साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कुइरोभित्रको ब्वाँसो र मङ्गलपुर जङ्गलको महासर्कस

ब्वाँसो बुढो भए पनि उसले घाँस खाँदैन, सिकार गर्न बिर्सिँदैन !" यो सुनेर साना मुसाहरू खुसीले उफ्रिनेछन् र चमेरोहरू फेरि हजुरकै पखेटाको छहारी खोज्न आउनेछन्।

Nepal Telecom ad

नन्दलाल आचार्य :

​आदरणीय जङ्गलका सर्वेसर्वा,
५५ इन्चको छातीभित्र संसद्को मुढा लुकाएर बस्नुभएका
महा-महिम खड्ग-सिंहे ब्वाँसोज्यू,

​भोटको भिक्षा माग्दा सिंह जस्तै गर्जने तर ओढारको कुर्सीमा पुगेपछि कुइरोभित्रको ब्वाँसो जस्तै हराउने हजुरको दिव्य चरित्रलाई टाढैबाट नियालेर यो भोजपत्रको पानामा नङ्ग्राले कोर्दै छु । अचेल हजुरलाई मान्छेको बस्तीतिर ‘नेपी गोली’ भनेर पनि चिन्न थालेका छन् रे, तर म त जङ्गलको रैथाने वासी, त्यसैले हजुरलाई आफ्नै मौलिक नाम ‘खड्ग-सिंहे ब्वाँसो’ भन्नै बढी रुचाउँछु । यो मंगलपुर जङ्गलको संसद् अचेल मानिसहरूको कंक्रिटको महल भन्दा कम छैन । त्यहाँ मानिसहरू ‘तँ कुकुर, म बिरालो’ भन्दै भुक्छन्, यहाँ हाम्रा जङ्गलका माननीयहरू ‘तँ स्याल, म गिद्ध’ भन्दै मञ्चै भत्काउन खोज्छन्। फरक केही छैन महाराज, केवल हजुरको ओढारको मोह र यो जङ्गलको सिंहासनको सर्कस उस्तै छ।

हजुर त नीति-शास्त्रका ज्ञाता, उपनिषद्को रस चाखेका र वेदका ऋचाहरू कण्ठस्थ पारेका महा-पण्डित ब्वाँसो ! शास्त्रले त स्पष्टै भनेको छ नि- ‘फलवान् वृक्ष नमन गर्छ, गुणी जन झुक्छन् ।’ तर हजुरको यो दिव्य रूप हेर्दा त लाग्छ, हजुरमा जति धैरे सत्ताको फल लाग्दै जान्छ, हजुरको थुतुनो उति नै जङ्गलको नीलो आकाशतिर फर्किन्छ । यो कस्तो अचम्मको वनस्पति विज्ञान हो महाराज ? रुख जति बुढो भयो, हाँगाहरू उति नै कडा र अहङ्कारी हुँदै जाने ? कतै हजुरको टाउकोमा पलाएको यो अहङ्कारको ‘अदृश्य सिङ’ कुनै दिन जङ्गलको काँढेझाडीमा अल्झियो भने फुत्किन गाह्रो होला नि ! ख्याल गर्नुहोला, सिङ भाँचिँदा दुखाइ सिंहलाई जति नै हुन्छ, तर इज्जत भने स्यालको जति पनि बाँकी रहँदैन ।

​हजुर त हिजोअस्तिसम्म संसद्को त्यो वरको रुखको फेदमा आउनै छाड्नुभएको थियो । आफू बस्ने ओढारभित्र छिरेर बाँसुरीमा ‘मङ्गल धुन’ बजाउँदै भन्नुहुन्थ्यो- “त्यो संसदमा त केवल कागहरूको काँ-काँ मात्र सुनिन्छ, म जस्तो महापण्डित त्यहाँ गएर के गर्नु ?” प्रभु, यदि हजुर जस्तो चतुर र अनुभवी ब्वाँसो नै कागको काँ-काँ देखि डराएर ओढारको अँध्यारो कुनामा लुक्ने हो भने यो जङ्गलका साना मुसा, भ्यागुता र न्याउरीमुसाहरूले कसको छहारी खोज्नु ? हजुर तो जङ्गलको नीति-पुरुष, तर अचेल विपक्षी स्यालहरूले अलिकति हुइँया मच्चाउने बित्तिकै हजुरको सातो जान्छ ।

