साइबर अपराध सम्बन्धी सचेतना सामग्री

म कामी ब्राह्मण

कामी बनेर हतियारमा पाइन भरेँ मुस्कुराएर यसैले, दिनदिनै हतकडी बनाएर आरनको रापले भिजेको छु जीवनको बलियो उदेश्य साँचेर गणतन्त्रका कामीहरू सम्झिन्छु

Nepal Telecom ad

भीम गौतम :

हिजोआज म अल्लि घोरिएर साेच्दै छु
म ब्राह्मण बाहुन
कामी बन्न रूचाएँ
आरन बनाएँ
फलाम किनेर ल्याएँ
आरनको फलाम पगाल्ने रापमा
पसिनाले रूझेर फलाम पिट्दै छु
लागिपरेर
मैले जीवनको बलियो पाटो रोजेँ
अक्सर,
समाजलाई डस्ने बिगार्ने
किरा मार्न हतियारनै जरूरी देखेँ
अँध्यारो गुफा, भुमरी चिर्न
शक्तिको बल प्रयोग हुन्छ
र त,
म पसिना तुषारो
सहजै स्विकार गर्न थालेँ
धेरै मज्जा आनन्द
प्रतिद्वन्द्वी बन्न हतियार बनाएर
यसर्थ,
कामी र आरनको मज्जा बेग्लै बुझेँ
मान्छे, धैर्य गर
पर्खनुको स्वाद धारिलो हुन्छ
आत्मसम्मान गौरव
देश दुनियाँ
अगेना चौका चोकसम्म
मान्छे अब बुझ,
हतियार शान्तिकै प्रतीक हो
क्रान्तिको जन्मभूमि उही शान्ति
अँध्यारो घचेट्न सके
उज्यालो बोल्दछ
जसले जीवनकै प्रतिनिधित्व गर्छ
यसर्थ,
आजभोलि म आरनमै व्यस्त छु
हतियारमा पाइन् झिक्दै कामी बन्दैछु
ओ मान्छे कामी बन,
बगरको ढुङ्गो देउता बन्यो
फलाम चुटेर फलामे आस्था जम्यो
अनि त,
तिम्रो छोरो फूल लिएर ढोग्न पुग्छ
त्यसैले ऊ ज्युँदो कामी बन्न पुग्यो
कमिनी बन,
उसले निफनेका मसिना चामलले
तेरो गफी पेट पुष्टिन्छ
हेर त मान्छे, विश्व इतिहास
युरोप, अमेरिका, अफ्रिका, नेपाल हुँदै
सारा दुनिया
वर्चस्व सान कामीहरूकै
हतियार रोज्ने बनाउनेनै कामी
स्वतन्त्रता गणतन्त्रका माता पिता
त्यसैले उनीहरू सिद्धान्तकार बने
जस्ले,
सिद्धान्त स्वतन्त्रता र गणतन्त्र बुझ्दछ
ऊ कामी हो न्याय र आविस्कार
अनि युवा,
दिप दियो ज्याेति
युवा जरक्क उठ
कामी बन्न सके पुजिन्छ
सबैले पुज्ने देउता जन्मिन्छ
अनि त,
ठगिखाने भाले कालुका
कामीले बनाएको हतकडी
ठेल्लै ठेल्दै गोलघर
कामीले बनाएको हतकडी नाडीको घडी
यसैले,
म ब्राह्मणले आरन बनाएँ
कामी बनेर
हतियारमा पाइन भरेँ मुस्कुराएर
यसैले,
दिनदिनै हतकडी बनाएर
आरनको रापले भिजेको छु
जीवनको बलियो उदेश्य साँचेर
गणतन्त्रका कामीहरू सम्झिन्छु
लोकतन्त्र हुर्काउन
सबै कामी बन्नुपर्छ
जय जय होस् कामीको
जय भनेँ म कामी ब्राह्मणले ।

०००
चितवन, भरतपुर
२०८३/०३/१० बुधवार

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
ल्वाँठहरूले

ल्वाँठहरूले

भीम गाैतम
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
घैँटे शासक

घैँटे शासक

भीम गाैतम
आमा

आमा

भीम गाैतम
सुशासन र जुत्ता

सुशासन र जुत्ता

हरि कोर्काली
हाँसो !

हाँसो !

हाेमनाथ घिमिरे
बोको

बोको

डा. विप्लव ढकाल
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
मुखौटा

मुखौटा

इन्द्रकुमार श्रेष्ठ ‘सरित’
0
Would love your thoughts, please comment.x
()
x