साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पागल हाँसो

आफ्नै पाइला भारी हुँदा डगमगाउँछ सन्तुलनको डिलबाट ऊ खस्छ आफ्नै दिलबाट र रुन्छ हाँस्दाहाँस्दै हाँस्छ रुँदारुँदै एक पागल हाँसो !

Nepal Telecom ad

युवराज भण्डारी :

मनको बर्सातमा भिज्दै
सम्झनाको असिनाले चुटिँदै
ऊ हिँड्छ सुनसान सडकमा
र
लड्खडाउँदै
बजारिन्छ आफ्नै छायाँमाथि
अनि हाँस्छ खित्खित
आफ्नै मायामाथि
एक पागल हाँसो !

नशामा लर्बराउँदै
खोज्दै हिंड्छ त्यो पहिलो जूनको गाउँ
टुटेका सुर जोड्दै
गाउँदै हिँड्छ त्यो पहिलो धुनको नाउँ
आफ्नै पाइला भारी हुँदा
डगमगाउँछ सन्तुलनको डिलबाट
ऊ खस्छ आफ्नै दिलबाट
र
रुन्छ हाँस्दाहाँस्दै
हाँस्छ रुँदारुँदै
एक पागल हाँसो !

०००
तनहूँ, हाल : क्यानडा
अर्काे कर्नाली (२०८०)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
म को हुँ ?

म को हुँ ?

युवराज भण्डारी
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
झोलेहरू त थाक्दैनन्…

झोलेहरू त थाक्दैनन्…

युवराज भण्डारी
राजनीतिको रङ

राजनीतिको रङ

युवराज भण्डारी
कसैले भनेर हुँदैन

कसैले भनेर हुँदैन

युवराज भण्डारी
आँसुको कर्नाली

आँसुको कर्नाली

युवराज भण्डारी
पशुको पुकार

पशुको पुकार

उत्तम विचार
जीवनको रचना

जीवनको रचना

डा. अमर गिरी
मतिका बुटुना

मतिका बुटुना

ओम आचार्य
चोरमाथि चण्डाल

चोरमाथि चण्डाल

सुभाषचन्द्र देवकाेटा
0
Would love your thoughts, please comment.x
()
x