साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बिरालाे

अस्ति खायो हिजाे पनि खायो किन भन्थ्याे याे पेट अघायाे दमाहा हाे कि भुँडी उचाली ढलक ढलक गरी फेरि आयो । घरबेटीकाे सुरी सुरीकाे धुन जब सुनेथ्याे बाँसुरीकाे लुसुक्क छिरेथ्याे म्याउँ गर्दै आज जमाउँछ चुरीफुरी त्यो

Nepal Telecom ad

लालबाबु पाेखरेल :

कहिले सेताे कहिले कालाे
बन्छ छिरबिरे एक बिरालो
चिम्लन्छ आँखा मुसाे देखी
उल्टाे उसैले मार्छ अँगालो

चाेटा काेठा सबै चहारी
दायाँ बायाँ दृष्टि लघारी
भान्सा छिर्ने मौका मिल्दा
जुँगा मुसार्दछ दुग्ध निखारी

अस्ति खायो हिजाे पनि खायो
किन भन्थ्याे याे पेट अघायाे
दमाहा हाे कि भुँडी उचाली
ढलक ढलक गरी फेरि आयो

दुध, दहीकाे वासना छायो
फेरि फर्की यही घर आयो
तिखा नङ्ग्रा र दाँत लुकाई
म्याउँ म्याउँकाे गीत बजायाे

घरबेटीकाे सुरी सुरीकाे
धुन जब सुनेथ्याे बाँसुरीकाे
लुसुक्क छिरेथ्याे म्याउँ गर्दै
आज जमाउँछ चुरीफुरी त्यो

दिइएकाे दाल-भात छाेडी
भर्छ भुँडी याे गाेरस चाेरी
माटो खाेस्री पुर्दछ आची
प्रमाण लुकाउँछ याे कसाेरी

मुसाहरूकाे पहराभित्र
त्यही ढाडे वीर कहलायाे
अचम्मको याे दाेस्ती देखी
घरबेटीमा हाेस पलायाे ।

०००
गौशाला नपा- ११, महाेत्तरी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
उत्पात भो

उत्पात भो

हेम अधिकारी
पुनर्जन्म

पुनर्जन्म

अनिता काेइराला
देशका नाममा

देशका नाममा

मणि लाेहनी
कहरमा कुम्ल्याउने रहर

कहरमा कुम्ल्याउने रहर

डा. बमबहादुर जिताली
0
Would love your thoughts, please comment.x
()
x