एकपटक त्यो तन्नेरी ‘रवि-रङ्गे मयूर’ लाई हेर्नुस् त ! उसले जङ्गलको न्याय र सुशासनका लागि आफ्नो सुन्दर, रङ्गीचङ्गी पुच्छर नै दाउमा लगाइदियो । जति पटक शिकारीहरूले उसको प्वाँख लुछे, जति पटक पुराना स्यालहरूले उसलाई घेरे, उति नै पटक उसले नयाँ प्वाँख पलाएर संसद्को रोस्ट्रममा ‘केस’ हरूको फाइल खोल्दै नाच्यो । उसले त आफ्नो सानो ‘इगो’ को गुड नै भत्काइदियो । तर हजुर भने एउटा सानो स्यालको टोकाइ र कागको काँ-काँ देखि डराएर ओढार भित्र कुँजिरहने ? जाबो यो साङ्ठनिक र व्यक्तिगत अहङ्कारको पोकोलाई जङ्गलको गहिरो खाल्डोमा पुरिदिनुस् महाराज, नत्र यो भर्खरै बनेको नयाँ गुँड (गठबन्धन) फेरि कुन दिन भत्किनेछ, पत्तै पाउनुहुने छैन ।

जङ्गलमा एउटा पुरानो र असाध्यै मर्मस्पर्शी उखान चर्चित छ- “माटोको घैँटो फुटे त जोडिएला, तर चित्त फुटे जोडिन्न ।” तर हजुरको राजनीतिक भान्छामा त चित्त मात्र होइन, निष्ठाका प्लेटहरू नै दैनिक जसो फुट्ने र जोड्ने नाटक भइरहन्छ । त्यो ‘प्रचण्ड-बिरालो’ लाई नै हेर्नुस् न ! कुनै समय ऊ जङ्गलमा गर्जँदा पहाडका चट्टानहरू हल्लिन्थे, आफूलाई जङ्गलको ‘क्रान्तिकारी बाघ’ भन्दै हिँड्थ्यो । तर अचेल ऊ सत्ताको दूध चोर्नका लागि मुसाको दुलो चहार्दै हिँड्छ । उसले आफ्नो जीवनकालमा जति पटक रङ बदल्यो, त्यति त जङ्गलको छेपाराले पनि आफ्नो छाला फेर्न भ्याएको थिएन । अहिले ऊ ‘म सुध्रिएँ, म शाकाहारी भएँ, म त दुबोको घाँस मात्र खान्छु’ भन्दै बाख्राहरूको बथानमा छिर्न खोज्छ, तर जङ्गलका बुढा बाख्राहरूले पनि उसको त्यो नक्कली दार्शनिक रूपलाई पत्याउँदैनन् । प्लेट एकपटक फुटेपछि जतिसुकै अचुक चोपले जोडे पनि त्यसमा दाग रहिरहन्छ र पानी अडिँदैन भन्ने कुरा हजुर भन्दा बढी कसलाई थाहा होला र ?

समयको चक्र निकै क्रूर हुन्छ प्रधानमन्त्रीज्यू ! जङ्गलको हावा सधैँ एकैनासले चल्दैन । कहिले पूर्वबाट हिउँदको चिसो सिरेटो आउँछ त कहिले पश्चिमबाट डढेलो बोकेर आउँछ । कुनै समय यस्तो थियो, जब हजुर जङ्गलको चौतारीमा उभिएर ‘म यो जङ्गललाई सिङ्गापुर बनाउँछु, सुख्खा खोलाहरूमा पानीजहाज चलाउँछु, घर-घरका ओढारमा ग्यासको पाइप पुर्‍याउँछु’ भन्दै टुक्का हाल्नुहुन्थ्यो । त्यतिबेला जङ्गलका साना भ्यागुतादेखि लिएर आकाशका चराचुरुङ्गीसम्मले ‘नेपी गोली आई लभ यू ! नेपी गोली आई लभ यू !’ भन्दै कोरस गाउँथे । चमेरोहरूले त रातभरि उल्टो झुन्डिएर भए पनि हजुरकै गुनगानको भजन कीर्तन गाउँथे ।

