साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चाहियो जङ्गबहादुर

कसैले नगरोस् धेरै उसका सामु फुर्फुर चाहियाे देशका लागि नयाँ जङ्‌गबहादुर । देशमा चर्दछन् साँढे चर्दछन् महिषासुर यस्ता दुष्टहरू डाम्न आओस् जङ्‌गबहादुर ।।

Nepal Telecom ad

हाेम सुवेदी :

यता भ्रष्ट उता भ्रष्ट भ्रष्टको बिग्बिगी भयो
देशको जे थियो साख डुब्दै पातालमा गयो ।।

पाङ्दुरे दुष्टको देखे जनताहरूले सुर
त्यसैले जनता खोज्छन् नयाँ जङ्गबहादुर ।।

भएका छन् सबै हाम्रा जनता रिसले चुर
चाहियाे देशका लागि नयाँ जङ्‌गबहादुर ।

भ्रष्ट, चम्चे तथा झ‍ोले कामून् देखेर थुर्थुर
चाहियाे देशका लागि नयाँ जङ्‌गबहादुर ।

चम्चे झोले धतङ्‌गाले ठानून् हो नरकासुर
चाहियाे देशका लागि नयाँ जङ्‌गबहादुर ।

बनाओस् देश याे हाम्राे निजले अमरापुर
चाहियाे देशका लागि नयाँ जङ्‌गबहादुर ।

डनमा डनको राजा मुतोस् देखेर तुर्तुर
चाहियाे देशका लागि नयाँ जङ्‌गबहादुर ।

कसैले नगरोस् धेरै उसका सामु फुर्फुर
चाहियाे देशका लागि नयाँ जङ्‌गबहादुर ।

देशमा चर्दछन् साँढे चर्दछन् महिषासुर
यस्ता दुष्टहरू डाम्न आओस् जङ्‌गबहादुर ।।

०००
भद्रपुर, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आइमाई

आइमाई

डा. दामाेदर पुडासैनी किशाेर
बोल्न नहुने के रोग लाग्यो कुनि ?

बोल्न नहुने के रोग...

बालकृष्ण खनाल
नयाँ आगो

नयाँ आगो

वासुदेव अधिकारी
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
उमेर भनेकै यस्तै हो

उमेर भनेकै यस्तै हो

अनिल कोइराला
0
Would love your thoughts, please comment.x
()
x