साइबर अपराध सम्बन्धी सचेतना सामग्री

खपेका छन् पीडा वृद्ध जनले

कहाँ पोखौँ पीडा न त सुनिदिने देश छ यहाँ । व्यथाले पिल्सेको न त बुझिदिने साथ छ यहाँ ।। दुखेको यो छाती चरचर भएको छ पिरले। खपेका छन् पीडा निशिदिन कठै! वृद्ध जनले।।

Nepal Telecom ad

जुनू घिमिरे :

हिँडे छोराछोरी घर पनि भयो शून्य विचरा।
न बोल्छन् भित्ता यी तर पनि उसैको छ पहरा।।
छुटे साथीसङ्गी मित हित बिगार्यो बगरले।
खपेका छन् पीडा निशिदिन कठै! वृद्ध जनले।।१

भयो लौरो साथी उठबस सहारा बनिदियो।
थियो ऊर्जा धेरै अब निज शरीरै नुहिदियो।।
डढेलो सल्के झैँ हुरुरुरु डढेको हृदयले
खपेका छन् पीडा निशिदिन कठै ! वृद्ध जनले।।२

थिए बाबा आमा घर पनि थियो मन्दिर सरी।
त्यहीँ हाँस्थेँ खेल्थेँ जबतक थिइन् साथ जननी।।
जवानी ढल्दै नै सब कुरा छुटायो समयले
खपेका छन् पीडा निशिदिन कठै! वृद्ध जनले।।३

सधैँ छोराछोरी परिजनहरू नै भनिरहेँ ।
तिनै छोराछोरी भुरुरुरु चरी झैँ उडिदिए।।
भएँ एक्लो यात्री कतिदिन रुने हो विरहले।।
खपेका छन् पीडा निशिदिन कठै! वृद्ध जनले।।४

कहाँ पोखौँ पीडा न त सुनिदिने देश छ यहाँ ।
व्यथाले पिल्सेको न त बुझिदिने साथ छ यहाँ ।।
दुखेको यो छाती चरचर भएको छ पिरले।
खपेका छन् पीडा निशिदिन कठै! वृद्ध जनले।।५

०००
धनकुटा, हाल दुवाकोट भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सफल वृद्ध बनौँ

सफल वृद्ध बनौँ

जुनू घिमिरे
मैले बा चिनेँ

मैले बा चिनेँ

जुनू घिमिरे
आमा

आमा

जुनू घिमिरे
बुढ्यौली गीत

बुढ्यौली गीत

जुनू घिमिरे
0
Would love your thoughts, please comment.x
()
x