तर आज हेर्नुस् त, समयको पाङ्ग्रो कसरी घुम्यो ! तिनै चमेरो र कागहरू आज ‘यो बुढो ब्वाँसो कहिले थाक्छ र हामी यसको अङ्शको सिनो खान पाउँछौँ’ भन्दै वरको रुखका हाँगाहाँगामा बसेर आँखा तर्दैछन् । यो जङ्गलको तीतो नियति हो प्रधानमन्त्री, यहाँ ताली बजाउने हातहरूले नै भोलि कुर्सीबाट ओराल्न ढुङ्गा हान्छन् । जसले हिजो हजुरको आरती उतारेका थिए, आज तिनै चमेरोहरू हजुरको ओढारको जग खन्दै छन् ।

​जङ्गलको यो राजनीति एउटा ठुलो ‘रुद्रघण्टी’ जस्तै हो प्रधानमन्त्रीज्यू, जसले जोडले बजायो, त्यसैको धुन निस्कन्छ । राजनीति भनेको जङ्गलको त्यो दलदल हो, जहाँ अजङ्गको हाती पनि फस्छ र सानो कमिलो पनि पौडिएर तैरिन सक्छ । मलाई थाहा छ, यो जङ्गलमा अर्को ‘चन्द्रमुखे बाज’ जन्मिन सक्दैन । एउटा युगमा एउटा मात्रै यस्तो बाज जन्मन्छ, जसले आकाशको उचाइमा उडेर पनि जङ्गलको भुइँमा रहेको फोहोर, भ्रष्टाचारको सिनो र स्यालहरूको षड्यन्त्र स्पष्ट देख्न सक्छ । तर हजुर त यो जङ्गलको पाँच वर्षका लागि मात्र चुनिएको सामान्य ब्वाँसो हुनुहुन्न, हजुर त युगौँयुगसम्म आवश्यक पर्ने ‘नीति-पुरुष’ हुनुपर्ने पात्र ! अनि किन ती विदेशी सर्कसका मालिकहरूसँग हड्डी माग्न जाने गद्दार स्यालहरूको इसारामा नाच्नुहुन्छ ? तिनीहरूका मुखमा त सधैँ रिसको राँको बलेको हुन्छ । तिनीहरूको कुरा सुन्ने होइन प्रधानमन्त्रीज्यू, तिनीहरूको रचनात्मक आलोचनालाई केवल हावाको झोँका जस्तै कानैले मात्र सुनिदिनुस्, मनमा लिएर ओढारभित्र नथुनिनुस् ।

जङ्गलको दुर्दशा र ओढार बाहिरको सिंहनाद
​अचेल जङ्गलको हालत निकै नाजुक छ । खोलाहरू सुकेका छन्, हरिया रुखहरू तस्कर मुसाहरूले काट्दै छन् र साना जनावरहरू भोकभोकै मर्दै छन् । हजुरलाई पिर त छ, म बुझ्दछु । रातभरि ओढारमा छटपटिँदै टोलाएर बस्नुहुन्छ । कसरी जङ्गलको अर्थतन्त्र सुधार्ने ? कसरी मृगहरूलाई विदेशी सर्कसका स्यालहरूको फन्दाबाट जोगाउने ? कसरी जङ्गलको सिमाना रक्षा गर्ने ? हजुरको छातीमा जङ्गल सुधार्ने पिर छ, मुटुमा देशको माया छ, तर थोरै ‘म्यानेज’ गर्न नसक्दा हजुरको सबै पराक्रम कुइरोभित्रको ब्वाँसो जस्तै हराइरहेको छ ।

​त्यसैले, मेरो यो विनम्र बिन्ती छ, अब त्यो ओढारको ओसिलो कुनाबाट निस्कनुस् र संसद्को त्यो मुख्य मुढामा गएर एकपटक सिंहनाद गरिदिनुस् ! औपचारिकता नै सही, तर हजुरको त्यो कोट टल्काएर लट्ठी टेक्दै गरेको उपस्थिति मात्रले पनि ती बिरालो र भालुहरूको सातो जानेछ । हजुरको एउटै गर्जनले जङ्गलका त्रसित भेडाहरूमा पनि सिंहको जस्तो साहस आउनेछ ।

