साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हिँड्ने रहर

बटुलेका गतिशील पाइलाहरू उठाइरहुँ, उठाइरहुँ ऊ त्याे उज्यालो पाेख्ने देउरालीसम्म उस्तै हिजोजस्तै आज पनि !

Nepal Telecom ad

डा. छायादत्त न्याैपाने  बगर :

हिँडिरहुँ
डुलिरहुँ
निरन्तर सिर्जनाले
पालुवा भरिरहुँ
अनुभवी तारहरू गाँसिरहुँ
पाइला तिमीसँग चलिरहुन्
उसै गरी हातेमालो गरिरहुँ
बेथितिका पहाड उधिनेर
उर्जाशील मैदान खनिरहुँ
जुट्दै जुट्दै पाखुराहरू
संवेदनशील सुसेलीहरू
गाउँदै गाउँदै भञ्ज्याङ चढिरहुँ
निरन्तर उस्तै हिजाेजस्तै
राेग र भाेक मेटाउने
विश्वासले सामल बाेकेर
काँडा टेक्दै टेक्दै
अधर उघारेर कर्मयाेगी
पाेयाहरूमा देखिने गरी
जीवन जाेड्दै जाेड्दै
हिँडिरहुँ निरन्तर
डुलिरहुँ अविच्छिन्न साहस
बटुलेका गतिशील पाइलाहरू
उठाइरहुँ, उठाइरहुँ ऊ त्याे
उज्यालो पाेख्ने देउरालीसम्म
उस्तै हिजोजस्तै आज पनि !

०००
पर्वत, हाल – काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कपट पखालेर आऊ

कपट पखालेर आऊ

डा. छायादत्त न्यौपाने ‘बगर’
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
तिमी मेरो साथी

तिमी मेरो साथी

डा. छायादत्त न्यौपाने ‘बगर’
कलहकाे साइनो

कलहकाे साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बासी बेथाकाे उपचार

बासी बेथाकाे उपचार

डा. छायादत्त न्यौपाने ‘बगर’
बजाउँछ एकतारे

बजाउँछ एकतारे

डा. छायादत्त न्यौपाने ‘बगर’
लुते कुकुर

लुते कुकुर

डा. सत्यराज थपलिया
सपनाको सम्वाद

सपनाको सम्वाद

बालकृष्ण खनाल
काे दामी काे हरामी ?

काे दामी काे हरामी...

खगेन्द्र नेउपाने
गोरी तिमी सक्कली

गोरी तिमी सक्कली

हेम अधिकारी
म नै हुन्न होला

म नै हुन्न होला

रमेश खकुरेल
कपट पखालेर आऊ

कपट पखालेर आऊ

डा. छायादत्त न्यौपाने ‘बगर’
0
Would love your thoughts, please comment.x
()
x