साइबर अपराध सम्बन्धी सचेतना सामग्री

असारे भाका गाउँछन् पाका

असार लाग्दा किसान गर्छन् काम जो बेसरी । मुसुक्क हाँस्छन् मङ्सिर लाग्दा भरिँदा भकारी ।। सकेको काम गर्दछन् पाका मेलामा पुगेर । असारे भाका गाउँछन् पाका खेतमा झरेर ।।

Nepal Telecom ad

जुनू घिमिरे :

असार लाग्दा हलो र जुवा काँधमा बोकेर ।
किसान दाजु झर्दछन् बेँसी फुरुङ्ग परेर ।।
काँधमा भिर्छन् कोदालो अनि पटुकी कसेर ।
असारे भाका गाउँछन् पाका खेतमा झरेर ।।

हिलोमा गोरु नारेर हली अगाडि बढ्दछन् ।
लगाई आली रोपाइँ गर्न तयार पार्दछन् ।।
उखेल्छन् कोही हरियो बिउ टुसुक्क बसेर ।
असारे भाका गाउँछन् पाका खेतमा झरेर ।।

आकाशबाट बर्सिए पानी हाँस्दछन् रमाई ।
गर्दछन् काम किसानहरू खाई र नखाई ।।
रापिन्छ धेरै असारे घाम तैपनि भुलेर ।
असारे भाका गाउँछन् पाका खेतमा झरेर ।।

बाउसे अनि रोपारहरू हिलो मै डुब्दछन् ।
रोपेर मुट्ठी फल्दछ मानो विश्वास बोक्दछन् ।।
सुसेलीहरू गुन्जिछ मिठो स्वरमा मिलेर
असारे भाका गाउँछन् पाका खेतमा झरेर ।।

असार लाग्दा किसान गर्छन् काम जो बेसरी ।
मुसुक्क हाँस्छन् मङ्सिर लाग्दा भरिँदा भकारी ।।
सकेको काम गर्दछन् पाका मेलामा पुगेर ।
असारे भाका गाउँछन् पाका खेतमा झरेर ।।

०००
दुवाकोट, भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
डोको ल्याउनु है बा आमा

डोको ल्याउनु है बा...

भावना न्याैपाने
आधार ज्येष्ठको होस् !

आधार ज्येष्ठको होस् !

कविराज घिमिरे
आधार ज्येष्ठको होस् साथी बनोस् समाज

आधार ज्येष्ठको होस् साथी...

मुक्ति अस्तित्त्व
आधार ज्येष्ठको होस् साथी बनोस् समाज

आधार ज्येष्ठको होस् साथी...

जगदीश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x