जब हजुर मेरो यो पत्र पढेर संसद् भवन (वरको रुख) तिर प्रस्थान गर्नुहुनेछ, तब त्यहाँको महा-नाट्य हेर्नलायक हुनेछ ।
भयानक ​प्रचण्ड-बिरालो एउटा कुनामा बसेर आफ्नो जुँगा चाट्दै अर्को दूधको बाल्टिको दाउ हेरिरहेको हुनेछ ।
​छेरबहादुरे भालु संसद्को बीचमै घुर्दै निदाइरहेको हुनेछ, उसलाई जङ्गल डुबोस् कि बँचोस्, केही मतलब छैन, ऊ त केवल आफ्नो पालो कहिले आउँछ र फेरि सत्ताको मह खान पाइन्छ भन्दै सपना देखिरहेको हुनेछ ।
​छवि-रङ्गे मयूर आफ्नो नयाँ रङ्गीन प्वाँख फिँजाएर पुराना फाइलहरू खोल्दै कराउनेछ ।

तर जब खड्ग-सिंहे ब्वाँसो मुढामा बस्नेछ, तब संसदमा सन्नाटा छाउनेछ । हजुरले घाँटी ख्याकारेर भन्नुहोला- “हे जङ्गलका वासीहरू ! यो देशमा बिरालोले बाघको छाला ओढेर हिँड्दैमा ऊ सिंह बन्न सक्दैन । ब्वाँसो बुढो भए पनि उसले घाँस खाँदैन, सिकार गर्न बिर्सिँदैन !” यो सुनेर साना मुसाहरू खुसीले उफ्रिनेछन् र चमेरोहरू फेरि हजुरकै पखेटाको छहारी खोज्न आउनेछन्।

प्रधानमन्त्रीज्यू, जबसम्म नेतृत्वमा बस्ने ब्वाँसोले आफ्नो अहङ्कारको ‘सिङ’ त्याग्दैन, तबसम्म जङ्गल सुरक्षित रहन सक्दैन । जनताको आशाको त्यान्द्रो निकै कमजोर हुन्छ, यसलाई अहङ्कारको कडा घामले सुकाइदिनु हुँदैन । विपक्षी स्यालहरू जतिसुकै चिच्याए पनि, यदि आफ्नो बाटो स्पष्ट छ भने जङ्गलको यात्रा रोकिँदैन । छवि जस्ता मयूर र म जस्ता बाजहरू जङ्गलका गहना हुन्, उनीहरूलाई शत्रु होइन, जङ्गलका पहरेदार मान्नुपर्छ ।

भित्री अहङ्कारको ऐना जति छिटो फुट्छ, उति नै छिटो सत्यको नयाँ अनुहार देखिन्छ । ओढारबाट बाहिर निस्कनुस् र यो जङ्गलको महासर्कसलाई एउटा सुन्दर बगैँचा बनाउनुस् । स्यालहरू त कुनामै बसेर नयाँ षड्यन्त्रको जालो बुन्दै रहनेछन्, किनकि जङ्गलको राजनीति कहिल्यै सकिँदैन, यो त निरन्तर चलिरहने नाटक हो । तर हजुरको एउटा सही कदमले यो मङ्गलपुर जङ्गलको इतिहास बदल्न सक्छ।
​चेतना भया !

उही
​— जङ्गलको पहरेदार,
चन्द्रमुखे बाज ।

०००
उदयपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
फित्कौली गजल

फित्कौली गजल

नन्दलाल आचार्य
भीड प्रेम

भीड प्रेम

नन्दलाल आचार्य
आमाको अदालत

आमाको अदालत

नन्दलाल आचार्य
बाजी

बाजी

नन्दलाल आचार्य
बाजी

बाजी

डा. विदुर चालिसे
म ट्याब्लेटको मान्छे

म ट्याब्लेटको मान्छे

घिमिरे ‘मैदेली’
काफल काण्ड

काफल काण्ड

रामप्रसाद पन्थी
शिक्षक बन्न सजिलो काँ छ र !

शिक्षक बन्न सजिलो काँ...

मीनप्रसाद लामिछाने
पर्मुख अतिथि

पर्मुख अतिथि

डा. गंगाप्रसाद अधिकारी
0
Would love your thoughts, please comment.x
()
x