साइबर अपराध सम्बन्धी सचेतना सामग्री

घैँटे शासक

ताक्ने र हाँक्ने वसुधाकै शब्द सान काफि छ यसर्थ भोकको स्मृतिमा मौनधारणाको सम्मान साथ ज्यानकाे गर्जन बोक्दै भोको पेटको चुनौतीमा वसुधाले बन्दुक बाेक्दै छे ।

Nepal Telecom ad

भीम गौतम :

ओ शासक
तिमीले मेरो भोकले जन्माएको
खालि पेट बुझेनौ
मेरा पाउ चर्चरी चिरिएका छन्
मेरो पसिना निचरिँदै निचरिँदै
ठगिएर चोरी भएको छ
मेरो तग्दिर लुटिएरनै
तिमी आलिसान भएर चुलियौ
र त चुनौती जन्मियो ।
ओ शासक,
यहि फरक छ
तिमी र मबीचमा
तिम्रो शासनमा
नि:शस्त्र
भुँमान्छेहरूको कुनै मूल्य हुँदैन
उनीहरू त उत्पीडन
घात प्रतिघात र
तिम्रा निर्लज्ज गोलीले छेडिँदै
भोकसँगै मर्छन्
तिम्रो दुष्ट्याईंको मनुवाद
नालायक इतिहासका रछ्यानमा
उदियमान सन्ततिहरूले लत्याउँदै
थु गरेर थुकेर फाल्नेछन् ।
एक से एक
ताक्ने र हाँक्ने
वसुधाकै शब्द सान काफि छ
यसर्थ
भोकको स्मृतिमा
मौनधारणाको सम्मान साथ
ज्यानकाे गर्जन बोक्दै
भोको पेटको चुनौतीमा
वसुधाले बन्दुक बाेक्दै छे ।

०००
भरतपुर चितवन
२०८२/०२/२९

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
ल्वाँठहरूले

ल्वाँठहरूले

भीम गाैतम
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
आमा

आमा

भीम गाैतम
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x