साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हास्यव्यङ्ग्य निबन्ध पढ्दा साँच्चै मजा आउने रहेछ

सङ्ग्रहका हरेक निबन्धको विषयवस्तु सामाजिक, शैक्षिक, राजनीतिक, आर्थिक, धार्मिक र सांस्कृतिक रहेको छ । मुख्य गरी लेखकले सामाजिक र राजनीतिक विषयवस्तुलाइ निबन्धकाे केन्द्रमा राखेका छन् ।

Nepal Telecom ad

अनुश्री आचार्य :

फित्काैली अनलाइन मिडियाद्वारा प्रकाशित राजेन्द्र कार्कीकाे खाइराइड कृति काठमाडाैं स्थित डियरवाक सिफल स्कुलले अतिरिक्त पाठ्यक्रममा समावेश गरी कक्षा ९, १०, ११ र १२ मा पठनपाठन गराएकाे थियाे । यस शैक्षिक सत्रमा २ सय जना छात्रछात्राले याे हास्यव्यङ्ग्य कृतिकाे व्यवस्थित अध्ययन गरेका छन् । उनीहरूले याे कृति पढ्दा के कस्ताे अनुभूति गरे ? फित्काैलीलाई प्राप्त भएका ती लिपिबद्ध अनुभूतिहरू समीक्षात्मक टिप्पणीका रूपमा क्रमश: फित्काैलीमा प्रविष्ट गरिरहेका छाैँ । – सम्पादक

म डियरवाक सिफल स्कुलमा अध्ययनरत एक छात्रा । म कक्षा ४ देखि यस विद्यालयमा अध्ययनरत छु । यस विद्यालयले हरेक महिना हामी सबैलाई दुई पुस्तक एक नेपाली र एक अङ्ग्रेजी पुस्तक दिने गर्छ । त्यसअनुसार मैले १२० पुस्तक पढिसकेकी छु । तिनीहरूमध्ये ६० पुस्तक नेपाली रहेका छन् । यो प्रथम पटक थियो मैले हास्यव्यङ्ग्य निबन्धकाे किताब पढेको ।

कक्षा ९ मा आएर श्रावण महिनामा मैले पढ्ने अवसर पाएँ राजेन्द्र कार्कीद्वारा रचित यो हास्यव्यङ्ग्य निबन्धसङ्ग्रह ‘खाइराइड’ । मैले पढ्ने अवसर पाएकाे यस पुस्तक दोस्रो संस्करण थियाे ।

भोजपुरको दावामा जन्मेका कार्की अहिले क्यानडाको भ्यानकुभरमा बस्दै आएका छन् । परदेशमा बसेर पनि नेपाली साहित्यलाइ यसरी माया गर्ने राजेन्द्र कार्की एक अत्यन्तै सुन्दर लेखक रहेछन् । हास्य कसरी हुन्छ त ? हास्य तब हुन्छ जब कुनै किसिमको अस्वाभाविक क्रियाकलाप हुन्छ । व्यङ्ग्य भनेको घुमाउरो पाराले कुनै कुरालाई भन्नु हो । साहित्यको नवरसमध्ये एक रस हो हास्य रस । हास्यव्यङ्ग्यको उद्देश्य हो परिवर्तन र सुधारको चाहना ।

साहित्य विभिन्न विधामा सिर्जना गरिन्छ । कथा, कविता, मुक्तक, नाटक, उपन्यास सबै मैले देखेकी थिएँ तर प्रथम पटक थियो, मैले हास्यव्यङ्ग्य निबन्ध पढ्ने अवसर पाएकी थिएँ । त्यही भएर होला मेरो मनमा सन्देह उत्पन्न भएको थियो । “हास्य व्यङ्ग्य निबन्ध कस्तो होला ? कहिले पनि नपढेको यो मलाई मन परेन भने म के गर्नु ?” यस्तै कुराले मेरो मुटु भरिएको थियो ।

