सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

आमा

आमाका विचार बढे शिखरमा, प्रतापि भै मार्गमा भाग्य जित्यो बोलाई आमा जगत, संसारको मन्चमा आमाको विजय शुभम् शुभ हृदयको गुन्जमा ।

Nepal Telecom ad

भीम गौतम :

आमाका भावना बने दिप सरि, सृजनाका मुहान
आमाकै काखमा जमे सृष्टि बनि, बाल मनका दिवाना
आमाको चित्र मनमुटु भुवनका, सौजन्यका दिवार
आमाकै चेहेडा थाकी पीडा हुदा, रून्छन् हाम्रा हियार ।१।

आमा हुन सूर्यपालकी धर्मशिला, उनै आमा सलिना
आमाको ममता शिखर छुन हुने, भाग्य दिने दर्शना
आमाकै महिमा खोजेर को सकला, यो धर्ति भुवनमा
लेख्दैछ कलमले सके जति बरू, मेरि आमा महिमा ।२।

आमा भाव मेरो मन्दिर सुवासिनी, जगतकी दर्शन
काव्य सागर हौ मेरो कखराकी, सरस्वति लक्षण
आमानै सत्य त्रिभूवन लोककी, जगतमाता सृष्टि नि
आमानै मेरो महान् मनरूपा, विद्या विधान लम्किनि ।३।

आमाकै काँधमा चढे यी बालबटु, शृङ्गार संसारमा
आमाका विचार बढे शिखरमा, प्रतापि भै मार्गमा
भाग्य जित्यो बोलाई आमा जगत, संसारको मन्चमा
आमाको विजय शुभम् शुभ हृदयको गुन्जमा ।४।

०००
चितवन, भरतपुर
२०७५/०३/३१

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
फुर्के शहर

फुर्के शहर

भीम गाैतम
कुनियत

कुनियत

भीम गाैतम
जा जा जा

जा जा जा

भीम गाैतम
म जान्न वृद्धाश्रम

म जान्न वृद्धाश्रम

देवीप्रसाद मिश्र
आमा

आमा

फित्काैली डटकम
बाबुआमा (काव्यांश- ३०)

बाबुआमा (काव्यांश- ३०)

दीनानाथ पाेखरेल
वृद्धका जिन्दगानी

वृद्धका जिन्दगानी

इन्दिरा प्रयास
वृद्ध चिन्तन

वृद्ध चिन्तन

कविराज घिमिरे
0
Would love your thoughts, please comment.x
()
x