता भए, अब बोरामा खाँदेर वैतरणी तार्ने हो कि, चिन्ता छ !

Nepal Telecom ad

हाेमनाथ घिमिरे :

यो चुनावमा देश नै हार्ने हो कि; चिन्ता छ !
गधा पोसेर गाई मार्ने हो कि; चिन्ता छ !!

हेपिएको चेपिएकाे पनि कत्ति कुरा गर्नु र,
भोलि राजधानी नै सार्ने हो कि, चिन्ता छ !

विपन्न वर्गलाई नयाँ सरकारले हेर्छ रे अब ,
के थाहा नुन चिउराले टार्ने हो कि, चिन्ता छ !

भन्दैछन् मिचिएको साँध -सिमाना ठिक गर्छौँ अब,
कतै मेची काली नै बार्ने हो कि, चिन्ता छ !

अब छिट्टै जापानकै स्तरमा पुग्छ रे नि देश,
अझै गरिबीको खाडलमा झार्ने हो कि, चिन्ता छ !

रगतै रगत चुस्ने उपियाँ उडुस जस्ता नेता भए,
अब बोरामा खाँदेर वैतरणी तार्ने हो कि, चिन्ता छ !

०००
५ फागुन २०८२
चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हाँसो !

हाँसो !

हाेमनाथ घिमिरे
के के हुन्छ …

के के हुन्छ …

हाेमनाथ घिमिरे
चौसठ्ठी चिन्तन

चौसठ्ठी चिन्तन

हाेमनाथ घिमिरे
विश्वास !

विश्वास !

हाेमनाथ घिमिरे
लाग्दैछ यस्तो किन !

लाग्दैछ यस्तो किन !

हाेमनाथ घिमिरे
भोट के मा ?

भोट के मा ?

हाेमनाथ घिमिरे
छ बाँकी चिनारी र बाटो लजायो

छ बाँकी चिनारी र...

नदी भट्टराई
कतै चित् कतै पाेट् बनिस् क्या इमान

कतै चित् कतै पाेट्...

पुरूषाेत्तम सिग्देल
छोडी जानेको ठूलो गुन

छोडी जानेको ठूलो गुन

महेन्द्र उपाध्याय
जहर पनि पिउने रहर भएछ

जहर पनि पिउने रहर...

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x