साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सानो शहरमा ठूलो मानिस

आफूलाई आफ्नै दाइभन्दा जेठो मान्ने प्रवृत्तिमाथि प्रश्न गर अरूलाई धुलो आफूलाई ठूलो ठान्ने प्रवृत्तिमाथि प्रश्न गर नहेरी हिँड्दा बाटोमा ठेस लाग्यो भन्दैमा आफ्नै धरातलमा लात हान्ने प्रवृत्तिमाथि प्रश्न गर ।

Nepal Telecom ad

युवराज भण्डारी :

पृथिवीभन्दा कैयौं गुना विशाल
यो ब्रह्माण्डमा
एउटा सानो देशको यति सानो शहरमा
तिमी यति ठूलो मानिस !

आफूलाई
तिमी यति ठुलो सम्झिन्छौ
आकारअनुसार
ठूलो जिम्मेवारी पनि त होला तिम्रो-
आफ्नो देशको कान्तिको निम्ति ?
यो संसारको शान्तिको निम्ति ?
कि अभिभाराको भारी
अरूले मात्र बोक्नु पर्छ भन्छौ ?
आफ्ना गुनासा तिमी यति धेरै गुणा गर्छौं
तिम्रो खुशी दुनियाँले घटाएको छ भन्छौ
आफूलाई एक्लो बृहस्पति ठान्छौ
बाँकी सबै कंसको जमात देख्छौ
तिमी केही दिन एकान्तमा गएर बस
एक्लै घरभित्र गजबार लगाएर बस
त्यसपछि त तिमीभित्र हर्षको बर्सात नै हुनुपर्छ
तिमीलाई शान्तिको पूरै गोलार्द्ध नै मिल्नुपर्छ ।

यदि एक्लै बस्दा पनि तिमी
तिमीलाई भेट्न सक्दैनौ भने
पानीमा हिँड्दा पनि तिमी
पाइला मेट्न सक्दैनौ भने
तिम्रो दायाँ हात बायाँसँग लडिरहेको छ भने
तिम्रो बायाँ आँखा दायाँलाई छेडिरहेको छ भने
आफूलाई आफ्नै दाइभन्दा
जेठो मान्ने प्रवृत्तिमाथि प्रश्न गर
अरूलाई धुलो
आफूलाई ठूलो ठान्ने प्रवृत्तिमाथि प्रश्न गर
नहेरी हिँड्दा बाटोमा ठेस लाग्यो भन्दैमा
आफ्नै धरातलमा
लात हान्ने प्रवृत्तिमाथि प्रश्न गर ।

०००
अर्काे कर्नाली (२०८०)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
म को हुँ ?

म को हुँ ?

युवराज भण्डारी
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
पागल हाँसो

पागल हाँसो

युवराज भण्डारी
झोलेहरू त थाक्दैनन्…

झोलेहरू त थाक्दैनन्…

युवराज भण्डारी
राजनीतिको रङ

राजनीतिको रङ

युवराज भण्डारी
कसैले भनेर हुँदैन

कसैले भनेर हुँदैन

युवराज भण्डारी
कालो भयो उर्वरा

कालो भयो उर्वरा

माधव पोखरेल गोज्याङ्ग्रे
सल्लाह दिने सयौँ यहाँ, साथ दिने कोही छैन

सल्लाह दिने सयौँ यहाँ,...

लक्ष्मण नेवटिया
भर्चुअल बाढी

भर्चुअल बाढी

नन्दलाल आचार्य
सिंहदरबारको ढोका

सिंहदरबारको ढोका

लक्ष्मी रिजाल
म प्राज्ञ

म प्राज्ञ

बिन्दु दहाल ‘मूकदर्शक’
धोती समा बाउरे

धोती समा बाउरे

बालकृष्ण खनाल
0
Would love your thoughts, please comment.x
()
x