रमेश समर्थनतीन ठाेक्तक
बडाे श्राेतालाई सिकार ठानेर ठहरै पार्छु भन्थ्याे ओसिएकाे बारुदकाे बन्दुकझैं ठ्यास्सै कवि ।

रमेश समर्थन :
१.
एक छिन एकान्तमा कुर्छ कवि
बल्लतल्ल कनिकुथि फुर्छ कवि
तर जब सुनाउँछ मञ्चमा कविता
श्राेता भन्छन्, ह्या कस्ताे झुर छ कवि ।
२.
सारा दुस्मनी बिर्साइदिने मदिरालय हाे शाैचालय
दिव्य ज्याेति जलाइदिने साधनालय हाे शाैचालय
अन्य कार्यकारणबाट त्राण दिई एउटै काम गराउने
मानवका निम्ति दुःखकाे परित्राणालय हाे शाैचालय ।
३.
उता ताेड्याे, यता जाेड्याे झ्यास्सै कवि
मञ्चमा उभिएर बाेल्न खाेज्याे फ्यास्सै कवि
बडाे श्राेतालाई सिकार ठानेर ठहरै पार्छु भन्थ्याे
ओसिएकाे बारुदकाे बन्दुकझैं ठ्यास्सै कवि ।
०००
रूपन्देही
Subscribe
Login
0 Comments
Oldest






