साँच्चै भन्ने हो भने मैले सायद यो किताब पढ्ने थिइनँ होला यदि मलाई हाम्रो शिक्षकले पढ्न कर गर्नु नभएको भए । उहाँको करले गर्दा मैले यो किताब पढेँ तर मलाई कुनै अफसोस लागेकाे छैन । म हाम्रो शिक्षकप्रति कृतज्ञ छु किनभने उहाँ नहुनु भएको भए मैले ‘खाइराइड’ जस्तो सुन्दर कृति पढ्ने अवसर पाउने थिइनँ ।

साँच्चैभन्दा मैले यो पुस्तक दुई चोटि पढेँ । प्रथम पटक पढ्दा मैले अलि हतारमा पढेकी थिएँ । त्यसैले होला मैले पहिला नै सबै कुरा बुझिनँ र त्यस्तो रमाइलो पनि लागेन । हास्यव्यङ्ग्यमा मैले हास्य नभेटेर व्यङ्ग्य मात्र भेटेकी थिएँ तर सबैमा होइन । मैले कुनैमा हास्य पनि भेटेँ । मैले पछि फेरि यो पुस्तक पढेँ किनभने मलाई लागेको थियो कि मैले यो पुस्तकलाई हतारमा पढेर राम्ररी पढेकी थिइनँ र न्याय गरेकी थिइनँ ।

अहिले मलाइ लागेकाे छ म धेरै खुसी छु । मैले फेरि पढ्दा विभिन्न कुराहरूमा मेरो ध्यान गयो जसले हास्यव्यङ्ग्य विधिले लेखनका सबै विधालाई सुन्दर बनाउने रहेछ । ती सब कुराहरू भाषिक शिल्प भित्र पर्ने रहेछन् । पहिलो थियो अनुप्रासको प्रयोग । यस निबन्ध सङ्ग्रहभित्र ३१ ओटा छोटा छोटा निबन्धहरू छन् र हरेकमा अनुप्रासको भरमार प्रयोग देखिन्छ ।

केही उदाहरण:
बेकामीहरु काम गर्दैनन्, तर काम गर्नेलाई कामी भन्छन् । – कामी (पृष्ठ – २६)
यो पङ्क्ति यस निबन्ध सङ्ग्रह भित्रको छैटौं निबन्ध ‘कामी’ काे हो । कामीको प्रथम वाक्य नै यही हो । यसरी नै अरु निबन्धहरूमा पनि थुप्रै अनुप्रासहरूकाे प्रयाेग गरिएकाे छ । जसले हरेक निबन्धमा उनको लेखनलाई एकदमै सुन्दर पारेको छ ।

लेखकले निबन्धहरूमा थुप्रै द्वित्व शब्दहरूको पनि प्रयोग गरेका छन् । उखान टुक्का, बिम्ब र प्रतीक, अनुकरणात्मक शब्द, नेपाली ठेट शब्दहरुको पनि प्रयोग भएको छ । साथै, लेखकले आफूलाई नराम्रो पनि देखेका छन् तर त्यसले हास्यभाव मात्र बढाएको छ ।

सङ्ग्रहका हरेक निबन्धको विषयवस्तु सामाजिक, शैक्षिक, राजनीतिक, आर्थिक, धार्मिक र सांस्कृतिक रहेको छ । मुख्य गरी लेखकले सामाजिक र राजनीतिक विषयवस्तुलाइ निबन्धकाे केन्द्रमा राखेका छन् । सामाजिक विषयवस्तुमा लेखिएको एकदमै सुन्दर निबन्ध रहेको छ ‘त्यो नेपाली होइन’। नेपालीहरुको बानी व्यहोरालाई तस्विर खिचेझैं प्रस्तुत गरिएको छ । हरेक कुरा जुन लेखकले वर्णन गरेका छन्, ती सबै गुण नेपालीमा पाइन्छ नै र लेखकले जसरी त्यो निबन्ध लेखे । रमाइलाे भाषिक शिल्पको प्रयोग गरेर रचना गरिएकाे हास्यव्यङ्ग्य निबन्ध पढ्दा साँच्चै मजा अाउने रहेछ भन्ने कुराकाे प्रथम अनुभूति मलाई भएकाे छ ।

