साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आमा

आमाका विचार बढे शिखरमा, प्रतापि भै मार्गमा भाग्य जित्यो बोलाई आमा जगत, संसारको मन्चमा आमाको विजय शुभम् शुभ हृदयको गुन्जमा ।

Nepal Telecom ad

भीम गौतम :

आमाका भावना बने दिप सरि, सृजनाका मुहान
आमाकै काखमा जमे सृष्टि बनि, बाल मनका दिवाना
आमाको चित्र मनमुटु भुवनका, सौजन्यका दिवार
आमाकै चेहेडा थाकी पीडा हुदा, रून्छन् हाम्रा हियार ।१।

आमा हुन सूर्यपालकी धर्मशिला, उनै आमा सलिना
आमाको ममता शिखर छुन हुने, भाग्य दिने दर्शना
आमाकै महिमा खोजेर को सकला, यो धर्ति भुवनमा
लेख्दैछ कलमले सके जति बरू, मेरि आमा महिमा ।२।

आमा भाव मेरो मन्दिर सुवासिनी, जगतकी दर्शन
काव्य सागर हौ मेरो कखराकी, सरस्वति लक्षण
आमानै सत्य त्रिभूवन लोककी, जगतमाता सृष्टि नि
आमानै मेरो महान् मनरूपा, विद्या विधान लम्किनि ।३।

आमाकै काँधमा चढे यी बालबटु, शृङ्गार संसारमा
आमाका विचार बढे शिखरमा, प्रतापि भै मार्गमा
भाग्य जित्यो बोलाई आमा जगत, संसारको मन्चमा
आमाको विजय शुभम् शुभ हृदयको गुन्जमा ।४।

०००
चितवन, भरतपुर
२०७५/०३/३१

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
ल्वाँठहरूले

ल्वाँठहरूले

भीम गाैतम
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
घैँटे शासक

घैँटे शासक

भीम गाैतम
0
Would love your thoughts, please comment.x
()
x