साइबर अपराध सम्बन्धी सचेतना सामग्री

घायल बस्ती

अनि ठगीका रंगहरू एनसेल फर्जी बिल र तिनकरोड नेपालीमाथि अनगिन्ती जालझेल भ्रष्टाचार सहित वाइडबडी घोटाला ।

Nepal Telecom ad

भीम गौतम :

हल्लै हल्लाले
चेतना हराएको
कानका जाली छेद पर्ने
स्वाठहरूको रंगहीन तालीले
भोकको पीडाले
खाली भएको
ठूलो आन्द्रो
चस्की रहेछ ।

विरक्ति घायल बस्तीमा
पहेला ङिच्च दाँतमाथि
छाडा राजनीति दुष्टले
रमाइलो गर्दै,
ठगी मञ्चबाट उद्घोषण
गास, वास र कपास ।

हिरामोती जन्माउने
किसान मजदुरलाई
किरा सम्झने,
जालीहरूको धड्कनलाई
खबरदार बोल्दै,
भोक, रोग र शोकको लागि
सङ्घर्ष गर्न
हल्लाउ न्यायका अग्ला ढोकाहरू,
खोज लुटेराहरूले लुटेका
बैंकको मौज्दात
अरबौँ धनसम्पत्ति,
सुनका असर्फी र
हिरामोतीका लकरहरू ।

सोध,
क्विन्टल क्विन्टल
सुनको कालो व्यापार
सम्झिँदै जाउ ।
कलिली बाल
निर्मलाको न्याय लुकाउने
दुष्ट न्यायालय र न्यायमूर्तिमाथि
अनि
ठगीका रंगहरू
एनसेल फर्जी बिल र
तिनकरोड नेपालीमाथि
अनगिन्ती जालझेल
भ्रष्टाचार सहित
वाइडबडी घोटाला ।

०००
चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
ल्वाँठहरूले

ल्वाँठहरूले

भीम गाैतम
घैँटे शासक

घैँटे शासक

भीम गाैतम
आमा

आमा

भीम गाैतम
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x