एउटा निबन्धमा त लेखकले स्वस्थानीको ढाँचा प्रयोग गरेका छन् जसले यस निबन्धलाई साँचै मनोरञ्जनात्मक बनाएको छ। श्रीस्कन्द पुराणे नेपाली पहिचान महात्म्य, नेपाल खण्डे “त्यो नेपाली होइन” अध्याय समाप्तम् । – त्यो नेपाली होइन (पृष्ठ – ५६ )

निबन्धकाे अन्तिममा लेखकले राखेको श्रीस्कन्द पुराणे… पढेर मलाई साँचै रमाइलो लागेको थियो । हरेक वर्ष हजुरआमाले स्वस्थानी पढ्न लगाइसेको याद आयो मलाइ । लयमा पढ्नु पर्ने भनेर गाली खाएको तर ठट्टाले भरिएका ती पल सम्झेर मेरो मन एउटा न्यानो अनुभवले भरिएको थियो र अन्त्यमा जुन “श्रीस्कन्द” शब्द देखेपछि मनमा आनन्द आयाे । त्यो सब पल सम्झेर मलाई रमाइलो लागेको थियो ।

मलाई अर्को राम्रो लागेको निबन्ध भनेको भाग्दाभाग्दै थियो । हरेक मानिसको अवस्था त्यस निबन्धमा वर्णित छ। व्यङ्ग्यको प्रयोग पनि लेखकले सही ठाउँमा र ठिक समयमा गरेका छन् । हरेक निबन्धमा व्यङ्ग्य छ र ती व्यङ्ग्यहरू पनि सार्है रमाइला छन् । जुन सन्दर्भमा लेखेका हुन् त्यसको इतिहासको बारेम्मा पनि लेखकले लेखेका छन् ।

अन्त्यमा, ‘खाइराइड’ एउटा सुन्दर हास्य व्यङ्ग्य निबन्ध सङ्ग्रह रहेको छ । हरेक निबन्धहरुको विषयवस्तु अत्यन्तै सुन्दर छन् र व्यङ्ग्यका घाेचपेचले पनि पनि उत्तिकै रमाइला छन् । साहित्यका अरु विधा भन्दा छुट्टै विधा पढ्न इच्छा हुनेहरूले ‘खाइराइड’ पढ्दा गजबकै अनुभूति गर्न पाउने छन् । यसमा शंकै नगरे हुन्छ ।

०००
कक्षा- ९ ‘सैपाल’
डियरवाक सिफल स्कुल, काठमाडाैं

Subscribe
Notify of
guest

2 Comments
Oldest
Newest Most Voted
Nirmala
Nirmala
1 year ago

धेरै राम्रो समालोचना नानी ! व्यङ्ग्य आफैँमा बुझ्न कठिन विधा हो त्यसलाई बुझेर यति मिठो समालोचना गर्नु भनेको निक्कै क्षमता हुनु हो । शुभकामना नानी अनुश्री र लेखक दुवैलाई !

कृष्णदेव
कृष्णदेव
1 year ago

सटीक समीक्षा । बधाई छ अनु!

Nepal Telecom ad
विद्यार्थी जीवन

विद्यार्थी जीवन

अनुश्री आचार्य
सुव्यवस्था

सुव्यवस्था

सुरेशकुमार पाण्डे
नेताको व्यथा

नेताको व्यथा

रामकुमार पाँडे
अज्ञानताको विज्ञान

अज्ञानताको विज्ञान

शिवप्रसाद जैशी
जङ्गली समाज !!

जङ्गली समाज !!

कलानिधि दाहाल
2
0
Would love your thoughts, please comment.x
()
x