युवराज भण्डारीपागल हाँसो
आफ्नै पाइला भारी हुँदा डगमगाउँछ सन्तुलनको डिलबाट ऊ खस्छ आफ्नै दिलबाट र रुन्छ हाँस्दाहाँस्दै हाँस्छ रुँदारुँदै एक पागल हाँसो !

युवराज भण्डारी :
मनको बर्सातमा भिज्दै
सम्झनाको असिनाले चुटिँदै
ऊ हिँड्छ सुनसान सडकमा
र
लड्खडाउँदै
बजारिन्छ आफ्नै छायाँमाथि
अनि हाँस्छ खित्खित
आफ्नै मायामाथि
एक पागल हाँसो !
नशामा लर्बराउँदै
खोज्दै हिंड्छ त्यो पहिलो जूनको गाउँ
टुटेका सुर जोड्दै
गाउँदै हिँड्छ त्यो पहिलो धुनको नाउँ
आफ्नै पाइला भारी हुँदा
डगमगाउँछ सन्तुलनको डिलबाट
ऊ खस्छ आफ्नै दिलबाट
र
रुन्छ हाँस्दाहाँस्दै
हाँस्छ रुँदारुँदै
एक पागल हाँसो !
०००
तनहूँ, हाल : क्यानडा
अर्काे कर्नाली (२०८०)
Subscribe
Login
0 Comments
Oldest







































